भो जातको कुरा नगरौँ?
फेसबुक कमेन्ट;- https://www.facebook.com/groups/1437785649809266/permalink/2885326181721865/?app=fbl
नेचुरल्लीदीपक
"भो जातको कुरा नगरौँ"
जातको कुरा आउने बित्तिकै यो उद्गार आजकाल खुब आउने गरेको छ । खासमा जातको कुरै नगर्नु पर्ने हो कि वा जातिय विभेद गर्न नहुने हो कि अथवा जात लुकाउनु पर्ने हो?
अवश्य नै जातिय विभेदको खाल्डो शक्ति र राज्यको हर्ताकर्ताहरुले नै खनेको हो । आफूलाई ठूलो (तथाकथित) जातको हुँ भनेर जसले भन्यो उसैले नै अरूलाई सानो बन्न र हुन साम, दाम, दण्ड र भेद प्रयोग गरेर बाध्य तुलायो । नत्र भने कसैले पनि "म सानो जातको हुँ, आउ ममाथि शासन र अन्याय गर" त अवश्य नै भनेन । जसरी कुकुरले पनि ""मलाई डोरीमा बाँधेर राख्" भनेको पक्कै हैन । पशुले पनि नमान्ने यस्तो कुरा मान्छेले खुसी पूर्वक मान्ला र?
जातिय व्यावश्थाको थालनिलाई कामको आधार छुट्याइएको भनेता पनि यो सबै लागू गर्ने राजा-महाराजा नै त हुन् । नेपालको हकमा कुरा गर्दा १९१० को मुलिकी ऐनले त यसलाई झन् शक्तिशालि र कानुनी रुप नै दियो । त्योभन्दा अगाडि नेपालको पश्चिमतिर शाह राजाहरुले [राम शाह- सन् १६०५ - १६३६ (४ जात ३६ वर्ण)] व्यावस्थित (जबरजस्ति) गरे अनि काठमाण्डौ उपत्यकामा मल्ल राजाले [(जयस्थिति मल्लले- सन् १३६०-१३९५) ४ जात ६४ वर्णमा] विभाजन गरे अझ अगाडी जाँदा लिच्छवि कालमै (लिच्छविकाल- सन् २०० - ८७९) पनि ४ जात १८ वर्णमा समाज विभक्त देखिन्छ । जातिय विभेदलाई मूर्त रुप दिन लेखिएको मनुस्मृतिको सर्जक पनि अछूत त पक्कै हैन होलान्???
अब धेरैको तर्क छ वर्ण विभाजन नभै समाज चलायमान हुन्न भन्ने । यो तर्क अलि मिलेन कि । पहिलो, वर्ण व्यवस्था नभएको दुनियाँ भरको समाज चैँ ढुङ्गाजस्तै अचल भाको छ र? दोस्रो;- वर्ण विभाजन जातिय व्यावस्था वास्तवमा हैन की? यी दई लेख पनि पढौँ;-
(१. वास्तविक शुद्रता-
https://naturallydeepak.blogspot.com/2020/07/blog-post_39.html
२. जनाई वर्ण-
https://naturallydeepak.blogspot.com/2020/08/blog-post.html
भ्रम;
सानोबाटै खुबै सुन्थेँ बाहुन-क्षेत्रिको दिमाग तेज हुन्छ । म राईको छोराले सुरुमा त होला नै भनठानेँ । तर बिस्तारै यथार्थता त फरक पो अनुभव गरेँ । पढाईमै पनि मैले सदा अब्बल भएर चलिआएको माथिको सोचलाई ध्वस्त पारिदिएँ । तथापि अझै पनि माथिको सोच टसकोमस भएर जीवितै छ ।
आफ्नो जातमा गर्व;
मलाई आफू राई भएकोमा, अनि मेरो भाषा, धर्म लिपि र सँस्कार मात्र हैन जात भन्न र देखाउन गर्व लाग्छ र कुनै पनि अर्थमा हीन भावना आउँदै आउँदैन । तथापि दलितहरुमा (यहाँ यही शब्द प्रयोग गरेँ, यस शब्दमा वाद र प्रतिवाद सुनिन्छ कुनैकुनै समयमा) आज पनि गर्वसँग "म फलानो जातको हुँ" भन्न सक्ने अवश्था भएको छैन । अझै पनि किन यो हीनताबोध हट्न सकेको छैन? यस पछाडीको केही कारणबारेमा थोरै चर्चा गरौँ;-
पहिलो; मनुस्मृतिले ठोस रुपमा संस्थागत गरि निकै लामो समयबाट जब सामाजिक र साँस्कृतिक साथसाथै धार्मिक टेवा दिएर यसलाई अनेक दण्ड, शोषण र डर देखाएर निरन्तरता दिइयो यसले शैक्षिक र आर्थिक रुपमा पनि अति नै पछाडी पारीदियो । अतः गौरव गर्नको साटो यो समुदायमा हीनताबोध हुनगयो होला । यो अवधि एउटा हजार वर्षभन्दा बढि समयको हो । जबकी हामी एक दशकमा नै कैेयन् कुराहरु बिर्सन्छौँ वा बानिमा पर्छौँ भने हजार वर्षभन्दा बढिको कालक्रममा त कैयन् पुस्ताहरु बितेरै गए ।
दोस्रो; जमिन, नगद मात्र हैन जीवनसाथी पनि निजि राख्न नदिने सामाजिक र कानुनि नियमै भएपछि रोग, शोक र भोकले ग्रस्त हुने नै भयो यो समुदाय । अब सोचौँ त भोक र रोगले गलेको मान्छेमा आफ्नो जातिमाथी गर्व गर्ने सोच आउला त? बरु उनीहरुलाई दमन गरेर धार्मिक रुपमा भरिदिइएको सोचले (कथा, पुराण आदिबाट) आफ्नो जाति, कला र ईतिहासप्रति नै वितृष्णा पो जगाउन मद्दत गर्यो । कैयन् स्थानमा त दलित महिलाले आफ्नो बक्ष पनि छोप्न पाउँदैन थे । द. भारतकी नङ्गेलिको विद्रोह नै काफि छ । उनले बक्ष करको रुपमा आफ्नै स्तन काटेर दिएकी थिइन् । नेपालमा पनि धार्मिक आधारमै कानून बनाएर १९१० मा जङ्ग बहादुरले मुलुकी ऐन नै जारी गरिदियो ।
तेस्रो; नेपालकै विषयमा हेर्दा पनि यो समूदाय नेपालभरि नै फैलन त फैलिएको छ तर उनीहरुसँग ठालू जातहरुसँग भएजस्तो न त बकस, बिर्ता र जागिरमा पाएको निजि सम्पत्ति छ न त राई/लिम्बू लगायत जातिहरूसँग भएजस्तो गौरव गर्न मिल्ने किपट नै । ओँत लाग्न घर बनाउने जमिन पनि कुना-काप्चामा मात्र दिइयो । जात जन्मले निर्धारण गर्ने हाम्रो समाजमा जब जातकै आधार भूमिहीन र गैरनागरिकको अवस्था भयो तब यो समूदायमा आफ्नो जात र कला अनि ईतिहास र जन्ममा गर्व गर्ने सानो आधार पनि रहेन । अकल्पनिय भैगयो ।
कोटाको विषय;
यसो सोच्दा जातको आधारमा कोटा दिनु अन्य समूदायलाई अन्याय हो कि जस्तो लाग्छ । तर ठालू भनिएको समूदायले विगत ५,००० वर्षबाट पढ्न पायो (महिला बाहेकले) अनि हिजो र आज पनि कैयन् गुरुकुलहरूमा जातकै आधारमा पढ्ने अनुमति र अवसर दिईयो र दिईन्छ भने यो कोटा प्रणालि गलत वा अन्याय नै हो भन्नू उति जायज हैन ।
केही समय यसलाई निरन्तरता दिनु त पर्छ तर सदा यसैमा अनन्तकालसम्म पनि यो समूदाय अल्झिनु चै आफैलाई घातक हुन सक्छ । ५,००० वर्षबाट शिक्षि समुदायले (केही बाहेक) आज जसरी ठालुगिरीको साथ देशको सत्यनाश गरे यसमा उनीहरुले आत्मालोचना पनि गर्नुपर्छ कि???
बिसौनि;
भो जातको कुरा नगरौँ भन्नू क्रान्तिकारी विचार हैन बरु हिजो भएको पिडादायि जातिय विभेद र शोषण विरुद्ध आँखा चिम्लिनु हो । आज गैर दलित समूदायले आत्मालोचना गरेर यस्तो विभेदको वास्तविक समाधान गर्ने ठोस काम चैँ गर्न जरुरी छ र सम्पूर्ण विभेदविरुद्ध क्षमता अनुसार आवाज उठाउनुको साथै कानुनि, सामाजिक र साँस्कृतिक परिवर्तन गर्न पो जरुरि छ त ।
१) The Shudra;-
https://www.facebook.com/TheShudra/videos/1870958133068689/?flite=xmo
२) Aahuti;-
https://www.facebook.com/dalityuvajagaran/videos/390126558823650/?flite=xmo
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.