चिठ्ठी- मामालाई

 नेचुरल्लीदीपक







२००६/ फेब्रवरी/२१


हँसाएर हाँसौँ 

लुकाएर होइन

किनकी लुकाएको हाँसो, हाँसो होइन केवल करुणा हुन्छ । 

यसले खुसि होइन दुःख मात्र बाँड्छ

त्यसैले हँसाउँदै छु । 'Chinese Pen को साथ'

गल्ति भए रिसानि माफ ।।


आदर्णीय,


मामा तथा me आइजू


नमस्कारम् करतू "इद" दीपक (दीपेश) नोक्कर से अर्थात् जोक्करबाट ।।


हामीहरू यहाँ टुप्पोदेखि फेदसम्म अर्थात् म, भाइ, मम्मी र देमदेम आदि-इत्यादि कुशल-मङ्गलै राख्ने कोसिस अनि संघर्ष गर्दै छौँ र बाँच्ने-बँचाउँने कोसिस पनि हरेक- पल- हरेक- घडि मृत्युको मुखमा नपरेसम्म चल्ने नै छ र चलाइने नै छ । 


तपाईँहरू हाम्रो बारेमा चिन्ता नलिनु होला  किनकी चिन्ताले नै चितामा पुर्‍याउँछ ।


सुन्दैछु हावाको गीत की तपाईं R.M.C भन्ने Business गर्दै हुनुहुन्छ रे । सल्लाह दिन्छु धेरै B.M.C Masala (मसला) खाएर जिब्रो नपड्काउनु होला । अर्थ भेटमा खोलूँला ।


हरेकले केही पाऊन केही गुमाउनै पर्छ जस्तो कि तपाईँले कान बटार्न* छोड्नु भएछ ।

अर्को कुरा रमनी (रमा) पनि कक्षा ९पास भइछिन् । खुसी र दुःख दुबै लाग्यो किनकी यो जीवनको संघर्षको घडि हो । एक पटक आउँछ र माछा चिप्ले झैँ,भ्यागुता उफ्रे झैँ दहमा हाम फाल्छ । त्यसैले धैर्य धारण गर्नु जे मन लाग्छ नगर्नु । गरेसम्म सोच्नु । सोचेसम्म गर्नु । चित्त नबुझे फेरि ओल्टाइ-पल्टाइ हेर्नू ।

अर्को तर्फ विजय कान बटार्न तर्फ लागेको रहेछ। राम्रोसँग बटारेस् । भीरबाट जोगिएस् । आँखा नघुमाएस् । चाहे मन घुमे पनि दिमाग नफिराउनु ।नामजस्तै विजय भवः ।

अनि खुशबू (फुच्ची) । आफूलाई चिन्नु । त्यसपछि सबैलाई चिनाउनु । बढी नक्कल नपार्नु । पारे पनि नक्कली भनी नमाग्नु । पढ्नु तर मनमा राख्नु । ठूली मान्छे बन्ने सपना देख्नु । त्यहाँको भीर-पाखा, फूल, हावा, पानी, वन-जङ्गलसँग माया लाउनु तर उछृङ्खल नहुनु । खुशबुझैँ, खुशियाँकी फूलोसे अपना जीवन रङ्गाना । यही भन्छु । 

(*गाडि चलाउन भनेको ।)

अन्त्यमा, me आइजू धेरै दुब्ली हुनूहुन्थ्यो । मोटाउनु भयो की? चैतमा आउँदा आफ्नो थोरै Weight बढाउनु होस् है र काममा लगनसँग लाग्ने शक्ति मिलोस् । अनि तपाईँको बहिनी मोटी me आइजूलाई सम्झना भन्न नभुल्नु होस् है । यति भन्दै "लेखनी" यहीँ बन्द गर्छु ।


उहीँ टाढाको क्षितिजमा बिलाएको 'म' ।

                   भान्जा अनि दाजु

                   दीपक दीपेश राई ।।

थप कुरा;-

माईली देमदेम यही माघ १८ गते आउनु भएको थियो । साथमा नक्कली नानी (Meera) र बाघधन पनि आएका थिए । 

म चाहिँ S.L.C दिन तम्तयार भएको छु । मौका मिले चैत-बैशाखमा हुँइकिने विचारमा छु । 

भाइ पनि चार कक्षामा पुग्दै छ यही बैशाखबाट  । अरु सबै सन्चै हुनुहुन्छ बाहेक देमदेमको टाउको दुःख्छ । मम्मी रक्सि पिउन २० देखि कम गरेर ५ सम्म आइसक्नु भएको छ । 

म चाहीँ के-के खोज्नमा व्यस्त छु । आफ्नो अस्तित्व पाउने । 

नमरे बाँचे भटौँला ।

सारङ्गि रेटौँला मौका मिले फेरि भेेेेटौँला ।


नोट;- मामा सबैलाई पढेर सुनाउनु होस् है ।

यो, म पागलबाट सानो नमुना मात्र ।


यो चिठ्ठी लेखेको दिनसम्म माइली देमदेम यही हुनुहुन्छ । 


नोट;- यो चिठ्ठी २०६२ फाल्गुण ०९ गते, मङ्गलबार; म कक्षा १० मा पढ्दै गर्दा नखिपोटमा लेखेको हो तर कारणवश पठाइनछु । आज टाइपिङ गरेँ । (३०. जेठ. २०७८/ १३. जुन. २०२१/ आइतबार / नखुडोल)

Comments