एक सन्यासिनि !!

 

एक सन्यासिनि !! 


सुरज माझी (हिरो)


सदाको झैँ म आज पनि यो रातसँग डराउन थालेको छु।पहिला पहिला मलाई उज्यालोसँग डर लाग्थ्यो । तर आजभोलि अँध्यारो रातसँग डराउन थालेको छु।भनिन्छ नि राती निन्द्रााामा देखेको सपना कहिले पूरा गर्न सकिँदैन ।त्यै भएर सपना सधै दिउँसो नै देख्नुपर्छ। ताकी सपना पूरा होस,, तर मैले सपना देख्न कहिले छोडिनँ चाहे दिउँसो होस् या राती केही देखेको सपनाहरू पूरा हुन्थ्यो भने केही सपना पोखरिमा पानी जमे सरि जमिरहन्थ्यो मन र मस्तिष्कमा,,, आज मेरो बिहेको पहिलो रात या भनुम सुहागरात म यो दिनलाई  धेरै अगाडिदेखी पर्खि रहेको थिए ।( जसरी कि कुनै  बकुलाले पोखरीमा आफ्नो भोक मेटाउन माछा पर्खी  बस्छ।) ठिक त्यसै गरि म आजको रातलाई पर्खी बसेको थिए। सुहागरात- हामी दुई अन्जान मान्छेको एक हुने रात, सपना बुन्ने रात, अङ्गालोमा बाँधिने रात, सायद यो रातलाई अञ्जलीले पनि मैैैले पर्खेसरि पर्खी होलि। तर मेरो पर्खाई र अञ्जलीको पर्खाई अलिक फरक छ।   

रातीको ठिक ९:३० बजेको छ। म मेरो कोठामा बसिरहेको छु । कुनै नाैलाे मान्छे बसे-सरि ! तर अञ्जली उत्ता फोनमा लगभग ४५ मिनेटदेखी रिसाएर मात्र बोलिरहेकि छे।  यो दृश्य मैले आफ्नै जान-पहिचान कोठाको झ्यालबाट प्रष्ट देख्दै छु। र आज भखरै मेरो कोठामा भित्रिएको ठूलो नयाँ दराज,नयाँ बक्स प्लङ्ग, बक्स प्लङ्गमा ओछ्याएको नयाँ तन्नना ,डस्ना मेरो छेवैमा रहेको दुइटा नयाँ सिरानी, नयाँ सिरक; यी सब आज मेरोलागि नयाँ छ।नयाँ पनि किन न हुनु मैले आज घरमा नयाँ मान्छे जो भित्र्याएको छु। तर बडो अचम्मको कुरा खासमा कोठा भित्र त अञ्जली सजिएर बसेकी हुनुपर्ने मलाई पर्खेर बसिरहनु पर्ने तर आज फरक छ। मनमा यस्तैयस्तै कुरा खेलाउँदै बसिरहेको थिएँ। होस भन्दै यो सब फिल्महरुमा हुन्छ होला, रियलमा भएको भए अहिले अञ्जलीको ठाउँमा म हुन्थेँँ। अञ्जली मेरो ठाउँमा हुन्थी मलाई पर्खेर बसिरहेकी हुन्थी।यस्तै कुराहरू मनमा खेलाउँदै बसिरहेको थिए । एकछिन् पछि  कोठाभित्र अञ्जली को प्रवेश भयो। म आफ्नो शरिरलाई ठिक ठाउँमा ल्याउँदै अञ्जलीलाई प्रश्न गरेँ।

म:- धेरै बेर लगायौ त फोनमा कुरा गर्न.?

अञ्जली :-(मोबाइल टेबुलमा राख्दै,पानी पिउछे र लामो सास लिन्छे।) किन र विवाह गर्ने बितिकै फोनमा बोल्नु हुँदैन भनेर कतै लेख्या छ र..?

म:- (म हाँस्दै जवाफ दिन्छु।) कास कुनै किताब वा ग्रन्थमा लेखेको भए म पक्कै पढ्थेँ होला।(अलिक ठट्टा गर्दै)

अञ्जली :- किताब-ग्रन्थमा पढ्नु भएन मेरो मुखबाट सुन्नु भयो नि।(अलिक रिसाएर भन्छे।)

म:- न रिसाउन म त कुरा सुरुवात गर्न लाई पो यस्तो कुरा गरेको।

अञ्जली :- के ताईँ न तुँईको कुराबाट सुरुवात गर्नु भको त ।

म:- (अञ्जलीको अँखामा हेर्दै) न रिसाउन आज त हाम्रो पहिलो रात अर्थात सुहागरात। आजको रात कसरी विशेष बनाउने त.?

अञ्जली :-सम्बन्धमा बाँधिने बितिकै यो होईन कि बोल्ने, हिँड्ने, खाने, लाउने आदि सबै तपाईले भने अनुसार होस।

म:- तिमी फेरि त्यही सानो कुरामा अल्झी राखेकी छौं। भयो अब देखि म यस्तो पश्न कहिले गर्दिनँ।अब त खुशी हाै। आजको रातलाई खुशी बनाएमा हामी जीवनभर खुशी हुनेछौं। त्यै भएर तिमी मेरो लागि भएपनि...........

(अञ्जलीको मोबाइलमा बारम्बार फोन र मेसेज आईरहेको हुन्छ। उ घरीघरी आफ्नो मोबाइल उठाएर मेसेज पढ्थी भने आको फोन काट् दिन्थी।) मैले अञ्जली लाई मायालु स्वरमा भनेँँ, "अञ्जली तिमलाई केही त्यस्तो अप्ठ्यारो छ भने मलाई असल साथी सम्झेर सबै कुरा भन्दा हुन्छ। म तिम्रो कुरालाई रतिभर नराम्रो लिने छैन। त्यै भएर मलाई सबैकुरा खुलेर भन्दा हुन्छ।  तिमीलाई आफ्नो घरको या बाआमाको सम्झना आईरहेको छ होला। यदि त्यस्तो हो भने मलाई भन किनकि आजदेखि तिमी र म श्रीमान- श्रीमती मात्र न भएर असल साथी पनि हाैं। त्यैै भएर भन अञ्जली!

अञ्जली :-(मेरो आँखामा पहिलो चोटि हेरि र भन्न थाली) मलाई अहिले नै  मेरो घर पुर्याई दिनु। सक्नुहुन्छ ?

म:- ल के भनेको अञ्जली तिमिले।आजदेखि त यो तिम्रो घर हो। हिजो तिमी बस्ने घर-- घर थियो, तर आजदेखी त त्यो माईती घर भयो। यो हो तिम्रो घर।

अञ्जली:-माफ गर्नु होला! यो तपाईंको घर हो। त्यही भएर यो घर मेरो नाममा नामसारी नगर्दिनुहोला। र, एउटा कुरा यो घर तपाईंको हो या मेरो हो, त्यो सब समयले बताउँछ।

म:-आजको दिन पनि तिमी यस्तो कुरा नगर न अञ्जली, बरु एता मेरो नजीक आएर बस, किन उता परपर जान्छौ? तिमीलाई थाहा छैन होला अञ्जली मैैैैले यो रातको लागि धेरै प्रतीक्षा गरेको छु। त्यसमा म तिमी जस्तो श्रीमती पाउँदा म कति खुशी भएको छु तिमी कल्पना समेत गर्न सक्दैनौं। त्यैै भएर तिमी एता मेरो नजिक आएर बस न।

अञ्जली :-(मन्द मुस्कानमा) यति चाडै खुल्ला आकाशमा उडाउन नखोज्नुस। म हजुरले सोचेभन्दा फरक पनि हुन सक्छु।

म:- आजसम्म मेरो छनोटमा फरक परेको छैन अञ्जली।फर एउटा कुरा भगवानले नै हाम्रो जोडी बनाएको हुन सक्छ।

अञ्जली :-भगवान, जोडि विवाह खासमा भन्ने हो भने मलाई यो विवाह शब्द नै मन पर्दैन। विवाह भएको नारीले सिन्दुर, चुरा,पोते त, म कन्या कुमारी हुँदा मात्र मन पर्थ्यो। तर अहिले यो पनि मन पर्न छोडीसक्यो। खासमा त मलाई यो विवाह गर्न मनै थिएन। तर..........

(अञ्जली टेबुलबाट मोबाइल उठाउँछे र अब खाटमा आएर बस्छे। मोबाइलको लक खोल्छे र स्मेस पढ्न थाल्छे। म बिस्तारै उसको नजिक गएर उसको हात समाउन पुग्छु।तर अञ्जलीले मेरो हात रिसाउँदै झटकार्छे।)

अञ्जली:- हजुरलाई मेरो सर्तहरू राम्ररी थाहा होला नि.? मैले घरीघरी हजुरलाई याद दिलाउन नपरोस् (अञ्जली यो सब कुरा आक्रोश हुँदै भन्छे)।

म:- केही भुलेको छैन मैले। अञ्जली तिम्रो बारेमा केही भन मलाई र म मेरो बारेमा तिमीलाई भन्छु। हामी यसरी पनि त यो रातलाई विशेष रात बनाउन सक्छौँ।जसले गर्दा आजको रात सदैव सम्झिने रात होस।(यति भनि रहदा म अञ्जलीको ओँठको छेउमा पुगेको थिए।)

(अञ्जली को मोबाइलमा फेरि फोन आउँछ। तर अञ्जली ले फोन उठाउदिन ।) र म उठेर टेबुलमा राखिएको ग्लासको दूध अञ्जली लाई दिँदैै, "यो दूध खाउ अञ्जली दूध सेलाई सक्यो।")

अञ्जली:- (मोबाइल खेलाउदै) मलाई ल्याङ्गल्याङ्ग गर्ने मान्छे मन पर्दैन।उसै टाउको दुखी रहेको बेला झन टाउको दुखाउने काम नगर्नुस्।

म:- ल तेसो भए यो दूध पिउन त ।आजको दिन दुध पिउनु पर्छ रे ! अझै बेसार  हालेर पिउँदा झन तागत आउँछ रे मैले सुनेको थिएँ।

अञ्जली :-कुरा घुमाउने काम न गर्नुस् ।मलाई कुरा घुमाउने मान्छे पनि मन पर्दैन। रात धेरै भैइ सक्यो अब सुत्नु तपाईं ।

म:-आज किन यस्तो रुखो कुरा गरि रहेकी छौ तिमी .? हिजो अस्ति सम्म त मिठोमिठो कुरा गरिबस्थ्ययौँ । तर आज एक्कासी के भयो तिमीलाई.?

अञ्जली :- मान्छे नै यस्तै छु म ।जे जस्तो भएता पनि स्विकार्छु भनेको होईन.? २-३ घन्टा मै रुखो लाग्न थालेँ म ।

(यति भनिसक्दा एकछिन हामी शान्त हुन्छौं।भ कोठा पनि सान्त हुन्छ।एकछिन पछि म उनको अाैँलाहरू समाउँदै भन्छु। अञ्जली तिमी यस बिवाहा बाट खुशी त छौ नि.? म बिस्तारै उनको अाैँला र मेरो अाैँला लाई अङ्कमाल गरेसरि बाध्छु। अञ्जली यो रात, हाम्रो पहिलो रात खुशीको रात, तिमी मेरो र म तिम्रो हुने रात, एक छुट्टै संसार हामी दुई मिलेर बनाउने रात, एक आर्कोको अङ्गालेमा बााँधिएर हराउने रात, माया प्रितिका कुरा गर्ने रात,,, तर तिमी भने.............

अञ्जली :- (झोँकिदै) कस्तो साईको पाराको मान्छे तपाईं एकपटक भनेपछि बुझनु हुन्नकी के हो.? ल अब म सुतेँ तपाईँको साईको कुरा सुनेर निन्द्रा बिगार्नु छैन मलाई। बत्ति निभाई दिनु। (अञ्जली सिरक ओढेर उता पटि कोल्टे परेर सुत्छे।अञ्जली निदाउन खोज्छे  तर अञ्जली लाई निन्द्रा लाग्दैन।)

म:- म बत्ति निभाउन लाई खाटबाट उठछु र बत्ती निभाउँछु। टेबुलबाट म आफ्नो मोबाइल लिन खोज्दा दुधको ग्लास तल भुईमा झर्छ र दूध  पोखिन्छ। र त्यति कै मा म बत्ती बाल्छु। Sorry अञ्जली तिमीलाई मैले Disturb गरेँ। हेर न टेबुलमा राखिएको दुधको ग्लास नै पोखियो।

अञ्जली :-( भुत्भुताउँदै) याँ मान्छेको जीवनमा केके पोखी सक्यो जाबो एक ग्लास दुधमै अड्कि रहेको छ। (यति भनी रहँदा अञ्जली एक्ककासि उठछे र भन्छे) कमल सुन्नुन मलाई हजुरसँग एउटा प्रस्ताव राख्न मन छ। के तपाईं मेरो प्रस्ताव स्विकार्न सक्नु सुन्छ.?

म:-(खुशी हुँदै) भन न अञ्जली म तिम्रो हरेक प्रस्ताव, शर्त स्विकार्न तयार छु।

अञ्जली:-पछि हट्नु भो भने तपाई? खैर तपाईं मेरो कुरा सुनेर के निर्णय लिनु हुन्छ । मलाई त्यो कुरा सँग सरोकार छैन । म जे कुराको निर्णय लिन्छु त्यो कुरा गरेरै छाड्छु।

म:- तिमी भनी हेर न र अञ्जली के कुरा हो। छिटो भन न अञ्जली ।( म उसको कुरा सुन्न हतार गरिरहेको हुन्छु केही राम्रो कुरा आउँछ कि भनेर।)

अञ्जली :- कमल तपाईं म सँग कहिले खुशीले बस्न सक्नु हुन्न। र म पनि हजुरसँग कहिले खुशीले बस्न सक्दिनँ। खासमा मैले घर, परिवार, आफन्त, र समाजको लागि यो विवाह गर्देको मात्र हुँ। यी सामाजिक मोह मायाबाट म धेरै टाढा हुन चाहन्छु । हजुरलाई मेरो कुरा सुनिरहदा अचम्म लाग्दै होला। तर  यथार्थ नै यै हो कमल! त्यै भएर अझ के पनि बिग्रेको छैन। हजुरले आफूले रोजेको खोजेको केटिसँग बिहे गर्नु र मलाई यो सम्बन्धबाट मुक्ति दिनु। कमल मैले बच्चैमा एक सन्यासी जीवन बिताउने निर्णय लिसकेकी थिएँँ ।त्यै भएर कमल.....................

(त्यसपछि म बत्ती निभाएर खाटमा पल्टिन्छु।अबको अन्धकारसँग मलाई डर लाग्न थाल्छ। त्यस्तो डर जुन डरमा म बाचिरहेको छु।)

Comments

  1. बधाई छ प्यारे बाकी कमेन्ट पढे पछि

    ReplyDelete

Post a Comment

Thank you. I am pleased to hear from you. Please keep motivating me.