#मेरो_प्यारो_जिन्दगी
#मेरो_प्यारो_जिन्दगी
नेचुरल्लीदीपक
मेरो प्यारो जिन्दगी !
मैले तँलाई सदा प्रेम गरेँ
तिम्रो हरेक चाहनाहरू पूर्ण पारेँ
तपाईँको चरणमा नतमस्तक भएँ
अब,
ओ, मेरो प्यारो जिन्दगी !!
के तपाईं मलाई यो युग दिनुहुन्न?
के तिमी मेरो सपनालाई ब्युँझाउँदैनौ?
के तँ मलाई सर्वत्र फैलाउँदैनस्?
(ए मेरो प्यारो जिन्दगी)२ !!!


सुन्दर शब्दलहर अनि मीठो भावना सुनिरहु झै लाग्ने वर्णन गर्ने शब्द मबाट छैन दिपक सर।
ReplyDeleteधेरै धेरै धन्यवाद मुमा हजूर ।
ReplyDelete