"सब्ब भवतू मङ्गलम्"- कङगो फ्रि-स्टेटको कथा
*यो आलेख ईतिहासमा भएको अमानविय क्रुरताको जानकारी गराउनु हो ताकि यस्तो गल्ति भविष्यमा नदोहोरियोस् ।
ईतिहास साक्षी छ मानिसको क्रुरताको अनेक उदाहरण छ्याप्छ्याप्ति भेटिन्छ । एउटा यस्तै क्रुरताको केही तथ्य पढौँ:-
King Leopold II को अत्यचारको कथा; जसले Congo free State मा अनेक अत्यचार गरे:-
- . सन् १८८४ को अन्तिमतिर, जब युरोपेलि मुलुकहरू मिलेर अफ्रिकालाई टुक्रा पारेर आ-आफ्नो भागमा बाँड्दै थिए, यही बेला एउटा सानो टुक्रालाई भने अलग्गै भविष्यको अन्योल यात्रामा छोडियो ।
- . Berlin Conference को निर्णय अनुसार सबै क्षेत्र बाँडिएता पनि यो भाग भने बेलजियमका राजा लियोपल्डको ( Leopold II ) अधिनमा रहनेगरि छोडियो, र २० अौँ शताब्दिको सुरुवातसम्म उपनिवेश रहिरह्यो ।
- . यस्तैमा अर्को पात्र, वेल्सका पत्रकार Henry Morton Stanley, यही कथामा जोडिन्छन् । जसले अफ्रिकाको बारेमा धेरै रहस्य खोल्ने काम गरेका थिए । यिनैले उनकोलागि कङ्गोको नक्सा कोरिदिएका थिए । यसैलाई लियोपोल्डले नाम दिए Congo free State ।
![]() |
King Leopold II |
अब कुरा गरौँ मुख्य कथाको । लियोपल्डले जब कङगोलाई प्रप्त गरे त्यसपछि त्यहाँ African International Association (AIA) नामक कम्पनि स्थापना गरि आफ्नो उद्देश्य पूरा गर्न तर्फ लागे । उनले सुरुमा Ivory (हात्तिको दाह्रा) को व्यापार सुरु गरेका थिए तर स्थानिय स्तरमा उत्पादन हुने प्रकृतिक रबर खेतिको माग दुनियाँमा बढि भएको त्यो समयमा, उनलाई पनि यसले लोभ्यायो । र, स्थानिय नागरिकहरूको शोषण गरि उनली रबर खेति गर्न लागे । उनी बेल्जियममा त नाम मात्रको राजा थिए तर 'कङ्गो फ्रि स्टेट' मा भने उनी सर्वशक्तिशालि शासक थिए ।
...उनी सबैलाई निश्चित् कोटा तोकिदिन्थे, र कोटा पूरा नगरे स्थानियको हात काटिदिन्थे । यसरी अनेक कारणले (हात काटिने, खाना र अनेक असुविधा) गर्दा करिब १ करोड ५० लाख मानिस मारिए, त्यो पनि २३ वर्षभित्रको उनको शासनमा ।
अचम्म त यसमा मान्नुपर्छ कि, जब उनको अन्यायको युरोपेलिहरुले नै विरोध गर्न थाले तब उनले आफू छक्क परेको विचार दिए । उनको विचारमा उनी त्यो क्षेत्रको विकास र उद्दारको काम गरिरहेका थिए । तर, निकै ठूलो दबाबापछि उनको मृत्युको एक वर्ष अगाडि सन् १९०८ मा मात्र उनको सिधा शासनबाट यस क्षेत्रलाई उपनिवेशमा बदलिइयो । तथापि उनले क्षतिपूर्तीको रुपमा २१५ मिलियन बेल्जियन फ्राङ्क (आजको हिसाबमा करिब २ अर्ब डलर) पैसा लिएका थिए । यसरी, उनले त खासै केही गुमाउनु परेन तर स्थानिय नागरिकहरूले अमानवीय शोषण, पीडा र मृत्यु सहनु पर्यो ।
यो कथा अफ्रिकी देश Democratic Republic of Congo को बारेमा हो । जसलाई पहिला Zaire (जायर) भनिन्थ्यो । अत्यचारपूर्वक सन् १८८५ बाट १९०८ सम्म लियोपोल्डद्वारा शासन गरिएको यो देश सन् १९६०को दशकमा मात्र स्वतन्त्र भयो । तथापि अझै पनि यो देश गरिबी र अनेक दुःखको चक्रमा फसिरहेको छ । त्यही बेला पनि लेखक जोसेफ कन्यार्डले (Joseph Conrad) हार्ट अव् डार्कनेस् (Heart of Darkness) जस्तो उपन्यास लेखेर लियोपोल्ड २ को शासनको मजाक उडाएका थिए । जब कि उनी भने अफ्रिकाको त्यो भागमा सभ्यता ल्याउने प्रयाशमा लागेको गफ दिन्थे । अन्तमा, आज यो देशको जे-जस्तो हालत छ यसको जिम्मेवारी ती युरोपेली देशहरूले लिनुपर्ने हो...
![]() |
Democratic Republic of Congo |
नोट: यो कथा यही देशको छिमेकी Republic of Congo को हैन तरपनि यी दुबै देशले उपनिवेशको अनेक शोषण उत्तिकै भोगेका हुन् ।
१३. असार. २०७८/ २७. जून. २०२१/ आईतबार/ बालुवाटार/ दिउँसो ४:१०
जेहोस पढ्न योग्य छन तपाइको हरेक लेखहरु सधै यसैगरी कलम अघि बढिरहोस शुभकामना
ReplyDeleteधन्यवाद
Delete