छाँया
सुरज माझी (हिरो)
हाम्रो बोलचाल न भएको पनि धेरै भैसकेको थियो।मैले त्यो दिनहरुलाई सम्झिने हो भने मेरो अँखा भरी आँसु र मन भतभत्ती पोल्छ। कहिले काहीँ लाग्छ यदि माया थिएन भने किन त्यो सब मायाको चिनो,तिमले दिएको उपहार ,मिठा मिठा बात,साने म बाच्चुनजेल सधै भरी दिन्छु हजुरलाई साथ ती बातहरु सम्झिदा आज।यसै मेरो आँखा भरी आँसु आउँछ।र म ती दिनहरुलाई सम्झन्छु।
(सानू मैले यो सुनियाँमा सबैभन्दा धेरै माया गर्ने मान्छे।) सायद यस्तो माया तपाईं स्वयम आफुलाई नै गर्नु हुन्नहोला।अब अरुको त कुरै न गरुम यस्तो माया गर्थे मैले मेरि सानूलाई(खासमा सानुको सानुको नाम छाँया हो।मैले माया गरेर बोलाउने नाम सानू, र सानूले पनि मलाई मायाले साने भनेर बोलाउथियो।) हुन्नत उसको नाम मैले याद गरेसम्म ४/५ वटा नाम थियो। न्वारानको नाम छ्ज्जु उनको हजुरआमा ले राखदिनु भको नाम, जब सानू बिस्तारै ठुली हुँदै गैइ र उनलाई साथिभाईहरुले जिस्काउन थाले त्यसपछि उ आफनो नाम आफैले राखी छाँया भनेर,र पनि स्कुल मा साथीहरूले बन्ठी भनेर बोलाउँथ्यो। गाउँमा भुन्टी नजाने अरु के-के नामले उ प्रचलित थिई।यो कुरा उसले मलाई आफू स्वयमले भेटेको बेला सुनाकी,,र एकदिन मैले सानुलाई सोधेको थिए सानू तिमी आफ्नो नाम कसरी छाँया राख्यौ..? कि अरु कसैले राख्देको । (त्यसपछि सानूको जवाफ थियो) म सानै छँदा छाँयालाई हेरेर बाबालाई सोधेको थिएँ। बाबा यो के हो भनेर र बाबाले मलाई हाँस्दै जवाफ दिनु भो। छोरी यो छाँया हो भनेर,अनि बाबा यो छाँयाले नि भात खान्छ.? छोरी छाँया भनेको नि मान्छे जता-जता जान्छ मान्छे सँगै छाया पनि तेतै- तेतै जान्छ।भेनेर मलाई बाबाले जवाफ दिनु भको थियो।मैले तेति बैले बुझेको थिए जसरी (नङ्ग र मासुको) सम्बन्ध हुन्छ त्यसरी नै मान्छे र छाँयाको सम्बन्ध हुुँदोरछ भनेर मैले तेति बेला थापाएँ र मैले त्यसपछि आफनो नाम छाँया राखेँ।
(त्यसपछि बिस्तारै हाम्रो कुराहरू अगाडी बढ्न थालियो) कुरै कुरामा कहिले हाम्रो कुराहरु भविष्यमा जान्थ्यो भने कहिले भुतमा ( विगतमा) आउँथ्यो विगतका कुराहरु गर्दा सानू जहिले पनि दुःखी हुन्थी। त्यो भएर मैले जहिले पनि वर्तमनको कुरा मात्र गर्थेँ।
जहिले पनि वर्तमनको कुरा मात्र गर्थेँ। कुरा गर्दै जादा मैले सानूलाई प्रश्न गरेको थिएँ।सानू हामी पनि सधै सधैको लागी सँगै बसाैं न। सानू एकछिन निशब्द भै, र मेरो अँखामा हेर्दै भनी, "मैले यो कुरा हजुरलाई अहिलेदेखि भनेको होइन,मैले हजुरलाई फोनमा बोल्दा,भेट्टदा बारम्बार भनेको तर तपाईं भने मेरो कुरालाई खाली मजाक मान्नुहुन्छ।" खासमा ऊ म सँग भेटेको बेला होस या फोममा कुरा गर्दा जहिले एउटा मात्र प्रश्न गर्थी। साने हामी कहिले बिहे गर्ने.? हामी सम्बन्धमा कैले बाधिने.? यी २टा प्रश्न मात्र गर्थी। ती प्रश्नको उत्तर जहिले पनि मेरो एउटा मात्र हुन्थ्यो।त्यो उत्तर भनेको तिमी मेरोलागी ( wait) गर्न सक्दैनौंँ! पर्खिन सक्दैनौं? बस यति मात्र उतर हुन्थ्यो मेरो। किनकि मैले पनि (जागीर) काम गर्न थालेको भखर ६/७ महिना हुँदैथियो।र सानूको पढाई सकिन अझै १बर्ष बाँकी थियोे। मेरो र सानुको Love परेको पनि ४ बर्ष भै सकेको थियो।र ती ४ बर्ष Love परेको साक्षी मेरो अत्यन्त मिल्ने साथी समर,सपन,समन लाई थाहा थियो।
(कहिलेकाही केटाहरू मलाई मज्जाक पनि गर्थे।)
समर:- बिहे गर्ने उमेर भयो त साथी कहिले बिहे गर्ने..?
सपन:- बेहुली खोज्दिनु पर्छ भने भन्न है।हामी बेहुली खोजन त्यार छौ। कि कसो समर.?
समन:- म सँग त बेहुली को नम्बर पनि छ।
साथिहरुले मलाई जहिले पनि यस्तै यस्तै शब्दहरूले ठट्टा गर्थ्यो। र मेरो जहिलेको उतर हुन्थ्यो ( केटा हो बिहे भन्ने कुरा जिन्दगीमा एकचोटि गरिन्छ। गरेपछि राजा जस्तै गरेनी हो बिहे।रानी जस्तै भित्र्याउने हो सानू लाई) तिमी मुलाहरु जस्तो हो ।बिहे गतेपछि... खासमा ( समन,सपन समर को बिहे बैसकेको थियो।)र बिहे गर्ने पालो हामी ४जना मिलने साथीहरू मध्ये मेरो मात्र बाकी थियो।
त्यही भएर मैले सानूलाई प्रश्न गरेको थिए।सानू हामिपनी सधै सधैको लागी सँगै बसाैं भनेर,,तर( living together relationship) बाहिर कतै Room लिएर। त्यसपछि सानूको जवाफ थियो।(साने मैले हजुरलाई बिहे गरौंन भनेको कुनै living together relationship मा बस्नको लागी होईन। र एउटा कुरा तपाईं र म living together relationship मा किन बस्ने.? आखिरमा तपाईको पनि बिहे गर्ने उमेर भएको छ। मेरो पनि बिहे गर्ने उमेर भएको छ। फेरि किन बस्ने हामी living relationship मा अनि फेरि त्यसमाथी बाहिर कतै Room लिएर किन बस्नु पर्यो .? बरु जाैं अहिले नै मन्दिरमा गरेर बिहे गरौौँ।(यी सब कुराहरू सानूले मलाई आक्रोशमा भन्दै थिई) र एउटा कुरा मैले living relationship मा बसेको जोडी धेरै देखेकी छु र सुनेकी छु तर कसैको राम्रो भएको छैन।होला कोई कोई जोडीको राम्रो तर...
........................................................................................................................
(उसको बोली न सकिँदै मैले आफ्नो कुरा राखे) सानू तिमी living together relationship को बारेमा देखेकी छौ।सुनेकी छौं। तर भोगेको छैनौं नि। ( यति कुरा भनी राख्दा सानूको अँखा भरी आँसु थियोे।) मैले अवस्था लाई सामान्य बनाउँदै,, सानू तिमीलाई थाहा छ त म अहिले बिहे गर्न (Ready) छैन भनेर। फेरि...
सानू :- मैैैले पनि त हामी अहिले नै बिहे गराैँ , कतै भागाैँ भनेको छैन त साने।तपाईं यति मात्र बुझी दिन्नु हामी living together relationship मा न बसाैँ भनेर।
okay हुन्छ सानू हामी जहिले नै यसरी नै बस्ने। ( यति भनी राख्दा उसको हात र मेरो हात हामी २जना को हात बधिएको थियो।) छेउमा सुति रहेको हाम्रो प्यारी छोरी साईना बिउँझी र रुन थाली। सानूले साईनालाई काखमा लिई र छोरी साईना रुन्न बन्द गरि।त्यसपछि मैले सानू लाई भन्न थाले सानू तिमी पहिला बिगतका कुरा गर्दा कस्तो दुःखी हुन्थ्यौौ । तर आज त्यही बिगतका कुरा गर्दा सानुको ओठ मा मुस्कान छ।म असाध्यै खुशी छु सानू I Love you मेरो सानू ।
सानु:- अब पहिला पहिलाको कुरा छोडदिन्नु अहिलेको कुरा गर्नु।आखिरमा हाम्रो बिहे भएको पनि त २ बर्ष भयो।६ महिनाकी छोरी छे।म पनि त असाध्यै खुशी छु I Love you-2 मेरो साने)
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.