"सब्ब भवतू मङ्गलम्"- नाङ्गेलिको कथा

 "सब्ब भवतू मङ्गलम्"- नाङ्गेलिको कथा


*यो आलेख ईतिहासमा भएको अमानविय क्रुरताको जानकारी गराउनु हो ताकि यस्तो गल्ति भविष्यमा नदोहोरियोस् ।




ईतिहासको खोज र उत्खनन् गर्ने हो भने हामीलाई आज अविश्वनिय लाग्ने कैयन घटनाहरू भेटिन सक्छन् । कती सत्य घट्नाहरू समय बित्दै गएपछि कथाजस्तो वा कथाहरू सत्य जस्तो पनि लाग्न थाल्छन् । यस्तै एउटा कथा हो 'नाङ्गेलिको' ।

भारतको ट्रावनकोर (Travencore) राज्य अन्तरगत चेरथला (Cherthala) भन्ने ठाउँको एजहवा (Ezhava) जातिमा १९ अौँ शताब्दिको सुरुवाति समयमा उनको जन्म भएको विश्वास गरिन्छ । यस समूदायमा उनलाई नायकको रुपमा अत्यन्त सम्मान गरिने चलन पनि रहेको छ । 

Photo credit- BBC.com



घट्ना अनुसार, त्यस बेला दलित समुदायको नारीहरूलाई आफ्नो स्तान ढाक्ने अनुमति थिएन । अर्थात्, यो समुदायको नारीहरूले स्तन नग्न छोड्नु भनेको माथिल्लो जातिका मान्छेहरूको सम्मान गर्नुको हो भन्ने सोच त्यसबेला चल्तिमा रहेको थियो । थुप्रै ईतिहासकारहरु अनुसार यदि कुनै दलित नारीले स्तान ढाकिने कपडा लगाउन चाहेमा स्तन-कर तिर्नु पर्नेहुन्थ्यो । र, स्तनको आकार अनुसार करको मूल्य तोकिन्थ्यो  ।

यसरी पहिलो पटक त्यस्तो करको विरोध गर्दै नाङ्गेलीले आफ्न‍ो स्तन ढाक्ने कपडा लगाउन थालिन् । जब उनलाई कर तिर्न बाध्य पार्न थालियो तब उनले करको सट्टामा आफ्नो दुबै स्तन काटि कर-सङ्कलकको अगाडि राखिदिइन् । अब सोच्नुस् त कस्तो थियो त्यो समय? यस घट्नापछि उनको मृत्यु हुन गएको बताइन्छ। साथै नाङ्गेलीको चितामा उनको पतिले पनि देहत्याग गरेका थिए भन्ने कथा सुनिने गरिएको छ । जे होस उनको यो दुस्साहसी कदमपछि त्यस क्षेत्रका राजाले स्तन-करमा बाध्यतापूर्वक रोक लगाएका थिए । 

नाङ्गेलीको विषयमा दुनियाँले तब मात्र जानकारी पायो जब उनको बारेमा बिबिसिमा एउटा लेख( https://www.bbc.com/news/world-asia-india-36891356 ) छापियो । हुन त थुप्रै लेखक तथा विचारकहरूले नाङ्गेलीको यो कथा मिथ्य मात्र हो भन्ने तर्क दिनेगरेका छन् । यद्यपि यस्ता अमानविय कार्यहरू आजभोलि पनि दुनियाँमा भैरहेकै छन् । एसिड आक्रमण होस् वा बलात्कार, यी सब अमानवीय कुकर्महरू नै हुन् र अस्विकार्य छन् । 


३०. असार. २०७८/ १४. जुलाई. २०२१/ बुधबार/ बालुवाटार/ १२:१३ दिन


Comments