किरात र कोयी(कोयु)राई नेचुरल्लीदीपक बहुआयामिक देश नेपालमा किरात सभ्यता, भाषा र सँस्कृतिको बेग्लै पहिचान छ । किरात शब्दको अर्थमा अनेक तर्कहरू विभिन्न विद्वानहरूले दिँदै आएका छन् । विचारक सौरभले त आफ्नो पुस्तक ' असहमतिमा ' किरात इतिहास नै छैन भनेर घोषणै गरिदिएका छन्* । तथापि अनेक जीवित मौलिक किराँती सम्पदाहरुको आधारमा यो एक पुरानो सभ्यता हैन भनी नकार्न भने सकिन्न । किराँती जनश्रुति लगायत केही लेखक र विश्लेषकहरुले तलका जातिहरुलाई समग्रमा किराँती हो भनी स्विकार गरेका छन्;- १) लिम्बू (याक्थुम्बा)- अरुण खोला पूर्वका (पल्लो किरात) । २) खम्बू (राई)- सुनकोशी पारिका ( माझ किरात)। ३)सुनुवार (कोईच)- सुनकोशी वारीका । ४) याक्खा ५) मगर ६) हायु ७) जिरेल ८) सुरेल ९) थामि १०) थारु (नोट; तथापि विभिन्न लेखकले किरातहरू बारे अनेक मत राखेका छन्;- १) Edden Vansittart त राई (खम्बू) मात्र किरात हो तर लिम्बू र याक्खासँग बिहेबारी चलेकोले यी जातिलाई पनि किरात मानिए भन्छन् । २) Charles Mcdougal माथिका पहिलो चार जाति मात्र किरात हुन् भन्छन् । ३) डोर बहादुर विष्ट, डा. हर्क गुरु...
- Get link
- X
- Other Apps