पवित्रा घिमिरे (KALU)
महिला भएर पनि
यस्ता कुरा गर्ने
? केहीअघि एक पुरुष
मित्रले मलाई भन्नुभयो
। सन्दर्भ थियो,
लेखक तथा राजनीतिज्ञ
मोदनाथ प्रश्रितलाई एक
महिलाले लगाएका संगीन
आरोपहरु । मैले प्रश्रितका धेरै लेख
र पुस्तकहरु पढेको
थिएँ । उनका लेखहरुमा ‘नारीवादी चिन्तन’
पाउँथेँ । उनै लेखकमाथि त्यस्तो आरोप
लाग्दा सजिलै पत्याउन
सकिनँ ।
‘महिलाको मात्रै कुरा
सुनेर निस्कर्षमा पुग्नु
हुँदैन भनेर
मैले आफ्नो धारणा
राख्दा ती पुरुष
मित्र ममाथि खनिएका
थिए । यो विषय अहिले
यत्तिकै सेलाएको छ
। तर, यसमाथि
गम्भिर अनुसन्धान गरेर
प्रश्रित दोषि भए
उनी कारवाहीको भागेदार
बन्नुपर्छ । महिलाको
आरोप झुट्टा ठहरिए उनी
दण्डित बन्नुपर्छ भन्ने
मेरो मान्यता अहिले
पनि छ ।
अलि अघि नायिकाले
आफूमाथि एक पुराना
नायकले यौन दुव्र्यवहार
गरेको आरोप लगाइन्
। यो विषयले
धेरै ठूलो रुप
लिएको थियो र मुद्दा अहिले
अदालतमा विचाराधिन छ
। यो प्रकरणले
चलचित्र क्षेत्र मात्र
तातेन, महिलावादीहरुका लागि
‘हट एण्ड ह्यापेनिङ’
टपिक बन्यो । धेरैजसो नेपाली चलचित्रका
नायिकाहहरुले आइ एम
विथ यू भन्दै
आफ्नो सन्जालको भित्ता
भर्ने तथा मिडियामा
महिला हिंसाका बारेमा
ठुला–ठुला गफ दिए ।
अरुले पनि ‘उसको
हिम्मतलाई मान्नैपर्छ’, ‘आइ स्यालुट
हर’ भन्खै समर्थन
जनाए ।
यता पुरुष कलाकार
भने आफूले कुनै
हिंसा नगरेको भन्दै
प्रमाण देखाउन चुनौति
दिइरहेका थिए ।
पछि उनी न्याय
पाउँ भन्दै अदालतसम्म
पुगे । अहिले यो प्रकरण
सेलाएको छ । यसमा पनि
मेरो धारणा यही
छ कि, महिलाको
मात्रै कुरालाई सत्प्रतिशत
सत्य मानेर धारणा
बनाउँदा कहिलेकाहीँ पुरुष
अन्यायमा पर्न सक्छन्
। सबै पुरुष
उस्तै हुँदैनन् पनि
।
धेरै नायिकाहरु चलचित्र क्षेत्रमा
महिलामाथि हिंसा हुने
भए पनि आफ्नो
करीयर बिग्रिने डरले चुप
बस्ने गरेको तर्क
गर्छन् । मलाई यो तर्क
निकै बिरोधाभासपूर्ण लाग्छ
। करिअर ठूलो
हो कि जीवन
? के करीयर बिग्रिन्छ
भनेर हिंसा सहेर
बस्न सकिन्छ त
? करिअर माथि उठाउने
नाममा हेपिएर, दबिएर,
हिंसा सहेर बस्नु
चाहिँ ठिक हो त ? यही
कमजोरी थाहा पाएर
पुरुषले महिलालाई हेपेको
हुन् कि ? यदी
आफुमाथि कुनै पनि
हिसाबले अन्याय भएको
छ भने ठाउँको
ठाउँ आवाज उठाउन
किन सकिँदैन ? र
कारवाइको माग किन
गर्न सकिदैन ? अन्याय
सहनु पनि एक किसिमको अपराध होइन
र ?
अनि अर्को कुरा
। किन महिलाको
मुद्दा भए बिचरालाई
फसाए भन्ने, अनि
पुरुषको भए त्यो फटाहालाई कारबाही होस्
भन्ने आम मनोवृत्ति
पाइन्छ । यसरी अपराधलाई लैंगिक चश्माले
हेरेपछि कसरी दुधको
दुध पानीको पानी
हुन्छ ? व्यक्ति जोसुकै
होस्, जेसुकै होस्
त्यसको सत्य–तथ्य
पत्ता लगाएर दोषिलाई
कारबाइ किन गरिदैन
? विषयको गहिराईमा नगई ‘आइ एम विथ
यू फलानो’ भन्दै
स्टाटस लेख्नु ठीक
हो ? घटनालाई राम्ररी
नकेलाई सामाजिक सञ्जालमा
पुरुषलाई सत्तोसराप लगाउँदैमा ‘महिलावादी’
बनिन्छ ?
यो त एउटा
उदाहरण मात्र हो
। महिला हिंसासँग
जोडिएका अरु पनि थुप्रै घटनालाई
हामीले तटस्थ आँखाबाट
सहीरुपमा पर्गेल्न सकेका छैनौं
। शहरी क्षेत्रमा
सुबिधा सम्पन्न परिवारमा
जन्मे हुर्केका महिलाको
त यस्तो अवस्था
छ भने के होला त
गरीबी र अशिक्षाको भुमरीमा
रुमलिएका महिलाको अवस्था ? किन
महिलाहरुलाई सधैं बिचराको
रुपमा लिइन्छ ? किन
महिला र पुरुष दुबै मान्छे
हुन भनेर हेरिदैन
? किन परिवर्तन हुँदैन
त महिला र पुरुषलाई फरकरुपमा हेर्ने
सोच ?
समय परिवर्तनसँगै महिलाको आर्थिक,
सामाजिक तथा शैक्षिक
स्तरमा धेरै परिवर्तन
आएको छ । धेरै हदसम्म
महिलाहरु बहिर निस्किन
पाएका छन् । स्वतन्त्र भएका छन्
। उच्च शिक्षा
आर्जन गर्न सकेका
छन् । तथ्यांक
हेर्दा पनि नेपालमा
महिला शसक्तिकरणका प्रयासहरु
भैरहेको र उच्च ओहदामा महिलाको
सहभागिता बढेको देखिन्छ
। तर किन समस्याहरु ज्युँका त्यूँ
छन् त ? झन्–झन् महिलाहरु
पिडित भएको, दबिएको,
हेपिएको कुराहरु किन
आइरहेका छन् ?
केही महिना अगाडि
नेपाली चलचित्रका नायिका
तथा कलाकारले अन्तरवार्ता
दिने क्रममा बोल्न
नजान्दा, सामान्य ज्ञान सम्वन्धि
प्रश्नको सही उत्तर
दिन नसक्दा निकै
ट्रोल भएका थिए
। सामाजिक सन्जालमा
तथानाम गालीगलौजको वर्षा
नै भयो । त्यसपछि, अधिकांस नायिकाहरुले
सम्वन्धित कलाकारलाई सहानुभुति प्रकट
गर्दै महिलावादी भावना
ब्यक्त गर्न थाले
। सामाजिक सन्जालका
भित्ताहरु भर्दै मास
तताए र नारिबादका
बहस गर्दै मिडिया
पनि तताए
। कुरै नबुझी
कोही–कसैलाई नानाभाती
गालीगलोज गर्नु अपरिपक्कता,
अशिक्षा, र दरिद्र
मानसिकताका उपज हुन्
। यसमा नारीबादको
लिपपोत गर्नु र आइ एम
विथ यू भनेर बजार ताताउनु
चाहीँ खोक्रो आडम्बर
मात्र हो ।
महिला समानताका कुराहरु धेरै
उठ्ने गर्दछन् नेपालमा
। धेरै एनजीओ,
आइएनजीओ खुलेका छन्
महिलाको उद्दार तथा
हक–हितको संरक्षणको
लागि । बिदेशीहरु
आउछन् नेपालमा रिसर्च
गर्न भनेर । नेपालको
दुर्गम जिल्लामा पुग्छन्
। डाटा संकलन
गर्छन् । त्यही डाटा लिएर
आफ्नो देश पुग्छन
र नेपालमा यस्तो
छ, त्यस्तो छ
भनेर सुनाउछन् र
यसैबाट पैसा कमाउछन्
। मान्छेको समस्या
मुद्रा कमाउने औजार
बनेको छ । नेपालमा पनि धेरै
संघ–संस्थाहरु खुलेका
छन् विदेशीको लगानीमा
। ठुला–ठुला
पाँचतारे होटेलमा सेमिनार हुन्छन्
महिलाको समस्याको बारेमा
। तर दुःखलाग्दो
कुरा के छ भने यी
सब बहस, भाषाणमा
मात्र सिमित हुन्छन्
। महिलाको समस्याहरु
भने ज्युको त्यूँ
रहन्छन् ।
नेपालमा राष्ट्रपति महिला, सभामुख
महिला, केही पदमा
मन्त्री पनि महिला,
सांसदमा थुप्रै महिला
छन् । मात्र महिलाहरुलाई मौका दिएको
छ भन्ने देखाउनको
लागि त्यो गरिएको
पाईन्छ । महिला राष्ट्रपती, मन्त्री, सांसद जे
भएता पनि बिकट
ठाउँका महिलाहरु जहाँको
त्यही छन् । उनिहरुको आवाज सधैं
दबिएको छ
। अशिक्षा र
गरीबीको भुमरीमा रूमलिएर
बाँचिरहेका छन् ।
धर्मको नाममा अझै
पनि दण्डित भएर
कष्टकर जीवन बिताइरहेका
छन् । आफ्नो हक अधिकारको
बारेमा अनबिज्ञ छन्
।
नेपाली राजनीतिमा एउटा प्रवृत्ति
छ । कुनै ठूलो ओहोदामा
पुगेको राजनीतिज्ञको मृत्यु
भयो भने जबर्जस्ती उसको श्रीमतीलाई
श्रीमानको पदमा राखिन्छ
। त्यो ओहदालाई
धान्ने क्षमता छ
कि छैन भनेर
हेरिँदैन । क्षमता
र अनुभवविना कसैलाई
कुर्सीमा राख्दैमा त्यसले महिला
शशक्तिकरण हुन्छ त
? कुनै पनि उच्च
ओहदामा महिलाको प्रतिनिधित्व
हुनु धेरै राम्रो
कुरा हो । तर त्यसका
लागि पहिले उनको
क्षमता विकास पो
गर्नुपर्यो । त्यसपछि
उनी आफैं लडेर,
प्रतिस्पर्धा गरेर त्यो
स्थान हासिल गर्न
सक्छिन् । कुनै पिछ्डिएको तथा पीडित
महिलालाई आरक्षण दिएर
माथि लगिन्छ ।
यसबाट ती महिलाको
लाईफ स्टाईलमा परिवर्तन
आउँछ । उनले आफ्नो जिम्मेवारीमा
न्याय गर्न सक्दिनन्
। आरक्षणले महिलालाई
कमजोर पार्ने त
होइन, तर यथार्थताको
धरातलमा उभिएर काम
नगर्ने, नातावाद, कृपावाद
जस्ता तत्वहरुले गर्दा
जोलाई पायो त्यसलाई
आरक्षण दिनाले उल्टै
महिलाको क्षमतामाथि प्रश्नचिन्न
उठ्छ ।
नेपालमा २०७४ सालमा
भएको स्थानिय तहको
चुनावमा धेरैजसो ठाउँमा
महिलालाई उपमेयर तथा
उपप्रमुखमा उठाइएको थियो । मेयर र
उपमेयरमध्ये एकजना महिला
उम्मेदवार हुनुपर्ने संवैधानिक प्रावधान
छ । त्यसैले
पार्टीहरुले महिलालाई उपमेयरमा उठाए
। तर, अधिकांस
उपमेयर महिलाहरु यो
जिम्मेवारीको बोझ उठाउन
सक्ने अवस्थामा थिएनन्
। फलत उनीहरुले
प्रभावकारीरुपमा आफ्नो कार्यसम्पादन
गर्न सकिरहेका छैनन्
। त्यसैले महिलालाई
पद दिनुभन्दा पहिले
उनीहरुको क्षमता विकास
गर्नु महत्वपूर्ण छ
।
कतिपय अवस्थामा महिलाहरु पुरुषबाट
पीडित नभएर महिलाबाटै
बढि पीडित हुन्छन्
। घर–पारिवारका
महिलाले आफैं नियम
बनाएर यो गर्न हुन्छ त्यो
गर्न हुँदैन भनेर
बन्धनमा बाँध्छन् ।
अनि महिला स्वयम्
त्यसलाई सहजरुपमा स्वीकार्छन्
। बुझेपछी पुरुषप्रधान
समाज भन्छन् ।
तर एउटा महिलाबाट
महिला पीडित भइरहँदा
पुरुषको कहाँ दोष
छ ? कुनै महिला
माथि पुग्दा अर्को
महिलाले आरिस गर्नु,
घरको काममा महिलाले
महिलालाई दलाउनु, बन्धनमा बाधेर
राख्नु, महिलाले महिलाको
कुरा काट्नु यि
सब व्यबहार पनि
हिंसा नै होइन र ? कुनै
महिलाको विवाह ढिलो
भयो भने कुरा
काट्ने महिला नै
हुन्छन् । विवाहपछि
यदि कुनै महिला
आफ्नै जन्मघर बसिन्
भने महिलाले नै
बढि हेप्ने गर्छन्
। बुहारी भएपछि
यस्तो गर्नुपर्छ, त्यस्तो
गर्नुपर्छ भनेर नियम
लगाएर तल्लो स्तरको
व्यबहार गर्ने महिला
नै हुन्छन् ।
तर महिलाबाट महिला
पीडित भएका समाचार
भने कमै आउने
गर्छन् ।
अपराधीलाई कडा कारबाही
गरिनुपर्छ, महिला होस
वा पुरुष । पैसा, पहुँच
र शक्तीको आधारमा
किन मुद्दालाई हेरफेर
गर्नु अपराध हो
। नारीबादको बकम्फुसे
भाषण, गालीगलौज र
यो गर्नुपर्छ त्यो
गर्नुपर्छ भनेर बहस
गर्नुको साटो यथार्थको
धरातलमा उभिएर, समस्याको
जड पत्ता लगाएर
समस्याको समाधान गर्ने
कि ? जबसम्म महिलाहरु
घरदेखी सुरक्षित हुँदैनन्,
आत्मनिर्भर हुँदैनन्, शिक्षित हुँदैनन्,
आफ्नो निर्णय आफ्नै
लिन सक्दैनन्, तबसम्म
जे–जे नियम कानुन बनाए
पनि महिलाको स्थिती
यस्तै रहन्छ ।
वाह ।
ReplyDelete