वास्तविक शुद्रता के हाे?

                  वास्तविक शुद्रता के हाे?


click this link- EASY KHABAR


नेचुरल्लीदीपक








पानी नचल्ले, अछुत, नीच वा शुद्र कुनै एक वा सबै अथवा अझ थप उपमा दिए पनि वा नदिए पनि साथमा शिक्षा र कानूनमा जति नै विकास गरिएता पनि एउटा ठूलाे समूदायलाई सदा अन्याय र अत्यचार युगाैँदेखि गरिँदै अाइएकाे छ। यसैकाे अाधारमा जङ्ग बहादुरले वि. सं १९५४ मा 'मुलुकी ऐन' बनाएर शाेषण गर्न उकास्छ अनि हामी मन्दिरभित्र प्रवेश निषेध गरेर उनीहरुकाे श्रममा माेज गर्छाैँ लाजै नमानि। अाज जसरी हाम्राे भित्रि-चेतनामा सँस्कार बनेर याे शब्दले हामीमध्ये कत्तिलाई अपराध गर्न उक्साइरहेकाे छ नि, हाे यसकाे पछाडि रहेकाे केही कारणहरुकाे विवेचना गराैँ न त।


१) जन्मकाे अाधार

ब्रह्मजिले निर्माण गरिएका हामी मनुख्खेहरुमा जन्मस्थान अनुरुप पद वा सम्मान मिलेछ। मुखबाट उत्पत्ति भएकाे ब्राह्मण भए रे, काँधबाट उत्पत्ति भएकाे चैँ क्षेत्रीय, अनि तिघ्राबाट र पैतालाबाट सिर्जना गरिएकाे भएछन् वैश्य र शुद्र। हैन यस्ताे कसाेरी भाे हाै? त्रिदेवमध्ये महान ब्रह्मजि यति अन्यायि त पक्कै थिएनन नै हाेला। अनि साेचाैँ त, कहाँ सम्भव हाेला यस्ताे? तिलस्मि कहानि मात्र लाग्ने कुराकाे सायद प्रतीकात्मक अर्थ पाे छ कि? मुखले मात्र बकबक गरेर जीवन यापन गर्न सक्षम केही याेग्यहरु ब्राह्मण भए कि, युद्ध लड्न हातकाे काम बढि हुने अनि काँधमा जाेडिएकाे हुन्छ हात यसैले उनीहरु क्षेत्रिय भनिए हाेला, उता कृषि, व्यापार-व्यावसाय गर्न दह्राे खुट्टा चाहिनेहरुलाई वैश्य भनेछन् क्यारे अन्तमा सेवा-कर्ममा लागेकाेहरु झन् यता र उता दाैडधुप गर्न पैताला बढि प्रयाेग गरिएकाेले शुद्र भनिइएछ कि?


२) कर्मकाे अाधारमा

माथि नै कर्मकाे कुरा नि गरिसकियाे। उसाे हाे भने त अाज निजामतिमा भएकाे सारा ब्राह्मणहरु शुद्र, व्यापारी ब्राह्मणहरु वैश्य, सैनिक सेवाकाेहरु क्षेत्रिय हुनुपर्ने तर टस न मस गरेर जन्मेकै अाधारमा ब्राह्मण नै भएर याे २१ अाैँ शताब्दिमा पनि अाफूलाई सर्वश्रेष्ठताकाे ताज सजाएर हामी दमन, अपहेलना र सतावट निर्लज्ज गरिरहेछाैँ। हैन र?


३) अन्य अाधार (याेगिग)

याेगिग अाधारमा  मनुख्खेकाे जन्मबाटै पाउने क्षमताकाे अाधार ब्राह्मण, क्षेत्रिय, वैश्य र शुद्र निर्धारण हुन्छ। तसर्थ उसकाे भित्रि गुण निरधारण गरि हरेक साधकहरुले प्राचीन कालमा यी चारमध्ये एक कामकाे लागि गुरुकुलमा शिक्षा दिइन्थ्याे नकि जन्मकाे अाधारमा हक पूर्वक पाइन्थ्याे। यसर्थ हामीमा जन्म सिद्धरुपमै मूलाधार चक्र (निद्रा, भाेजन लगायत जीवनका अत्यावश्यक कुराहरुसँग  प्राय: जाेडिन्छ) जागृत हुन्छ। जसबाट बिस्तारै अरु चक्रलाई विकास गराउँदै माथि सहस्रार चक्रसम्म लैजान सकिन्छ। मूलाधार (मूल+अाधार) चक्र हामीमा हुने माैलिक क्षमता हाे जुन पशुमा पनि हुन्छ । अर्थात् शारीरिक माेजमज्जामा मात्र रमाउने मनुख्खे पशु सरह शुद्र भयाे। यसबाट माथि स्वाधिस्ठान चक्रदेखि मणिपुर चक्रसम्म जसले शक्ति सञ्चालन गर्छ ऊ वैश्य भयाे । यसरी नै अनाहत चक्रदेखि विशुद्धि चक्र सक्रिय गर्न सक्ने  क्षेत्रिय र अन्त्यमा अाज्ञा चक्र जागृत गर्ने मनुख्खे ब्राह्मण हुन्छ।




मूलाधार चक्रबाट माथि स्वाधिस्ठान चक्र विकास गर्ने क्रममा यी दुईबिच 'ब्रह्म ग्रन्थि' रहन्छ। यसलाई ताेडेर स्वधिस्ठान चक्र अर्थात स्व+अधिस(स्वयमकाे मालिक) बन्न पुगेपछि अझ माथि शक्ति सञ्चार गर्न सकिने हुनजान्छ। ब्रह्म-ग्रन्थिलाई इडा, पिङ्गला र सुशुम्णा नाडिकाे संगम मानिन्छ। यस्तै मणिपुर चक्रमा 'विष्णु ग्रन्थि' र अाज्ञा चक्रमा 'रुद्र ग्रन्थि' रहन्छ। यी सबलाई निस्तेज गरेर जब काेही चेतनाकाे माथिल्लाे अवस्थामा पुग्छ ऊ नै ब्राह्मण हाे।


हामीभित्रका मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध, अाज्ञा र सहस्रार लगायत सात चक्रहरुलाई हामी स्वयमले गरिने विकासका अाधारमा यी चार पद निर्धारण गरिने यथार्थतालाई जन्मकाे अाधारमा तय गरेर अाज धेरै अगाडिदेखि अनेक बितण्डा मच्चाइयाे र मच्चाइँदै छ। अाज न त हामीभित्रकाे यी गुण पहिचान गरिन्छ न त यी क्षमतामा विकास गर्न सिकाइन्छ। तसर्थ शुद्र गुण भएकाे मनुवा ब्राह्मण भएका छन्। अनि अनेक अत्यचार गरिरहेछन्।


अन्तमा चेतना मापनकाे अाधारमा पाइने यस्ता पद वा अाेहाेदाले पछि गएर जातिय रुप लिएर अनेक पीडा र कष्ट दियाे र दिइरहेछ । त्यसैले वास्तविक शुद्रता के हाे त? उत्तर सहज छ शारीरिक सुखमा मात्र लिप्त मनुख्खे नै शुद्र हाे।




स्राेत- https://www.quora.com/Why-do-Brahmins-wear-a-white-thread-Janaeu-around-their-body-What-is-its-significance



०३. श्रावण. २०७७/ १८. जुलाई. २०२०/ शनिबार


Comments