सुरज माझी (हिरो)
office पुगेको एक घन्टा जति भएको थियो। असाध्यै गर्मी भएकाले एक ग्लास चिसो पानी पूजासँग ल्याई मागेँ ( पूजा खासमा मेरो office मा २ बर्ष देखी काम गरिरहेकी छे। उसको काम भनेको office Time मा office खोल्ने र सामान्य सरसफाइ गर्ने ,office बन्द गर्ने आदि हो।) उसले पानी ल्याईदिई र मैले पानी खाए।
म घरमा हुँदा एकाबिहानै अपरिचित नम्बर बाट फोन आएको थियो।अपरिचित नम्बर र अपरिचितस्वर, यी दुइटै मेरो लागि अपरिचित भएकाले म फोनमा धेरै बेर बोल्न चाहिनँ।
फोन:-good morning sir.,,,
म:-good morning.
फोन:-सन्चै हुनुन्छ सर।?
म:-हजुर सन्चै छु।
फोन :- सर आज तपाईँ office जानू हुन्छ कि घरमै बस्नु हुन्छ.?
म:-हैन म १० बजे office जान्छु त।
फोन:-सर त्यसो भए म हजुरको office मै आएर कुरा गर्छु।
यति भन्दै फोन काटियो ।त्यो अपरिचित मान्छे सँग मैले करिब ३० सेकेन्ड जति कुरा गरेहोला। त्यसपछि म आफ्नो घरको दैनिकी काम सकेर office तिर लागेको थिएँ ।
पूजाले दिएको चिसो पानी मैले पानी खाएँ। एक छिन पछि ढोका खटखटाएको आवाज सुनियो। म आफ्नो ब्यस्तता र महत्त्व देखाउनको निम्ति फोनमा बोल्न थालेँ। एकछिनपछी भित्रै आउनुस्न भन्दै बोलाएँ। मान्छे भित्र आयो। बिहान फोनमा बोलेजस्तै अपरिचित स्वर,अपरिचित नम्बर ठ्याक्कै त्यस्तै अपरिचित अनुहार थियो।( यो कुरा मैले आफ्नो मन भित्र खेलाउँदै थिएँ।) तर त्यो मान्छेलाई मैले वास्तै नगरि फोनमा बोलिरहेँ बेलाबेला खुशी हुँदै बोल्थे भने,,अन्तमा चिन्ता गर्नु पर्दैन केही हुँदैन भन्दै फोन राखेँ । एकछिन पछि त्यो अपरिचित मान्छेलाई `याँ´ आउनुको कारण सोधे..? र त्यो अपरिचित मान्छेको उत्तर थियो `सर म तपाईँको फोन जोड्न आएको हुँ।´
(खासमा म नजोडिएको फोनमा बोलेको अभिनय गर्दै थिएँ ।)
नोट:-
१. हामीले कुनै पनि काम देखावटी गर्नु हुँदैन।
२.यस्तो प्रकारको ब्यवहारले असुरक्षा र घटिया दर्जाको आत्मा सम्मानको जन्म दिन्छ।
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.