स्वार्थ र प्रेम २

 

प्रेमको बारेमा थप यहाँ पढ्नुहोला;-

१) प्रेम-  

https://naturallydeepak.blogspot.com/2018/04/prem.html


२) प्रेम र कुलत-

 https://naturallydeepak.blogspot.com/2020/05/blog-post_30.html




स्वार्थ र प्रेम २

नेचुरल्लीदीपक


#यो मेरो स्व-विचार मात्र हो; अन्य अर्थ नलागेमा ।।

प्रेम र स्वार्थबीच अति नै सानो र पातलो धर्साको भिन्नता पाउँछु म त । भन्नुहोला प्रेम सत्य हो । हो त, स्वार्थ पनि सत्य नै हो । प्रेम त्याग हो भन्ने लाग्ला, स्वर्थ पनि निस्वार्थताको त्यग नै त हो, हैन र ?? हाहा !! स्वार्थ र प्रेम दुबैबाट पर रहन सफल केही अद्भूत मनुख्खेहरूको म चर्चा गर्न चाहन्नँ है यहाँ ।

स्वार्थहीन हुने स्वार्थ उब्जाएर जब हामी कसैप्रति आशक्त हुन्छौँ र उसैको याद र चाहनामा जीवन समर्पण गर्छौँ नि, हो यसैलाई त प्रेम मानिरहेको छैनौँ हामीले युगौँबाट? जवाफ पाउनु भएमा मलाई ईमेल गर्नु होला । धन्यवाद 😂😃😄 ।।।

हेर्नुहोस् त, हामी जसलाई प्रेम गरेको भ्रममा उसको आवाज सुनिरहन चाहन्छौँ एक समय तर जब हामी पछि उसबाट चाहना मुक्त हुन्छौँ तब के हुन्छ ? तब त हामीलाई उसैको छाँया पनि देख्न मन लाग्दैन । हाहा !! हिजो उसैको यादमा समय कटाउनु चै प्रेम होला तर आज छाँयै मन नपर्नुलाई हामी अवश्य नै स्वार्थ मान्छौँ । हो यसैले, प्रेमलाई स्वार्थको सीर्जनात्मक रुप र स्वर्थलाई प्रेमको विकृत प्रतिविम्ब मान्छु म त । लौ, प्रेमको उल्टो घृणा मान्नुहोला हजूरले तर म भने स्वार्थको उपहार मान्छु घृणालाई । यस्सो सोच्नुस् त, हामी निस्वार्थ भएर घृणा गर्न सक्छौँ कि? अनि घृणारहित स्वार्थ पो सम्भव छ होला कि? म चैँ घृणा नगरी स्वार्थ पूर्ति गर्न सकिन्छ कि भन्ने ठान्छु है । अँ यसको जवाफ पाए चै सिधै कल गर्दा भो है मलाई । 

अँ, म भन्न्दै थेँ कि स्वार्थ र प्रेमबीच निकै सानो धर्साको मात्र भिन्नता छ । तपाईँले नमाने पनि यस्सो सोच्नुस् त, प्रेम नितान्त प्रेम नै हो भने यो प्रेम-बिछोड (BREAK UP) हुन्थ्यो हँ ?? मेरो मतलब पत्रु प्रेमी वा प्रेमिकासँग जीवन स्वाहा पार्नुपर्छ भन्ने हैन । तर सोच्नुस् त, यदी प्रेम मात्र प्रेम हुन्थ्यो भने १६/१७ को उमेरमा नै २/४, वटा/वटिसँग माया-पाशमा किन बाँधिनु पर्नेे होला हउ ? हैट यति आयुमै यसरी ब्रेक-अप गरेर ३/४ जना बा-आमा फेरिए कसो होला? सायद प्रेमै-प्रेम पो फुल्ला कि? हाहा !! यसको जवाफ चैँ मलाई नदिनु होला हउ मित्रजन । फुर्सद छैन गाँठे ।।।

साँच्चै प्रेम र स्वर्थबीच ठूलो भिन्नता हुने भए नि बूढा/बूढी बाउआमालाई किन बाटोमा छोड्थे हउ सन्तानहरूले, न कुनै प्रेमी बहुलाएर हिँड्थ्यो वा कोही तेजाबको शिकार बन्थ्यो ? हामीलाई थाहै नपाई हामीले कहिलेकहिले प्रेम र स्वार्थको सीमा नाघिसक्छौँ । हो यही सानो घेराले हामीलाई महान् वा तुच्छ बनाको छ भन्ने पनि हामीलाई ज्ञानै हुन्न । 

एउटा घट्ना बताऊँ है यावा;-



मैले हेर्दा-हेर्दै हाम्रो सानो पप्पिले गाडिबाट उसको छाउरालाई बचाउन खोज्दा उसको एउटा हात घुमेको छ । आहा ! कति विशाल प्रेम है ?? तर त्यही मेरो पप्पिले मेरै अगाडि पल्लो घरमा भर्खर लिएर आएको बिरालोको डेढ महिने बच्चालाई एक सासमै मारिदिएको छ । हैट, यही स्वर्थको र प्रेमको कुरुप र सुन्दर स्वरुपको दुई भिन्न दृश्यले म अझै विचलित हुन्छु । लु हेर्नुस् त कति सानो धर्साको फरक रैछ प्रेम र स्वार्थबीच । भैगो साथी हो मलाई यो घटनाको बारेमा कुनै जवाफ नदिनु होला । धन्यवाद !!


हैन हउ हामी दुःखी हुन जरुरी छैन किनकी प्रेम र स्वर्थभन्दा पर बसेर करुणाको वर्षा गरिरहने प्रकृतिलाई हेरे मात्र पनि हाम्रो जीवन सार्थक भैहाल्छ नि हउ । हेर्नुस त प्रकृतिलाई हामी मान्छेको के काम? तर पनि ऊ हामीलाई जल-थल-वायु-सूर्य-जीव-पंक्षी, सबै दिइरहेछ । हामी भने मात्र लिइरहेछौँ । यहाँले सोच्नु भयो होला मान्छेको उत्पत्ति गराउनुमा पनि प्रकृतिको स्वर्थ होला । खै मैले त आजसम्म देखेको छुइनँ । तपाईँलाई थाहा भए तल कमेन्ट गरिदिनुहोला । हाहा !! फेरि भन्नुहोला मनुख्खे बनाउन प्रकृतिको प्रेम चै पक्कै होला, म त मान्दिनँ हजूरले माने मान्नुस् । हजूरको विचार !! म त भन्छु कि यो धरामा हामी मनुष्यको खास आैचित्य नै छैन । बस बहस गर्न चाहन्नँ यो विषयमा तर नि साथी हो मान्छे अगाडि टन्नै अन्य जीव पनि आएकै हो हामी पछि पनि आउला । हामीलाई प्रेम गर्नु वा स्वर्थ पाल्नुमा प्रकृतिलाई खासै वास्ता छ जस्तो मलाई चै लागेन ! तरपनि, यो पृथ्वी हामीमाथी करुणामय छ । हामी धन्य छौँ । 


"सब्ब भवतू मङ्गलम ।"


०३. असार. २०७८/ १७. जुन. २०२१/ बिहिबार/ २:२० दिन/ कोटेश्वर


Comments

  1. बहुत अच्छा लेख साच्चिकै प्रेम र स्वार्थ एक आपसका अभिन्न अङ्ग जस्तै लाग्यो अझै प्रगती गर्नुहोला हजुर को हरेक प्रश्नको उत्तर मसङ्ग नभेटिएको जानकार पनि रराउन चाहे धन्यवाद ।

    ReplyDelete
  2. धन्यवाद कवि जिउ । कमेन्ट गर्नु भएछ । खुसि भएँ म नि ।

    ReplyDelete
  3. अझै धेरै खुशी हहनुहोस मेरो शुभकामना

    ReplyDelete

Post a Comment

Thank you. I am pleased to hear from you. Please keep motivating me.