थारुबारे यथार्थ के ? भ्रम के ?
टम रर्बटसन शनिबार, १० माघ, २०७७- हिमाल खबरबाट
१) पूर्वी मधेसमा कोचिला, मध्य क्षेत्रमा चितवन थारु र पश्चिममा दंगौरा, देशौरिया र राना भाषा बोलिन्छ । मानवशास्त्री अर्जुन गुणरत्नेले नेपालका थारुबारे ‘मेनी टङ्स्, वान पिपलः द मेकिङ अफ थारु आइडेन्टिटी इन् नेपाल’ किताब लेखेका छन् ।
२) सन् १९५० अघिसम्म उनीहरूलाई आफ्नो कामका शर्त आफैं तोक्न अलि बढी सहज थियो । मधेशमा औलो महामारीका कारण मजदुर पाउन मुस्किल परेपछि त्यो सहजता खुम्चियो ।
३) जस्तो कि सन् १९५५ मा चितवनमा २५ हजार जनसंख्या रहेका बेला त्यहाँ लगभग शतप्रतिशत थारु (बोटे र दराईजस्ता केही सम्बन्धित समुदायसहित) को थियो । तर, सन् १९७० सम्ममा त्यहाँ १ लाख २५ हजार प्रवासी भित्रिएसँगै थारुहरूको संख्या १४ प्रतिशतले घट्यो ।
४) क्राउस्कोप्फ लेख्छिन्, “अन्य क्षेत्रसँग तुलनात्मक रूपमा अलग रहेको र औले फैलिएको मधेसका आदिवासी थारुबारे १९ औं र २० औं शताब्दीका पूर्वाग्रही अध्येताले गलत चित्रण गरेका थिए ।
५) उनीहरूलाई ‘प्राचिन जंगलका असभ्य फिरन्ते जाती’ का रूपमा वर्णन गरिएको थियो जुन कुरा थारु समुदाय र मधेस दुवैबारे सही होइन । मधेसमा दुई हजार वर्षको समयावधिमा विभिन्न राज्य उदाउने–अस्ताउने काम भयो । राजनीतिक अवस्थाका कारण खेती–किसानी विस्तार हुँदै जाँदा जंगल फडानी बढ्यो ।’
थप सामग्री : HIMAL KHABAR
थारुको सांस्कृतिक इतिहास
डा. माधव प्रसाद पोखरेल (२०७७ पौष ४ शनिबार), नयाँ पत्रिकाबाट
१) जातिशास्त्रीय, जाननिक र सांस्कृतिक विश्लेषणका आधारमा थारुहरू कुसुन्डा बाहेक नेपालका सबभन्दा पुराना आदिवासी जस्ता लाग्छन् । डोर बहादुर बिस्ट (१९७६ इ, ‘पिपल अफ नेपाल’) ‘तराईमा बस्ने सबभन्दा पुराना जाति मध्ये थारु एउटा होला भन्छन् भने, भानड्रिमहरू (राकेश तामाङ र नीरज राईहरू, २०१४ इ, ‘...थारु एन्सेस्ट्री’) र कुताननहरू (२०१६ इ, ‘माइटोकोन्ड्रियल जिनोम्स अफ अस्ट्रोएसियाटिक एन्ड ताइ(कदाइ लेङ्वेजेज’) ले गरेको जाननिक अध्ययनबाट थारुहरू यस भेगमा बसोबास गर्ने पहिला आदिवासी प्रमाणित भएका छन् ।
२) थारुहरू नेपालको चारकोसे झाडी(तरी)का बिच बिचमा र दक्षिण तिर मेचीदेखि महाकाली सम्म र नेपालको सिमाना छेउमा भारतका बिहार, उत्तराखण्ड अनि उत्तरप्रदेशमा पाइन्छन्, जहाँका जनजाति मध्ये थारुको जनसङ्ख्या सर्वाधिक छ (विद्यार्थी, २०३१, ‘भारतीय आदिवासी’, ९७–९९, मुखर्जीहरू, २०१५ इ, ‘बडीमास इन्डेक्स...), त्यसैले थारुहरूलाई मूलतः नेपालकै आदिवासी भन्न सकिन्छ ।
३) एघारौँ शताब्दीमा महमुद गजनीका इतिहासकार अल बेरुनीले थारु (‘तारू’) लाई तिरहुत (‘तिल्वात’) का बासिन्दा भनेर चिनाए (एडवार्ड साचौ, २००२ इ, ‘अलबेरुनिज इन्डिया’, अध्याय १८, पृ० ९६)। तिरहुतमा कोसी नदी गङ्गामा मिल्छ (गुगल अर्थ)।
४) नामसाम्यले गर्दा कतिले ‘थार’ मरुभूमिसित ‘थारु’ नामको साइनो गाँसेका छन् । गौतम (२०४४, ‘थारु पुराण’) ले नामको व्युत्पत्ति संस्कृतको ‘थर्ब’ (ठाउँ सर्नु) धातुबाट गरे पनि मानक कोशमा ‘थर्ब’ धातु भेटिएन । खालि जनार्दन घिमिरेको पिएचडी प्रबन्धमा पालि धातुको सूचीमा ‘र्थ’ (तर्नु) धातु भेटिएको छ । कसैले जङ्गल (तरी) मा बसोबास गर्ने भएकाले ‘तरहुआ’ (तराईको आर्द्र भूमि) बाट अथवा ‘स्थविर’ बाट अथवा दिनरात खेतको खेतै अडिने भएकाले हिन्दीको ‘ठर्ह’ धातुबाट थारु नाम बनेको पनि तर्क गरेका छन् (अशोक कुमार पाठक, २००६ इ, ‘थारु जनजाति की सामाजिक–आर्थिक...’, पिएचडी प्रबन्ध, लखनौ विश्वविद्यालय, १६८)। कडा रक्सीलाई ‘थर्रा’ (ठर्रा) भनिन्छ, त्यसैबाट ‘थारु’ बन्यो होला (पाठक, १७५)। दाङ उपत्यकाको सुकौरागढका खण्डहरलाई थारुहरू आफ्ना राजा (दङ्गाई भुसाई अथवा दङ्गीशरण) को दर्बार ठान्छन् ।
५) आज कम्तीमा सात किसिमको मातृभाषा बोल्ने थारुका विषयमा भानड्रिमहरू यस्तो लेख्छन्, धेरैजसो थारुहरू आपसमा बोल्ने र अरुसँग बोल्ने गरी कम्तीमा दुई किसिमको भाषा बोल्दछन् । उदाहरणका लागि मैथिल क्षेत्रका थारुहरू आँखालाई आपसमा ‘टेँड’ भन्छन् भने, अरुसँग ‘आँइख’ भन्छन् । ‘टेँड’ चाहिँ भोट बर्मेली शब्द हो, जसले उनीहरूको त्यो पुख्र्याैली तिर पनि सङ्केत गर्छ । अनेक किसिमको मातृभाषा बोल्ने भए पनि एकै किसिमको भौगोलिक र पर्यावरणीय बसोबासले गर्दा थारुहरू आफुलाई विविधता भएको एउटै जाति मान्दछन् ।
६) थारु समाजमा मामाचेला फुपुचेलामा बिहेवारी चल्छ, तर दिदीबहिनीका छोराछोरीमा बिहे हुँदैन । थारुहरूकहाँ ‘सटाहा भोज’ वा ‘बदल भोज’ दुई परिवार बिचमा, ‘तिनतिकथी वा तिरकोन भोज’ तिन परिवार बिचमा र ‘चारकोन भोज’ चार परिवार बिचमा बिहे गर्ने परम्परा थियो ।
थारू र मधेश विशेष
"असहमति" सौरभद्वारा लिखित (पृष्ठ;- १५४-१५५: बुक हिल; मङ्सिर, २०७६)
थारूहरू थार मरूभूमिबाट आए भन्नू संस्कृत दुराग्रह हो । कोसी एमेजोनपछिको दोस्रो ठूलो बालुवा बोकेर बग्ने नदी (सिल्ट क्यारिङ रिभर) हो । कोसी मात्र होईन, बट्टारको 'लिफ्ट इरिगेसन' परियोजना बालुवाका कारण विफल हुन पुगेको उदाहरण छ । कोसीको भँगालो परिवर्तनमाथि शोधहरू भएका छन् । यसैको बालुवाबाट ठाउँठाउँ बन्ने बगर र थुप्रो हो "थार", जसको सँस्कृा शब्द हुन्छ बाँझो । तराई पनि यही थारबाट बनेको होला । केवल दङ्गौरा थारुमा चलेको चलनले तिनलाई सिन्धको, थारको र राजपुतनाको भन्न पुग्दा ज्यापुका खर्पन र ह्वाइट नाईलका किसानहरूको खर्पन बनौट मिल्ने हुँदा महर्जनलाई ईजिप्टबाट आएको भन्नुपर्ने हुन्छ । धादिङको खेतको ड्याङ मिल्ने हुँदा धादिङेलाई पेरुको भन्नू पर्ने हुन्छ । बरु 'भोटगामिया' देखि 'बाँतर' थरसम्म हेरियो भने थारू एउटा जनजाति विशेष नभई नेवारीजस्तै एउटा सँकृस्ति दरिन सक्ने सम्भावना पनि प्रबल छ । थारू विस्तार कोसीको कमाण्ड एरियाबाट पश्चिमतिर बढ्दै गएको हुनसक्छ मिथिला र महासोथलाई छोडेर पछि आएको अब्राजकहरुलाई थारूको संज्ञा दिँदादिँदै ।
०४. फागुण. २०७७
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.