प्रेम र (कु)लत

प्रेम र (कु)लत
नेचुरल्लीदीपक

         एक पटक कसैले भन्याे, "प्रेम पनि लत हाे ।" हुन त ऊ अाफैँ मातेर धुत भएकाे थियाे । साँचै प्रेम लत नै हाे त ? यहाँ कसैकाे व्यक्तिगत जिन्दगिमा अाक्षेप लगाउने धेय हैन मेराे । तर अाजसम्म के कसैले कुलतकाे सहारामा अाफ्नाे उद्देश्य प्राप्त गरेकाे छ ? अनि के यस्ताे लतले ग्रस्त व्यकति असल सन्तान, अभिभावक, साथी वा गुरु बन्न सक्ला ? हुन त केही अपवादहरु हाेलान् जाे रक्सिकाे नसामा पनि अाफ्नालाई प्रेम गर्लान् तर याे नशा नलिए अझ कति असल प्रेम दिन सक्थ्याे हाेला त उसले ।
      घरकाे सामन बेचेर रक्सिमा पैसा उडाउने बाबू, पैसा चाेरेर नशालु पदार्थ सेवन गर्ने सन्तान वा बेहाेस भएर सडकमा लम्पसार परेर सुत्नेहरुले के यी नशा सँगसँगै अाफ्ना प्रियजनका प्रेम पनि स्वाहा पारेनन् र ? अाफ्नाे व्यक्तिगत जिन्दगी भन्दैमा अाफ्नाे स्वर्थ मात्र सिद्ध गर्न मिल्ला ?
     एक पटक भर्खर २० वर्ष पुगेकाे भाइले चुराेट खानु नराम्राे हैन भन्याे, मैले भनेँ, "त्यसाे भए अाज घर गएर अामाम अगाडि खाऊ र मलाई भन अनि अबकाे २० वर्ष पछि अाफ्नाे छाेरालाई अाफ्नाे अगाडि खान लगाऊ अनि अामी कुरा गराैँला ।"
     कुलतमा फसेका हामी कतिले हाम्राे अाफन्तकाे प्रेम र अाँसु एकसाथ नाश पर्याैँ हाेला ? के काेही रक्सीकाे अम्ममी बाबुले अाफ्नाे युवा छाेरा मातेर सुतेकाे देख्न चाहन्छ हाेला ? अनि के जीवन नशामा समाहित गर्नु नै एउटै मात्र मज्जा हाे ?
     धेरै लेखक- कलाकारले अाफ्नाे जीवन नशामा सकेका छन् । हामी उनीहरुकाे व्यक्तिगत जीवन हाे भन्छाैँ । साँचै हाे । तर के उनीहरुकाे परिवारजन र प्रेम गर्नेहरुकाे उसकाे जीवनमाथि केही अधिकार छैन ? के अाफूलाई प्रेम गर्नेप्रति हामी यसरी स्वर्थी भएर उत्तर दिने हाे ? ती प्रेमी मनहरु कति राेए हाेलान्, के यसकाे मूल्य हुन्न ? हामी अाफ्नाे स्र्थ सिद्ध गर्न अनेक बहाना र कारणहरु खाेज्छाैँ र अाफूलाई मन पर्ने र सुहाउने एक कारण राेजेर अाफूलाई सही ठहर गर्छाैँ । यही नै हाे त हाम्राे मानविय सर्वश्रेष्ठताकाे अर्थ ? हाँसाे उठ्दाे ।
१४. भाद्र. २०७५/ ३०. अगस्ट. २०१८/ बिहिबार

Comments