कता रुमलिँदै छन् साथीहरू?

 कता रुमलिँदै छन् साथीहरू?



नेचुरल्लीदीपक

हाहा !!

बेफुर्सदीको फुर्सदमा छन् कि

वा फुर्सदको बेफुर्सदीमा

अथवा रुमल्लिरहेछन्

युगौँ-युगौँ

रुमलिएका थिए मुना-मदन

या लैला मजनू

बिर्सिएर हृयदका स्पन्दन,

पराई को? आफ्नू को?

प्रश्नै-प्रश्न खोतल्दै छन् कि साथीहरु?

हैन आजकाल 

कता रुमलिँदै छन् साथीहरू??

न छ प्रेम, न कुनै आशक्ति

भाँड मे जाये साथीहरू...

वा यस्तै पो सोच्दै छन् कि??

हैन आजकाल

कता रुमलिँदै छन् साथीहरू??

त्यागेर आएपछि

भोगर भोग सक्केपछि

प्रिय जिन्दगानिसँग सोध्न मन छ

के मैले जीवनमा साँच्चै साथीहरू

पाएकै थिएँ त???

हुन त जिन्दगीले सत्य-जुगमै

जवाफ देकै थियो...

"बालै फरर" दीपके

फेरि पनि बुझ पचाएर सोधेँ

एकाविहानै

हैन आजकाल

कता रुमलिँदै छन् साथीहरू??


Comments