 |
naturallydeepak
|
स्कूलका ठूलाठूला पम्ल्पेट र हाेर्डिङ्-बाेर्डहरुमा सबैजनालाई भविष्यमा डक्टर, ईन्जिनियर अनि पाईलट बन्न सकिने अाशा देखाइएकाे हुन्छ ।तर किन त्यहाँ कृषिलगायत अन्य विषय पनि हुन्छन् र ती विषयहरुकाे पनि अध्ययन गर्न सकिन्छ भन्ने सन्देश बालबालिकाहरुलाई दिइन्न ? पाककला, सिलाईबुनाई, साहित्य र अन्य अनेकाैँ कला र सीपका माध्यमद्वारा पनि धन र प्रतिष्ठा प्राप्त गर्न सकिन्छ भन्ने साेच कहिले सुरु हाेला ? के राष्ट्रलाई केवल पाईलट, ईन्जिनियर र डक्टरकाे मात्र खाँचाे पर्ने हाे त ?
बाल्यकालमा स्कूले जीवनमा काेर्शका बाहेक अन्य पुस्तक पढ्न खुब मन पर्ने तर हाेमवर्क र अरु स्कूलकै पढेर फुर्सद नहुने अनि छुट्टिकाे समय र स्कुल जाँदा-आउँदा बसमा पढ्थेँ । जसरी हाेस् धेरै अङ्क ल्याए स्कुल र अभिभावक खुस अनि जाेतियाे पुस्तककाे चार घेरामा ।
घरमा सन्तानले बरु आफूलाई अपमान गरून् तर परिक्षामा धेरै अङ्क ल्याए मख्ख पर्ने अभिभावक धेरै छन् । आफ्नाे सानाेभन्दा सानाे काम गर्न नसिकाउने शिक्षाकाे के अर्थ ? हाम्राे गुणस्तर मापनकाे आधार ३ घण्टा लेखेकाे कापिले निर्धारण गरिन्छ । कण्ठस्त उत्तर कापिमा अक्षरिकरण गर्ने कला नै शिक्षाकाे मूल उद्देश्य र सार हैन ।
हामी शिक्षकहरु पनि जङ्गि शैलिमा आफ्ना विद्यार्थीहरुलाई पुरेत्याँई प्रवचन गराउन मात्र माहिर छाैँ । न दा्हाेराे सम्वाद गरिन्छ न त प्रश्नाेत्तर नै । हामी उनीहरुकाे वास्तविक क्षमता उद्गार गर्न चुकेका छाैँ । समाज, प्रणाली र अन्य कारण सहित हामी सबै यसकाे कारण हाैँ । अनि न त कुनै शिक्षार्थीहरु नै स्वयम् खाेज र अध्ययन गर्न मन पराउँछन् । हामी नै यसरी पढ्न प्रेरित गर्दैनाैँ । हामी रटाउन मात्र चाहन्छाैँ आजकाे याे २१ अाैँ शदिमा पनि । हामी केवल याे नगर त्याे नगर केवल रटान गरिरहू भनिरहन्छाैँ ।
हाे यही कारण, पुस्तकमा गाता लगाऊ च्यतिन्छ भन्दा पनि गाता नलगाए पिट्छु भनेर दिइएकाे उर्दि धेरै असरदार हुन्छ विद्यर्थीहरुमा । एक पटक म १ कक्षामा पढ्दा मेराे साथी श्रेयालाई पढेर नआएकाे सजाय स्वरुप हाम्रा शिक्षिकाले २८ जना काे अगाडि कक्षामा पूरै नाङ्गाे पारिदिइन् । खुट्टाकाे माेजा मात्र छाेडियाे शरिरमा । यस्तै कक्षा ४ मा एक साथीले सरलाई काट्न ब्यागमा खुकुरी लिएर आएकाे म कहिल्यै बिर्सन्न। धेरै शिक्षकहरु अाफू कडा र सजाय दिन माहिर भएकाेमा गर्व गर्छन् । प्रायः स्कूलकाे वातावरणलाई दाेष दिइन्छ, अब बनाउने कसले कसले हाे ? केवल घाेक्नु र लेख्नु मात्र पढ्नु हैन ? अनि अाफूभित्रकाे गुण बुझ्न नसिकाउने शक्षाकाे केही काम छैन ।
कक्षामा बच्चाहरुले पानी खान साेधेर हैरान पार्ने । केही बाेलिरहदा पनि बाधा पुर्याउने । मैले त्यसैले भन्थेँ, "खाऊ न के साेधकाे । तिमीहरु जाँचमा चिट चाेर्न साेध्छाै ?" सब हाँस्थे तर याे निकै महत्वपूर्ण विषय हाे । हाम्रा विद्यार्थीहरुमा यस्ताे मानसिकताकाे कसरीकाे विकास भयाे ? के हाम्राे आजकाे आधुनिक शिक्षाकाे उपलब्धि यही हाे । यसमा हामीसबकाे कमजाेरि छ ।
मलाई मेरै विद्यार्थीहरुले हल्ला गर्नेहरुलाई पिटेर अनुशासित पार्न सुझाव दिन्थे । कति बिडम्बना । म बुझाउन असमर्थ प्रायः हुन्थेँ । मैले पिटेर मात्र सबै राम्राे हुन्न भन्दा मलाई सबले साेझाे सर भन्थे । अलि ठूलाे स्वर र सजाय बेगर शिक्षा दिन सकिन्न भन्ने हरिप साेच अझै छ । अनि घाेक्नु नै पढ्नु हाे भन्ने मानसिकताले धेरै मै हूँ भन्ने वर्गलाई पनि गाँजेकाे छ । अनि यति र उति मार्क्स लेऊ भनेर मानसिक यातना दिइन्छ ।
शिक्षालय भनेकाे मान्ने मानव समुदाय उत्पादन गर्ने कम्पनि त हैन नि । अनि विद्यार्थी पनि भनेकाे हरेक कुरा मान्ने कम्प्युटराईज वस्तु त हैन । याे अद्भूत द्वन्द्वकाे समाधान नगरी सही शिक्षा कसैले प्राप्त गर्न सक्दैन । सबैभन्दा ठूलाे कुरा शिक्षक देख्दा विद्यार्थी डराउनु पर्छ भन्ने साेच नबदलि भएकाे छैन । डरले काेही पनि ज्ञानी बन्दैन । प्रेमले जति सिकाउछ डरले त्यति सिकाउँदै ।
सबैभन्दा ठूलाे त शिक्षक र शिक्षार्थीबिचकाे सहभावात्मक सम्बन्धै छैन । कक्षामा दुरवचन नगरि उनीहरु शान्त रहदैनन्, अर्थात् हामीले उनीहरुकाे मनमा डर पैदा गर्न मात्र रुचाउँछाैँ । खुलेर रमाउदै र हाँस्दै पढ्ने-पढाउने दिन कहउले अाउला ? याे देशमा केही छैन भनेर विदेश गएर सानाेभन्दा सानाे काम गर्न नलजाउनेहरु याे देशमा केही गर्न पनि तत्पर हुन्नाैँ । यही हाे हाम्राे शिक्षाकाे कमाल । यसमा राजनितिकाे मात्र केही दाेष छैन ।
३०. भाद्र. २०७४/ १५. सेप्टेम्बर. २०१७/ शुक्रबारफ
Walsanu Sth
डियर,,नुक्सु,,,,एउटा असल बिधार्थी त्यो हो जस्ले इन्जिनियर बनेको पक्का भएसी आफ्नो घर चुहिन लागेको छानो छायेको होस,,,पाइलोट भएको पक्का भएसी आफ्नो आमा बाबुलाइ घरको पुरानो साइकलमा राखेर डुलाएको होस,,,डाक्टर बनेको पक्का भएसी आफ्नो लागि खुसी किन्दा किन्दा आफै फाटेको झुल बनेका बाबू आमाको मन टालेको होस,,,हुदा सबै राम्रो होस,,,येस्तो ज्ञान होस जस्लाइ साहित्य बुज्न गाह्रो नहोस,,,कला बेच्ने बनोस ,,बस गुरु तपाईंको हात मै छ भबिस्य (तिमिलाइ सलाम)
यो लेखले नि धेरै कुराको याद गरायो। तैले जस्तै समस्याहरु मैले नि झेल्नुपरेको छ धेरै ठाउँमा ।अनि तेरो जस्तो treat गर्थे students लाई र कति ठाउँमा म सोझो teacher त कतिपयले मलाई weak पनि भनेको पाउथे। त्यतिबेला केही हदसम्म बिचलित भए होला तर ऐले students बाट पाएको मायाले गर्ब महशुस हुन्छ। हुन न यस्तो misconception छ कि पिट्ने र ठुलो ठुलो चर्को स्वरले बोल्ने teacher खत्रा हो।अनि कतिपय students लाई नि यस्तो गलत अबधारणा छ कि गाली गरे पछी मात्र teacher को कुरा सुन्नु पर्छ। प्रेममय वातावरणमा सिक्न खोज्दैनन।यो सब उनीहरुको हुर्काइ र हाम्रो शिक्षण परिपाटीको कारणले गर्दा हो। धेरै खुशी लागिरहेछ कि तैले धेरै राम्रोसँग teaching गरेछ्स। तेरो विचारमा मेरो 100% सहमति छ किनकि मेरो नि same थियोे र छ सबै कुरा।हैट! धेरै भएछ मेरो पो लेख बन्ला जस्तो भो यहाँ।अब हेर केटा तेरो सबै कुरा , बिचार धेरै उच्च छ। प्रयास नछोड ।निरन्तर लागिराख। अनि २/४ वटा पुस्तक लेख यो संसारको लागि। I'm sure that, the entire world would be after you❤❤
ReplyDeleteलव यु।
ReplyDelete