खुवालुङ, खोकना र ८२% हिन्दू
नेचुरल्लीदीपक
साँस्कृतिक सम्पदा माथि पछिल्लो आक्रामक अतिक्रमण खोकनाबाट सुरु भएजस्तो लाग्छ तथापि यो त राज्यको शोषणको नवीन स्वरुप मात्र हो । अझ अगाडि बढेर देशकै प्रधानमन्त्रि खुवालुङ तोड्ने उद्गार गर्छन् । यहाँ चर्चा गर्न खोजिएको यही दुई विषयको आधारमा नेपालमा भैरहेको साँस्कृतिक विभेदको विषय नै हो। सुरुमा यी दुई विषयको चर्चा गरौँ ।
खुवालुङबारेको मिथक– किरातीहरूका पुर्खा मुकुबुङ (भोटे), हर्कबुङ (किरात) र रिब्लुङ (थारू) तीनजना दाजुभाइ थिए । उनीहरू खुवालुङ आइपुग्दा त्यहाँको ढोका बन्द थियो । तर, जेठो मुकुबुङले जुरेली चराको भोग दिएपछि ढोका खुल्यो र नदी तरे । माइलो हर्कबुङले पार गर्न सकेन, पारि पुगेका दाइलाई सोध्दा ‘चेलीको रगत पार्नू’ भने । अनि चेलीको खुट्टाको कान्छी औँला काटेर रगत दिएपछि ढोका खुल्यो र तरे । तर, चेलीको खुट्टामा रगत रोकिएन । यसपछि चेलीको रगत केराको पातमा खस्यो र बाख्राले खायो । तुरुन्तै चेलीको मृत्यु भयो । त्यसैले राईहरूले बाख्रा कुलपितृमा चलाउँदैनन् र मासु पनि खान नहुने जनविश्वास छ । उक्त संगमस्थलबाट फैलिएका किराती पुर्खाहरू तमोर पछ्याउनेहरू लिम्बू भए, अरुण पछ्याउनेहरू मेवाहाङ, याम्फु, लोहोरुङ भए, दूधकोसी पछ्याउनेहरू राईहरू भए, सुनकोसी पछ्याउनेहरू सुनुवार, जिरेल, सुरेल भए भन्ने जनविश्वास रहेको अध्येता भोगिराज बताउँछन् । (नयाँपत्रिका)
खोकना (खोनाः) सिकाली जात्राको लागि प्रसिद्ध छ। करिब १ हजार ३ सय ३८ वर्ष अगाडिको कोःदेशको सभ्यता बोकेको खोकना नेपालको जीवन्त इतिहास हो। तेलग्रामको रुपमा परिचित यो बस्ती प्राचीन सांस्कृतिक, वेशभूषा र परम्परामा निकै धनी छ। उपत्यकामा प्रारम्भिक मानव बस्ती यहींबाट सुरु भएको हो। सम्पदा बस्ती बुङमती (बुङः) को पनि आफ्नै मौलिक पहिचान छ। रातो मछिन्द्रनाथ (बुंगद्यः) जात्रा हुने यो स्थान राजा अंशुवर्माले विकसित गरेका थिए। खोकना र बुङमती तान्त्रिक विधिअनुसार स्वस्तिक आकारमा बनेका छन्। (अन्नपूर्णपोस्ट)
खोकना र बुङमतिलाई साँस्कृतिक हानि गरेर फास्ट ट्र्याकको निर्माण गर्नु कतिको जायज हो ? के यी दुई सम्पदा (खुवालुङ र खोकना) नेवार र किरातको मात्र हुन्? कि नेपालीको पनि हो?? कि नेवार र किरात नेपाली नै हैनन्???
प्रश्न;-
विकास गर्नै हुन्न भन्नू मूखर्ता हो तर यसरी विकास गर्नु भनेको त बाघलाई जबरजस्ति शाकाहारी बनाउँछु भनेजस्तो भएन र? बाघ शाकाहारी बन्दैमा हात्ती जत्रो होला त? खुवालुङ र खोकना दुबैप्रति भएको मौलिक आस्थाहरूलाई त जोगाएर अझ सम्बृद्ध बनाउनु पर्ने हैन? चाहे माटोको डल्ला किन नहोस् वा ढुङ्गाको टुक्रा, यी कुनै वस्तुमाथि यदि साँस्कृतिक सम्बन्ध रहेको छ भने यसरी अतिक्रमण गर्नु भनेको "जङ्गलि राजको" सुरुवात हो ।
८२ प्रतिशत (८१.३४%) हिन्दुको बारे;
यो आँकडाको विषयमा स्वतन्त्र बहस गर्न जरुरि छ । यसकोलागि तलको डाटा हेर्नु पर्ने देखिन्छ । (२०५८ सालको जनगणना अनुसार) ।
Magar (7.1% ; 1,887,733),
Tharu (6.6% ; 1,737,470),
Tamang (5.8% ;1,539,830)
Rai (2.79% ; 620,004).
Gurung (2.0%; 522,641
Sherpa (1.8%)
Limbu- 1.58%
(Musalman (4.4% ; 1,164,255))
TOTAL= 28.6%
+ Muslim= 4.4%
Grand total = 32.46%
option, Newar= 5.9% (mixed hindu, Buddhist and ancestral)
left small group= Dhimal , Rajbansi, Hayu, Jirel, Thami, Surel, Thakali etc.
यसरी माथिको आँकडाको आधारमा केही थप बहस पनि गर्न जरुरी छ-
पहिलो; नेपालको बाहुन र क्षेत्रिहरु प्राचीनकालदेखि नै मुस्लिम वा क्रिश्चियन हुन् भन्न मिल्ला? यदि मिल्दैन भने माथि उल्लेखित समूदायहरू कसरी हिन्दू बनाइए वा भए? (धर्म परिवर्तनको बहस फरक हो) ।
दोस्रो; आज स्वतन्त्र रुपमा वा प्रलोभनमा परेर जसरी धार्मिक परिवर्तन हुँदैछ यसले गर्दा हिन्दू जनसङ्ख्यामा पनि अवश्य नै गिरावट आएको नै हुनुपर्छ जसरी अरू धार्मिक समूदायको सङ्ख्यामा पनि गिरावट आएको छ । र, धर्म परिवर्तन भैरहने कृया हो । हिजो जो वैदिक भए उनिहरु अवैदिक थिए वा जो बौद्ध भए पैले अरु केही थिए ।***
तेस्रो; गैरहिन्दू समूदायलाई आफू प्रकृति वा मस्टो पूजक वा बौद्ध धर्म मान्ने के हुँ भन्ने थाहै छैन । यसको कारणहरु अनेक छन् त्यसमध्ये पनि एकल धार्मिक तथा साँस्कृतिक माहौल सिर्जना गरिनु नै हो, चाहे कथा बनाएर होस्, पुराण लगाएर होस् वा बुद्धलाई विष्णुको अवतार हो भनेर होस। साथै नेपालमा धार्मिक सहिष्णुता छ भन्नू धार्मिक तथा साँस्कृतिक अहंकार ओकल्ने हावा गफ मात्र हो । धार्मिक सहिष्णुता यही हो भने ३५ प्रतिशतभन्दा बढि गैरहिन्दू जनसङ्ख्या हुँदाहुँदै पनि ८१% भन्दा धेरै जनसङ्ख्या हिन्दूको छ भन्नू के हो ?
अन्तमा;
१) धर्म परिवर्तन गर्नु प्रलोभन मात्र कारक नभै देशमा रहिआएको धार्मिक अत्यचार पनि हो । जस्तो कि दलित वा गैरहिन्दूहरुलाई वेद पढ्न बन्देज गरियो हजारौँ वर्षसम्म । यसैले आज धर्म परिवर्तन भयो भनेर मन दुःखाउनु गोही-अश्रु मात्र हो । तथापि लोभ वा लालच देखाएर धर्म परिवर्तन गराउन (कुनै पनि धर्म) दिनु हुन्न, साथै परिवर्तन गराउने कारकहरुको उपचार गरिनुपर्छ ।
२) जन्मले ब्राह्मण वा क्षत्रिय नभै कर्मले हुने हुँदा, जन्मको आधारमा विभेद गर्ने साँस्कृतिक दम्भग्रस्त दिमागको उपचार गरिनुपर्छ । यो विभेदले ठूलो भनिएका जातहरुलाई पनि खासै फाइदा गरेको छैन । यसैको परिणाम स्वरुप आज नेपालमा धार्मिक असमझदारी बढिरहेको छ । लडाइ, झगडा वा मारामारी नहुनु मात्र धार्मिक सहिष्णुताको पर्याय हैन भनेर बुझ्नु पर्छ ।
३) यी कुराहरू उठाउँदैमा विदेशी डलर खाएर बोलेको भन्ने सोच राख्न त्याग्नुपर्छ । यही नीच सोचको कारणले नै आजसम्म हामीबीच साँस्कृतिक र जातिय असम्झदारीको भयानक खाडल बन्ने वातावरण सीर्जना हुँदै गएको छ ।
द्रस्तव्य;
१) बाहुन वा क्षेत्रि भएर जन्मदैमा वा शारिरीक बनावटकै आधारमा कोही आर्य हुने हैन । वा आर्य भनेको सुसँस्कृत र सभ्य जाति हो भनी अर्थ्याउन छोडेर अब सभ्य र सुसँस्कृत जाति नै आर्य हो भन्ने यथार्थतालाई प्रयोगमा ल्याउनु पर्छ ।
२) २०७३ सालसम्म पढाइ हुने कक्षा १० को अङ्ग्रेजी पुस्तकमा साकेलालाई (फरक-फरक राई भाषा अनुसार फरक शब्दहरु पनि छन्) “चण्डि-पूर्णिमा र वर्षको एक पटक” मात्र मनाइन्छ भनेर मात्र लेखिएको थियो । जबकी यो चाँड मङ्सिर पूर्णिमा (उधौली) र बैशाख पूर्णिमा (उभौली) गरि दुई पटक मनाइन्छ । यसरी सरकारी पुस्तकमा पनि खासै वास्तै नगरी गलत तथ्य लेख्नुले अवश्य नै अन्ध-धार्मिक-शोषणलाई उजागर गर्छ । यदी कसैको साँस्कृतिक कुरा लेखिदै छ भने उसैको भाषा अनुरुप लेखिनुपर्ने हैन र?
*** नेपालको मौलिक धर्महरु प्रकृति पूजक, मस्टो, बौद्ध, बोन, किरात (गैर-हिन्दुहरुले मानिआएको) लगायत रहको मान्यता रहिएको छ । यसमा वैदेकि दर्शन (हिन्दू) पनि जोडिएर आउँछ । जबकी ईस्लाम र ईसाई धर्म मल्ल कालिन विभिन्न समयमा नेपालमा भित्रिएको प्रमाण प्राप्त गर्न सकिन्छ । यसको कारण यी पछिल्ला दुई धर्महरु माथि उल्लिखित धर्महरुभन्दा निकै ढिलो मात्र अस्तित्त्वमा आएकोले नै हो । अब २०५८ साल जनगणना अनुसार ३५% भन्दा बढि गैर-हिन्दूहरु (आदिवासी-जनजाति भनिन्छ) रहेको आँकडा हेर्दा लगभग ६५% हिन्दूहरू रहेको अनुमान गर्न सकिन्छ । वास्तविकतामा यो सङ्ख्या पनि बढि नै हो । २०५८ सालको जनगणना भएकोले ४.४ % ईस्लामको जनसङ्ख्या घटाउँदा करिब ६०-६१ प्रतिशत (उता गैर हिन्दूहरुको पनि सालाखाला प्रतिशत जोड्दा) हिन्दू जनसङ्ख्या मान्न सकिन्छ । अब बिगत ३०/३५ वर्षमा ह्वात्तै बढेको ईसाई धर्म मान्नेहरुको जनसङ्ख्या पाउन हिन्दू र गैर-हिन्दू जनसङ्ख्याबाट २/२ प्रतिशत घटाई हेरौँ (अनुमान) । यसो गर्दा करिब ५८% भन्दा केही बढी हिन्दू जनसङ्ख्या हुन आउँछ भने ३३% भन्दा बढि गैर हिन्दू जनसङ्ख्या हुन्छ । यसरी घटाउन किन पनि जरुरी छ भने हिन्दू र गैर-हिन्दू समुदाय विभिन्न कारण अनेक धर्ममा रुपान्तरित भैरहेछन् । यति हुँदाहुँदै पनि ८१/८२% हिन्दू छ नेपालमा भन्नू राज्यको ठूलो "षडयन्त्र" मात्र हो र गैर-हिन्दूहरु माथि गरिएको अन्याय भन्दा फरक नपर्ला ।
२०. फाल्गुण. २०७७/ ०५. मार्च. २०२१/ शुक्रबार/ नखुडोल/ १२:३५ दिउँसो
थप अध्ययनको लागि लिङ्कहरु;-
खुवालुङ-
https://www.nayapatrikadaily.com/news-details/60967/2021-03-04
खोकना-
http://annapurnapost.com/news/147833
तथ्यगत विश्लेषण
ReplyDeleteResearchable and it's really interesting....
ReplyDelete