प्रेम
मलाई प्रेमसँग ल्पेटाेकाे ल्पेटाेनिक लभ र क्रिस्टि ब्राउनकाे सम्झनाले सताउँछ । किन, कहिले र कसले यति महान् प्रेमकाे तुलना त्यति तुच्छ युद्धसँग गरेर, प्रेम र युद्धमा जे पनि जायज छ भनेर भनिदिईयाे हाै ? प्रेमकाे बारेमा कथा, कविता, उपन्यास र के पाे नलेखिएकाे हाेला र ? टल्स्टयकाे खाेल्स्ताेमाेर हाेस् वा देवकाेटाकाे मुनामदन, कहाँ कुन रुपमा पाे प्रेमकाे वर्णन छैन र ? तर किन दिनदिनै प्रेमकाे नाममा मरिरहेछन् र मारिरहेछन् हाम्राे समाजका प्रेमीहरु । अनि किन कसैकाे अनुहारमा तेजाब फ्याँकिन्छ प्रेमकै लागि ।
अब त प्रेम, रुप हेरेर गरिने जमाना पुरानाे भाे; अाजकाल त धन, जात र धर्म हेरेर गरिन पाे थालिया त हाै याे प्रेम भनिने जिनिस पनि, यस्ताे युगमा कहाँ मिल्ला प्रेमकाे साँचाे अर्थ जुन अाेस्कार वाईल्डकाे जुरेलिकाे पवित्र मुटुमा धड्किएकाे थियाे । भर्खरै जन्मेकाे शिशुलाई झाेलामा काेचेर मिल्काउनेकाे मनमा कसरी मर्छ हाै प्रेम ? जब कि अाफ्ना सन्तानलाई बचाउन एउटा कुकुर्नीले पनि सिनाे बाेकेर ल्याउँछे । अाज त प्रेम लिङ्ग हेरेर गरिदै छ, त्यसैले नै हाे स्त्रि भ्रुण पता लगाएर हत्या गरिन्छ छाेरा प्राप्त गर्ने प्रेमकाे अहंकारमा । हाै अाज प्रेमभन्दा पनि घृणा पाे अाकर्षक बनाउन थालिएकाे छ । त्यसैले त जात र धर्म बचाउने स्वप्न-प्रेम प्रयासमा युद्धैयुद्धैमा बाैलाईरहेछ संसार । हाे यसैले त बुद्ध-प्रेम बिर्सेर हामी हिट्लर-प्रेममा चुर्लुम्म भैदिन्छाैँ र प्रेमकाे नाममा अनाैठाे घृणाकाे लडाइँ मच्चाईदिन्छाैँ गर्वसाथ । अनि कहाँ भेटूँ म प्रेम, याे देश प्रेम, धर्म प्रेम र जात प्रेमले भरिएकाे युगमा ?
२६. असार. २०७४/ १०. जुलाई. २०१७/ साेमबार
प्रेम वासना बनेको छ, प्रेमले गरिबको झुपडीलाइ छोडेको छ, निर्जीव सजिब सबैको लागि हत्यारा बन्न पुगेको छ। प्रेम त आब कुनै पुस्तकको पानाहरु भित्र मात्रै देख्न पाहिंछ, संसार मा न खोज्दा हुन्छ प्रेम ।
ReplyDeleteहस ।। धन्यवाद
ReplyDelete