महिलामाथिकाे भाषिक दमन
![]() |
पवित्रा घिमिरे (कालुु) |
“हेर फलानिले त उसकाे श्रीमानलाई खुब हेप्दो रहेछ, कस्तो हेपेर बोलेको कस्तो तिमी भन्न सकेको सिधै, मान्छेको अगाडि कस्तो लाज नभाकी। आमा! त्यसले त झन् तँ पो भन्दो रहेछ, के सारो सोमत नभाको आईमाई। श्रीमान् भनेको त भगवान् हो, श्रीमान् त हाम्रो मालिक हो। किन आईमाईहरु श्रीमानलाई हेपेर हेपहा शब्द प्रयोग गर्छन्, पाप लाग्छ तिनिहरुलाई पाप लाग्छ, जस्ता कुराहरु धेरै सुनिन्छ महिलाहरुबाट। तर पुरुषले भने आफ्नो श्रीमतीलाई तँ, तिमी नै भनिरको हुन्छन। यसमा कुनै प्रतिवाद र आलोचना गरिँदैन। बरु यसमा गर्व गरिन्छ। के साँच्चै महिलाले प्रयोग गर्ने तिमी/तँ जस्ता भाषाले श्रीमानको अपमान हुन्छ त? के यो नियम पुरुषले बनाएका हुन त? कि महिला आँफैले यस्ता नियममा बाँधेर आफूलाई पछि पारिराको छन्?
केही दिन अगाडि नेपालका चर्चित राजनीतिज्ञ गगन थापा र उनकी जीवन-साथीसँगको अन्तरवार्ता युटुबमा राखिएको रहेछ, मैले हेरेँ। धेरै भन्दा धेरैँ-धेरैँ हेरिएको उक्त अन्तरवार्ता विवादमा परेछ। कारण रहेछ गगन थापाको श्रीमतीले उहाँलाई तिमी/तँ भनेर सम्बोधन गरिन् रे, हेपिन रे, सम्मान गरिनन् रे। केही दिन पछि त्यसमा व्यक्त गरिएका कमेन्टहरु हटाउन आग्रह गरिएको रहेछ। मैले जान्न चहेको कुरा आखिर किन यस्तो हुन्छ। अङ्ग्रेजिमा एउटै शब्द ‘यू’ भनेपछी सबैलाई समेटिन्छ यसमा कुनै भेदभाव देखिदैँन। सम्मान असम्मान दुबैमा प्रयोग हुन्छ। तर नेपाली भाषाले भने किन यति ठूलो भेदभाव र समस्या ल्याइदेको छ?
केही समय अगाडि साहित्यकार शारदा शर्मा नि विवादित भएकी थिइन्। उनले लेखेका पुस्तक र केही पत्रीकामा छापिएका केही लेखहरुमा उनले आफ्नो श्रीमान नरहरी आचार्यलाई तिमी भन्ने शब्द प्रयोग गरेकी थिइन्। जसले गर्दा उनलाई श्रीमनलाई हेपेको आरोप लागेको थियो। तँ भनेको, तिमी भनेको जस्ता कुराहरुले उनलाई आलोचना गरिएको थियो। यस्ता धेरै उदाहरणहरु हाम्रो नेपाली समाजमा रहेकाे छ जसमा आफ्नो जीवनसाथिलाई तिमी र तँ भनेर सम्बोधन गर्दा आलोचित हुनु परेको छ। धेरै जसो सेलिब्रेटीहरु आफ्नो श्रीमान र श्रीमतीलाई बोलाँउदा तिमी र तँ नै भन्छन्। कमैले मात्र तपाईं, हजुर भन्छ्न्। तर समस्या के छ भने उनिहरुले आलोचना खेप्नु नपरोस् भनेर मिडिया तथा सार्वजनिक समरोहमा बोल्दा भने आफ्नो श्रीमनलाई हजुर/तपाईं भनेर सम्बोधन गरिरहेका हुन्छन्। जुन कुरा अस्वाभाविक सुनिन्छ किनकी उनिहरुले त्यो जबजस्ति बोलेका हुन्। स्वःस्फूर्त बोलेको कुरा र जबरजस्ति बोलेको कुरा प्रस्टै थाहा पाईन्छ। मैले बुझ्न नसकेको कुरा चाँही किन मान्छेहरु अरुको आलोचना र मुल्याङ्कनसँग डराउँछन र आफू जे होइन त्यही रुपमा प्रस्तुत गर्छन् स्वयमलाई? आखिर के भो त आलोच्ना गरेर? यस्ता अनगिन्ती उदाहरणहरु छन् हाम्रो समाजमा जहाँ आफ्नै विचारहरुमात्र लादेर अरुलाई आलोचना र गाली-गलोैज गरिन्छ।
कुनै जमाना थियो थाहै नपाईकन मनिसको विवाह गरिदिइन्थ्यो। जसमा केही कुरा नै थाहा हुँदैन थियो। समाज र घर परिवारले जे सिकायो, जे गर्न लगायो त्यही गर्न बाध्य थिए महिलाहरु। श्रीमान् /श्रीमती एक आपसमा अरुको अगाडि बोल्न नहुने, हात सामाएर हिँडडुल गर्न नहुने, माया-प्रेम साट्न नहुने जस्ता टन्नै नियम-कानुमा बाँधिएको थिए। र महिलाहरु कुनै तर्क-बितर्क नगरि पालना गर्थे पनि। उनिहरुलाई लाग्थ्यो कि ति सब सही हुन्। श्रीमान भनेको भगवान् हो। उनिहरु श्रीमानसँग ठूलो स्वरले त के हेरेर बोल्न पनि सक्दैन थिए। तर समय परिवर्तन भएसँगै विज्ञान र प्रविधिको चामत्कारीक विकाससँगै पश्चिमा सँस्कृतीको प्रभाव नेपालीमा समाजमा नि भित्रिन थाल्यो। श्रीमान्-श्रीमती को व्यवहार र सम्बोधन गर्ने कुरामा पनि धेरै हद्सम्म परिवर्तन त आयो तर यो सीमित क्षेत्र र सीमित मान्छेहरुमा मात्र देखिन्छ। धेरै समाजमा, धेरै मान्छेहरुमा यसकाे राम्रो ज्ञान छैन।
आजकालको युवा युवतीलाई प्रेममा पर्न कुनै ठूलो समस्या छैन। प्रविधिको विकास सँग-सँगै हलिवुड, बलिवुड मुभिको प्रभावले गर्दा क्षणभरमा एक-अर्काप्रती आकर्षित हुन्छन्। सुरुमा साथी हुँदा एक -अर्कालाई जसरी सम्बोधन गर्दा सहज महसुस गर्छन् त्यही शब्दहरु प्रयोग गर्छन्। त्यहाँ कुनै सीमाको बार लगाइएको हुँदैन। अझ कतिपय अवस्थामा त केटाहरुले केटीहरुलाई ह्या तपाईं नभन, तँ भन तिमी भन। कस्तो बुढाे फील हुन्छ यार भनेर केटीहरुलाई भन्ने गर्छन्। तर जब उनिहरु एक -आपसमा माया प्रेममा नराम्रारी डुब्छन र अाफ्नो सम्बन्धलाई संस्थागत गर्ने निर्णय गर्छन् र विशेषगरी केटाहरुले नियमहरु बनाउन सुरु गर्छन्। मलाई सबको अगाडि तिमी नभन है, मलाई तँ भन्ने होइन नि। मलाई त हजुर तपाईं भन्नुपर्छ। म तिम्रो श्रीमन् हो। तिमीले मलाई सम्मानपूर्वक बोलाउनुपर्छ, सबको अगाडि सम्मान गर्नुपर्छ। अन केटीको कुरा आउँछ के भो त तिमी र तँमा सम्मान हुँदैन र ? केटा भन्छ नाइँ अरुले तिमीले मलाई हेप्दो रैछ भनेर कुरा काट्छन्। अनि केटीले हवस् भनेर सहमती जनाउँछिन् । कतिपय अवस्थामा त केटीहरुले प्रती प्रश्ननै नगरी सहमाती ब्यक्त गर्दछन। श्रीमान्-श्रीमती जीवनसाथी एक-अर्काको हुन, सहयात्री हुन, अभिन्न अङ्ग हुन, दुबै जना मिलेर एक-अर्कालाई दु:ख -सुखमा साथ दिँदै जिन्दगी चलाऊने यात्री हुन र एक रथका दुई पांग्रा हुन, के त्यस्ता भाषा अपरिहार्य नै हुन् त??
माथिका प्रस्तुत गरिएका उदाहरणहरु केही मात्रामा लिएका हुन्। आखिर के हाम्रो बुझाईमा नै कमी भएर हो कि, समाजले जबरजस्ति गर्न लगाएर हो। श्रीमान-श्रीमतीको अर्थ नबुझेर हो कि यस्ता घट्नाहरु घटिरहेछन् । तसर्थ भाषाले मान्छेको सम्मान र असम्मान कदापी निर्धारण गर्दैन। मान्छेको व्यावहारले सब निर्धारण गर्दछ। अरुलाई देखाउनको लागि भनेर तपाईं/हजुर लगाउने व्यवहारमा फिटिक्कै माया छैन भने के अर्थ रह्यो त त्यो सम्बाेधनको। अनि मैले बुझेको कुरा जति आफूलाई सहज हुने भाषा प्रयोग गरिन्छ त्यति नै त्यहाँ माया बढी हुन्छ, सबै कुरामा सहजता हुन्छ। अनि माया व्यक्त गर्दा गीत-संगीतमा तिमी शब्दकै प्रयोग गरिएको पाईन्छ। जीवनसाथीमा पनि तँ र तिमीमै बढी माया हुन्छ नकी जबरजस्ती रुपमा बोलिने तपाईं/हजुरमा। तर कोही कसैलाई तपाईं/हजुरमै सहज हुन्छ भने त्यसमा कुनै आपत्ति छैन। त्यसकारण श्रीमान-श्रीमतीको अर्थ बुझम र आफूलाई सहज हुने भाषाले सम्बोधन गरम। अरुलाई देखाउन, के भन्लान भन्ने कुरामा भन्दा आफुलाइ के लाग्छ र के हो भन्ने कुरामा जोड दिम्।
This comment has been removed by the author.
ReplyDelete