जेल जर्नल - वि. पि. कोईराला

 जेल जर्नल , माघ १५, २०५४, बुधबार, दोस्रो संस्करण, जगदम्बा प्रकाशन प्रा. लि.

वि. पि. कोईराला 


* पुस्तक किन्नhttps://bookpnepal.com/books/jail-journal/



पेज २१- डा. गिरी भन्थे कि राजा मसँग ईर्ष्या गर्छन् रे । किन ? म देशका लागि राजाको आवश्यकताको पक्षपाती - मसँग ईर्ष्या र डाह किन?

- कि देशमा राजा र संसद दुबैको राम्रो सम्बन्ध भएको प्रजातान्त्रिक प्रणालीको आवश्यक छ ।


पेज २३- अस्ति हठात् धरणीधर दाइ भेट्न आउनु भएको । राजाबाट मेरो तारिफ तर मेरा साथीहरूको सम्बबन्धमा असन्तोषका कुरा भएछ ।...म पनि स्वयम् पनि उहाँको मीठो कुराबाट हमेशा झुक्किएको छु । 


पेज २७- मीरा एब्रेरुले...ईजरायलमा उनीसँग मेरो भेट भएको थियो... उनको आकर्षणको कारण के थियो - यौन ?


पेज ३१- प्राइममिनिष्टर छँदा उपहारमा पाएको सामनहरू सरकारलाई बुझाउनु भनेको थिएँ । 


पेज ६२/६४- मानिसका अनेकाअनेक आवश्यकताहरू छन्, त्यसमा धेरैजसो त्यस्ता आवश्यकताहरू छन्, जो मौलिक नभएर सामाजिक परिस्थितिमा अरू बाहिरी कारणले गर्दा सृजन हुन गएका छन् । 

- यौनक्षुधाको सन्तुन्ष्टि रतिक्रियाबाट शान्त गरिएन भने प्रकृतिले ठूलो प्रतिशोध लिन्छ । 


पेज ६७ - ज्ञानका सम्बन्धमा सायद भाषा ईतर अनुभव मुख्य कुरा हो;


पेज ७५ - मलाई किसुनजिको यस्तो हुस्सुपनमा बडो रीस उठ्यो । बडो Supercial Reaction हुन्छ वहाँमा । 


पेज ८३- राजाले...घोषणा... हामीमा निहित अधिकारद्वारा अहिलेसम्म विधान खारेज गर्‍यौँ र अर्को नयाँ विधान दियौँ ।


पेज ९२- उनको अनुसार स्वचालित आर्थीक व्यावस्थापनमा कुनै पनि देशमा तब मात्र पुग्न सक्छ जब त्यसको राष्ट्रिय आयको १५ फिसदी भन्दाबढी सम्पत्ति पूँजीको रूपमा बाँच्न थाल्छ । 


पेज ९४- आज गणेशमानजीसँग मेरो रन्कारन्की कुरा भयो ।...हात्तिको दाँत जस्तो देखाउने प्रयोजनका लागि मात्र छ, भित्र वहाँ अत्यन्त भीरू हुनुहुन्छ । 


पेज ९६- राजनीति मुख्य जिम्मेवारी भए तापनि आफूमाथि परी आउने अरू जिम्मेवारीको पनि पूरा निर्वाह हुनुपर्छ । 


पेज १००- १२ जनाले अर्थात् २/३ ले, माफी मागेर निस्किसके । नक्खुमा, सेन्ट्रलजेल, भद्रगोल, जनानीजेलहरूमा यस्तो कुरा भएको छैन । लाग्दछ, नेतृत्ववर्ग नै बरु कमजोर ।


पेज १०५- मेजरले पछि हेर्दा यो देखे कि तरकारी प्रशस्त रहेछ लुकाएर राखेको । 


पेज १०८- एउटा 'महेन्द्र जीवन चरित्र-समिति' ।


पेज १०९- सुनीति कुमार जस्ता धेरै विद्वानहरूको उदाहरण दिन सकिन्छ जसमा नैतिकता र विद्वत्ताको समागम पाइँदैन । राहुल सांकृत्याायन पनि यसै कक्षाका विद्वान थिए । 


पेज १११- माफि नमाईकन कसैलाई छाडेको छैन, जो उनको चंगुलमा पर्न गयो त्यसक‍ो प्रति उनको व्यवहार प्रतिहिंसाको भावनाले प्रेरित भएको छ । 


पेज ११६- राजाले पनि मेरो बारेमा प्रशंसाका वाक्यहरू भनेछन्...


पेज ११८- राजाको कुरामा विश्वास गर्न मन लाग्छ यद्यपि बारम्बार त्यसबाट मलाई धोखा भएको आजसम्म । 


पेज १४१, १४३- सेनाको बारेमा


पेज १४६- कालीदासको सुन्दरीको- कम्मरबाहेक- सबै कुरा अजंगका ठूला छन्- ठूलो आँखा, ठूलो पहाडजस्तो कठोर स्तन, ठूलो नितम्ब, ठूलो जंघा;: र तिनीहरको हिँडाइ पनि त्यस्तै मत्थर र बोझिल छ । 


पेज १५०- धेरै दिनको दासताले हिन्दूस्तानीहरूको हृदय नै संकुचित भएको छ र दृष्टिमा दोष आएको छ । दास प्रवृत्ति ठाउँमा र समय समयमा झल्किहाल्छ । 


पेज १६१- अस्ति रात दक्षिण भियतनामका राष्ट्रपति जियम र उनका भाइको हत्या भयो सैनिक विद्रोहमा ।


पेज १७०- प्रकाश, श्रीहर्ष, शशांक र चेतनाका लागि म ४ किताब लेख्न चाहन्छु ।


पेज १९८- बा, आमा र सौतिली छोरोको त्रिभूज- १७५ पेजको किताब हुनेछ ।


पेज- २००, २३ अक्टोबर, १९६४

१) काश्मिर समस्या जस्ताको तस्तै छ,

२) पाकिस्तानसँग सम्बन्ध राम्रो हुने सकेन,

३) चीन शत्रु भएर निस्क्यो,

४) एसिया अफ्रिकामा भारतको प्रतिष्ठा लुप्तप्रायः छ,

५) देशको आर्थिक अवश्था यस्तो दयनिय छ कि अमेरिकन मद्दत नभएको भए अहिले भारतमा भयंकर दुर्भिक्ष भएर ठूलो उत्पात हुनेथियो, 

६) तुलनात्मक दृष्टिबाट भारतको आर्थिक विकास अत्यन्त मध्यम छ,

७) जनसङ्ख्याको वृद्धिले भयंकर सम्भावनापट्टि संकेत गर्छ, 

८) बर्माबाट भारतियहरू निकालिँदै छन्,

९) लंकामा भारतीयहरूो दूरावस्था छ,

१०) नेपालमा भारतको प्रतिष्ठा माटोमा मिलेको छ, 

११) जहाँजहाँ भारतीयहरू भारतीहरू गएर बसोबास गरेका छन् अफ्रिकामा त्यहाँ-त्यहाँबाट खेदिने भएका छन्,

१२) सामरिक दृष्टिबाट भारतजस्तो खोक्रो रहेछ त्यसको प्रमाण २ वर्ष  पहिले चिनीहरूको सफलताले प्रमाणित गरिदिएको छ,

१३) भारतका जाति र प्रान्तहरूमा आपसी सद्भभावना र भावातृमक एकान्तको नितान्त कमि छ,

१४) नागाहरूलाई सन्तुष्ट पार्न असमर्थ भएका छन्,

१५) दक्षिणिहरूले पनि बीचबीचमा स्वतन्त्र हुने भन्ने आवाज सुनिन्छ,

१६) काँग्रेस पार्टिो संगठन अत्यन्त कमजोर भएको छ,

१६) विरोधि पार्टिमध्ये कुनै पनि त्यस्तो संगठन छैन जुसले हिन्दूतानको राजनितिलाई सम्हाल्न सक्छ । कुनै पनि बढ्न सकेनन् । आदि, आदि, आदि...

किन भयो यस्तो ?


Comments