Click here- Naya Online
रङ्कर्म चियाउँदा मनमा उब्जेका गँथासाेहरु
नेपाली रङ्गकर्मले बिस्तारै अाफ्नाे स्थान बनाइरहँदा हामीले यसकालागि याेगदान दिने सम्पूर्ण कर्मठ हातहरुलाई नमन गर्नै पर्छ । जे जति सफलता प्राप्त गरिएकाे छ, याे सुरुवात मात्र हाे । अझै धेरै यात्रा बाँकि नै छ ।
हाम्राे देशकाे परिपेक्षमा कला र कलाकार अझै पनि पूर्ण सम्माननिय बन्न सकेका छैन । यसकाे एक कारण राष्ट्रकाे अार्थिक चरित्र त हाे नै साथ साथै कला र जीवनबिच हुनुपर्ने सामिप्याताकाे कमी पनि हाे । यसकाे जिम्मेवार कलाका हर्ताकर्ता अनि सामाजिक अनेकाै चरित्र पनि हाे । अझै धेरै कला परिवर्तन र विचारकै लागि हाे मान्नेहरु पनि छाैँ यहाँ । हुनसक्छ, तर कसैलाई पनि यही नै एक मात्र सत्य मान्नुपर्छ भन्ने अधिकार हुन्न । कसैले मनाेरञ्जनकाे रुपमा मात्र पनि लिन सक्छ याे उसकाे नैसर्गिक चाहना हाे । तसर्थ यहाँ कलाकारहरुले बढाे चलाखीसाथ मनाेरञ्जन दिँदा दिँदै विचारकाे प्रवाह गर्न सक्नुपर्छ । यसाे गरेमा मात्र वास्तविक कलाकार हुनुकाे परिचय बन्नसक्छ । दर्शक, श्राेता र पाठक नभई कलाकारकाे अस्तित्त्व के त ? कलाकार पनि अाम मानिस हाे भनेर बुझाउन सके जन सर्मथन स्वत: मिल्छ । अझ रङ्कर्मलाई धेरैले अाफ्नाे दैनिक जीवनसँग जाेड्न नसकेकाे अवस्था छ त्यसैले अझै लामाे बाटाे बाँकि छ । तसर्थ भाषा, शैली, प्रयाेग, कथा अादि जीवनसँग सरलतम् रुपमा घुल्नसक्ने बनाउनु जरुरि छ ।
यी केही कारणले लगानि भित्रिन सकेकाे छैन, अझ कलाले अरु व्यावसायमाजस्ताे धेरै र चाँडै कमाई गर्न सक्दैन । तापनि अाम मानिस, कलाकार र कलाकाे समायाेजन गर्न सके हामी चाँडै अाफ्नाे उद्देश्य प्राप्न गर्न सक्छाैँ । यसकाेलागि कलाकार समाजकाे अङ्ग हाे भन्ने बुझेर समाजप्रति उत्तरदायि हुनुपर्छ अनि अनुशासित पनि किनकि उनीहरु अघाेषित सुधारक हुन् । जब सम्मान र साथ मिल्छ तब कुनै पनि उद्देश्य सहज हुनजान्छ ।
नाट्य क्षेत्रलाई अझै हामीले बुझाउन बाँकि छ साथै सम्मान र अार्थिक पक्षकाे सुधार गर्न अरु परिश्रम गर्नुपर्छ । यसकालागि उत्साह बाेकेर केही गर्न लागि परेका युवाहरुलाई हाैसला र मार्ग दर्शनकाे बराबर जरुरि छ । तसर्थ अध्ययन, अर्थिक पक्ष र कलाकर्ममा समान विकास गर्न सक्ने वातावरण वनाईदिन जरुरि छ जसकाे कारणले उनिहरुकाे वृद्धि विकास हाेस् । यश कर्ममा नाम र सम्मानकाे मात्र लाेभ नदेखाई अाईपर्न सक्ने अनेकाै चुनाैतिकाे बारेमा पनि यी युवाहरुलाई तैयार गर्नुपर्छ । हुन त यसमा क्रियाशिल संस्थाहरु अाफै अनेक अप्ठ्याहरुले घेरिएका छन् तापनि सकेकाे काम भने गर्नै पर्छ ताकि यी युवाहरु पलायन नहुन् किनकी सम्झाैतामा मात्र जिउन सकिन्न । र, एउटा कलाकार पलायन हुँदा समग्र घाटा हाे, फेरि नयाँ कलाकार उत्पादन गर्न समय लाग्छ ।
अन्य कलामा अाफ्नाे परिचय बनाईसकेका कति कलाकारहरुले पहिलाे र दाेस्राे पटक नाटक हेर्न अाएकाे खुलेअाम भनिएकाे सुनिन्छ । जबकी यस बिधामा सङ्गीत, नृत्य, चित्र,मार्सल अार्ट, अभिनय लगायत सबै कलालाई समाहित गर्न सकिन्छ । तथापि हामी कलाकार नै पछि परेका छाैँ नाटक हेर्न, बुझ्न र माया गर्न । अझ अाम दर्शक त छक्क पर्ने भैहाले ।
यसमा लागेपछि कसैकसैले अाफ्नाे धरातल बिर्सने बानी लागेजस्ताे देखिन्छ । कुनै एक कलाकारले मलाई भनेकाे थियाे, "एक पटक पत्रिकामा अनुहार देखाउन पाए त ।" अाफ्नाे कर्मकाे पहिचान हाेस् भन्ने चाहना राख्नु नराम्राे हैन तर समय र परिश्रम नपुगि सपना मात्र देख्नुकाे कुनै अर्थ हुन्न ।
अर्काे पक्ष अध्ययनकाे कमि पनि हाे । अाैपचारिक र अनाैपचारिक दुबै अध्ययनकाे उत्तिकै महत्त्व रहन्छ यस कर्मकाेलागि तर अध्ययन जग अझै खँदिलाेगरि बस्न सकेकाे छैन । कला, सँस्कृति, धर्म, रिति, ईतिहास, साहित्य अादिकाे समूल अध्ययन नगरि एउटा कलाकार उम्दा बन्न सक्दैन तर यस क्षेत्रमा समर्पित भएर शिक्षा केही हाेइन भन्ने नराम्राे भ्रम पनि केही नव-कलाकारहरु रहेकाे देखिन्छ । जबकी शिक्षा र कलाकाे उचित समन्वयन हुन सकेमात्र एक कलाकार समृद्ध हुनसक्छ । यसैले त हामी 'माईम' सिक्न मरिहत्ते गर्छाैँ तर हाम्राे लाखे नाच कतै लुप्त छ । अनि खै देउडा, हुर्रा, पालाम, सेलाे र साकेला ?
एक कलाकार मित्रले एक बजेसम्म साेम रसमा मज्जा लिएकाे गर्वसाथ सुनाए । मैले भनेँ, "बरु केही पृष्ठ पढ्नु नि तिम्राे क्षेत्रलाई सहयाेग पुग्ने विषयकाे बारेमा ।" उसले भन्याे की कलाकारकाेलागि नशा जरुरि छ, यसले निख्खारता ल्याउँछ । हैन कसले यस्ताे हरिप साेच हालिदियाे उसकाे दिमागमा? कला त साधना हाे? नशा बहाना अनि भित्रैबाट अानन्द प्राप्त गरेकाे मानिसले बाहिरी नशाकाे खाेज गर्दैन । बरु कलालाई नै नशा बनाइदिए राम्राे । अरु कसैले भनिदियाे कि ,"कलाकारले पहिला अाफूले अनुभव गर्छ अनि अभिनय गर्छ ।" एक हद सही हाेला तर के कलाकारले हत्या र बलात्कार पनि अनुभव गरेर देखाउनुपर्ने हाे ?(हुन त यी दुई विषयकाे कलासँग सम्बन्ध छैन र मिल्दैन पनि ।) नशाले मानिसिकाे निर्णायक क्षमतालाई क्षीण बनाउँछ, याे सत्य हाे । हुन त यसलाई खानुसम्म धेरैले ठीकै हाे तर यसले अाफूलाई खानु हुन्न । वास्तवमा जानिजानि अाफ्नाे मानसिक क्षमतामाथि अनावश्यक शाेषण गर्नु बलात्कार गरे सरह हाे । बरु स्वअध्ययन, अनुसन्धान, खाेज, संवाद र विश्लेषण गरे कलालाई परिष्कृत र समाजसँग जाेड्न मद्दत गर्छ । हामीमा अझै अरुले सही अर्थमा अाैलाइदिएकाे गल्ति स्विकार गरेर अाफूलाई सुधार्ने संस्कार छैन बरु गलत प्रशंसा सुन्न लालायित हुन्छाैँ र अगाडि उचालेर पछाडिबाट खुट्टा तान्न तत्पर रहन्छाैँ । हामीले त एक-अर्काेकाे सहारा भएर सुन्दर पिरामिड बनाउनु पर्ने हाे ।
अझ नाट्य क्षेत्रमा समर्पित नारिहरुलाई सस्ताे रुपमा लिने मानविय ढाेँगिहरु निकै छन् । जसरि हुन्छ अरुलाई शाेषण गर्न मरिहत्ते गर्ने तिनिहरु अतिरञ्जित कथा बुनेर अनेकाै प्रचारबाजि गरिरहन रुचाउँछन् । साथ दिनु त कता हाे कता भाेग्य वस्तु बनाउन लालायित उनीहरु अाफू असफल हुँदा अरुसँग नाम जाेडेर भए पनि अपमान गर्न पछि पर्दैनन् । हुन त पुरुषहरुलाई पनि सहज वातावरण छैन । समाज र परिवारकाेलागि अार्थिक उन्नति मात्र एक उत्कृष्ट सफलताकाे मापक बनेकाे हाम्राे समाजमा भर्खर जुर्मुराउँदै गरेकाे यस क्षेत्रले टिक्न निकै-निकै कसरत गर्नु परिरहेकाे छ । एक पटक नाटक र सङ्गितमा समर्पित साथीले नाट्य कर्ममा लागेकी बहिनी र उनकाे गुरुबिच गाेप्य समन्ध रहेकाे अरेकाे कुरा सुनायाे । मैले भने- "छ भने के भाे त उनिहरु दुबै परिपक्क्व छन्, तिमीलाई के खसखस फेरि अरेकाे कुरा?" यस्ताे छ समाज रुपान्तरण गर्नु पर्ने कलाकारकाे साेच । यदि त्याे कुरा साँचाे हाे भने कसैले पनि अरुकाे प्रभावमा परेर अाफूलाई सुम्पनु गलत हाे अझ प्रभाव गरेर फाइदा लिनु अति निन्दनिय कर्म । यदि काेही(महिला वा पुरुष) याैन शाेषणमा परेकाे भए चुप नलागि बाेल्नु पर्छ नत्र शाेषकका हिम्मत अझ बढ्छ ।
कला र समाजबिच निकै ठूलाे खाडल अझै रहेकाे । एकातिर हात र मुख जाेड्न हरेक दिन सङ्घर्ष गर्ने ठूलाे जमात छ अर्काेतिर विदेशि कलालाई मात्र उत्कृष्ट मान्ने जमात छ । यहीबिच केही समूह छ जाे अाफ्नाे माैलिक कलालाई संरक्षण र विकास गर्न संघर्ष गरिरहेकाे छन् । यही सहयाेगि मनहरुले गर्दा हाम्राे कला जीवित छ । तसर्थ यी दुई समूहबिच खाडल पुर्न कला अनुरागिहरु बेलैमा सचेत हुन जरुरि छ । दर्शक, श्राेता र पाठक नभइ कुनै लेखक कलाकार जीवित रहन सक्दैन अब हामीले उनिहरुकाे दैनि जीवनसँग नजिक रहेर भाषा, शैली, प्रस्तुति लगायत सम्पूर्ण अावश्यक अाधारहरुलाई समय सापेक्ष परिस्कृत गर्न जरुरि छ किनकी यहाँ अझै धेरै मानिस नाटकलाई मनाेरञ्जनकाे साधनकाे रुपमा मात्र बुझ्छन् जबकी हरेक कला जीवन अनुभूति गर्ने अद्भूत साधना हुनुपर्ने हाे ।
अर्काे उठाउनै पर्ने विषय श्रम शाेषणकाे हाे अर्थात् एउटा नाटक पूर्ण निर्माण र प्रदर्शन गर्न थाेरैमा २ महिना लाग्छ । रिहर्सल गर्न त झन् कठिन काम हाे-सबै माया मारेर दिनभर यसैमा लागि परेर अध्यय समेत गर्नु पर्याे , तर काम सक्पश्चात् यी २ महिना चलाउन पुग्ने अर्थिक उपलब्धि पनि गर्न सक्दैनन् कलाकारहरु । बरु समय मिलाएर यी कलाकारहरुलाई पनि अार्थिक उन्नतिका अन्य काम लाग्न सहयाेग र प्राेत्साहन पाे गर्ने कि ? किनकी रहरले मात्र कलाकाे विकास हुन्न । साथै स्थापित संस्थाहरु पनि अाफ्नाे दुनाे साेझाउन मात्र लाग्नु भएन ।
प्रविधिकाे विकाससँगै अवसर र चुनाैति दुबै थपिएकाेछ । तसर्थ हरेकले सहजरुपमा यसकाे बारेमा जान्न र बुझ्न सक्ने अनि सहभागी हुनसक्ने वातावरण तय गरेर हात-हातमा जसरि माेबाईल अनि ट्याबलेसँगै पुगेकाे भिडियाे अनि भर्चुल गेमलाई एक प्रकारले चुनाैति दिन ती यन्त्रहरुमा अाफूलाई सामेल गराउन जरुरि भैसकेकाे छ । नत्र हामी पछि छुट्नेछाैँ ।
अन्त्यमा एक संस्था वा केही व्यक्ति सफल हुँदैमा वा नाम र अर्थिक उन्नति गर्दैमा याे क्षेत्रकाे सम्पूर्ण सफलता हाेइन बरु ती सफलतम् व्यक्ति र संस्थाहरुले अाफ्नाे स्वार्थभन्दामाथि उठेर समग्रमा अाफूपछिकाे पुस्ताकाेलागि के गरिहेछ अनि कतिकाे दिगाे प्रयास गर्दैछ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । किनकी कलाकालागि समर्पित सम्पूर्ण मेहेनति हातहरुले सफलता र उन्नतिकाे स्पर्श गर्न पाउनुपर्छ अनि मात्र यस क्षेत्रकाे साँचाे समृद्धि हुनेछ । र, अवश्य नै यस्ताे समृद्धिमा मात्र कलाका सम्पूर्ण क्षेत्रकाे संसार सदा सुन्दर रहनेछ ।।
चित्त बुझ्यो है धेरै। हेर मलाई नि यो कुरा सधैं अचम्म लाग्थ्यो कि किन श्रीजनात्मक कार्य गर्न मानिसले नसामा झुलनु पर्छ भनेर? तेरो यो लेख पढेपछी त्यो प्रश्नको उत्तर पाए। त्यो मान्छेको गलत बुझाई र राम्रो शिक्षाको कमीले रहेछ। अनी त यती राम्रो लेख, रचना गर्छस खै त केही पनि नसाको सेबन गर्दैनस? हो सहि कुरा भनिस नसामा झुलेर लठैइ परेको मान्छेको मानसिक स्थीती र स्वास्थ्य नै ठीक हुँदैन अनी त्यस्तो अबस्थामा कसरी हुन्छ राम्रो र असली श्रीजना? वास्तविक कलाकरिता र वास्तविक मनोरन्जन रङमन्चबाट नै हुन्छ। यसप्रतीको गलत बुझाई, उपयुक्त शिक्षाको कमी, खोज तथा अनुसधानको अबाभ र राज्यको खत्तम शासन ब्यबस्थाले गर्दा यो सब भएको हो। आफ्नो कलम र प्रयास जारी राख, हार नखा, परिवर्तन अबस्य हुनेछ। Love you dear. keep up the commendable work that you have been doing.
ReplyDeleteधेरै धन्यवाद बाहुनि ।
ReplyDelete