न झरी भनिस्
न त हिलाे भनिस्
उकाली अाेराली कहीँ
केही भनिनस्
तर...थाहा छ ?
तँ कसैकाे
अद्भूत सीर्जना हाेस्
उच्च अाविष्कार हाेस्
कहाँ पाे पुगिन र हाै ??
सुन्दरीजलकाे डाँडादेखि
पशुपतिकाे अार्यघाटसम्म
मैलेे तँलाई टेकेकाे छु
तर थाहा छ तँलाई ?
काेठा बाहिर
मन्दिरकाे अाँगनमा
तँ किन फुकालिन्छस् ?
फेरि पनि किन
खुट्टाकाे शाेभा बन्न
तॅ
मुख अाँ गरेर
मालिककाे
स्वागत् गर्छस् ?
भाे
अब मुख बन्द गर् तेराे
किनकि तँ
कसैकाे साॅचै अद्भभूत सिर्जना हाेस्
त्यसैले अाचि टेक्छस्
र बनाईएकाे छ
कुनै अह्रिसे मगजले
तेराे सिर्जना गर्ने महान् हात
र
बढिया मस्तिष्क
अछुत
तिरस्कृत-तिरस्कृत
हाे
अब याे विभेदकाे सगरमाथा भत्काउन
खुट्टा छाेडेर
तैँले घाँटिकाे माला बन्नु पर्छ
किनकी तँ भगवान् विश्वकर्माकाे
अाशिर्वाद हाेस्
बुझिस् नि....????
०३. असाेज. २०७५/ १८. सेप्टेम्बर. २०१८/ बुधबार/ नखुडाेल
शक्तिशाली रचना ।
ReplyDelete