नेचुल्लीदीपक
म, न हिजो जरा हुँदा हराको थेँ
न आज पात भै पलाउँदा चम्केको हुँ
हिजो जरा भएर पात हुर्काएँ
भोलि पात झरेर जरालाई सपार्नेछु
जरा, हिजो अन्धकारमा थ्यो
यसैले आज
पात वासन्ति घामसँग नाच्दै छ
ताकी भोलि जरा भेटेर
अन्धकारमा विलिन हुनुछ
पात र जरा, दुबै जीवन हुन्
झर्नु र पलाउनु पनि
दुबै, अन्त्य र सुरुवात हुन्
यसैले जीवन अस्थिर
र
मृत्यु-अमर-छ । । ।
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.