पाहुना—घरकी साहुनी
The Mistress of the Inn (An Italian Play)
Carlo Goldoni
Translated by naturallydeepak
पात्रहरु
Marquis of Forlipopoli- दुङ्माका काजी ।
Count of Albalifiorita - मन्त्रालयका अधिकारी ।
Captain of Ripafratta – घोराहीका कप्तान ।
Mirandolina, an innkeeper- मेनका (पाहुना घरकी साहुनी) ।
Fabrizio, Servant at the inn – फोक्सु (पाहुनाघरको नोकर) ।
Captain's Servant=– कप्तानको नोकर ।
Director: Jeevan Baral Playwright: Adopted from Carlo Goldini’s original Italian play ‘The Mistress of the Inn’ Translation: naturallydeepak Production: Shilpee Theatre Group, Kathmandu, NepalThe central character of the play is Menuka, who is running an inn after her father’s death. The story revolves around Menuka and her suitors who fight with each other for her. Their fight, their competition to present expensive gift to flatter her is presented in a comic manner. Menuka is bound to flirt with each man equally in order to run her business. This play is successful in portraying a mentality of men towards women who think women are pretty dolls and are born to entertain men. When Menuka realized this, it was too late and there was no one left by her. There are similar character like Menuka who runs a small business in our society which is why this play makes the audience think, when she says that love is not important for men but the youth and beauty is. She is replaced by a young woman full of beauty at the end and the circle continues.
दृश्य १.१
(पाहुना घरको ठूलो कोठा । पूराना सजावट र तीनवटा ढोकाहरु)
काजी: तिमी र मबीच भिन्नता छ ।
अधिकारीः तपाईँ कसरी भन्नसक्नुहुन्छ ?
काजीः तिमी आई मेरो हैसियतको देखाउन खोज्दै छौ ?
अधिकारीः मेरो पैसा तपाईँ जतिकै मूल्यवान छ ... यो पाहुना घरमा ।
काजीः म दुङ्माको काजी हुँ ।
अधिकारीः म पनि मन्त्रालयको अधिकारी हुँ ।
काजीः तिमी भर्खरै त अधिकारी भएको हौ ।
अधिकारीः तपाईँ झन् नाम मात्रको काजी हुनुहुन्छ ।
काजीः मलाई सम्मान गरिनुपर्छ ।
अधिकारीः कसले तपाईँको अपमान ग¥यो ?
काजीः तिमी यहाँ किन आयौं ?
अधिकारीः तपाईँको जे उद्येश्य छ त्यही हो मेरो पनि ।
काजीः तिमी के भन्दै छौं मैले बुझिनँ ।
अधिकारीः म मेनकाको बारेमा भन्दैछु ।
काजीः मेनका ! पाहुना घरकी साहुनी ! उसँग तिम्रो के सरोकार ?
अधिकारीः राम्रो ठट्टा गर्नु भो ! तपाईँ आफू बाहेक अरुले मेनकाको सौन्दर्यपान नगरोस् भन्ने चाहनुहुन्छ ।
काजीः काजी हुँदाहुँदै उनले तिमीलाई भाउनै दिन्नन् ।
अधिकारीः पैसाको अगाडी काजीको के फुईँ ! आजको यो युगमा पैसाले प्रतिष्ठा दिन्छ मित्र ।
काजी तिम्रो धनभन्दा मेरो प्रतिष्ठा उच्च छ ।
अधिकारीः म धनले किन्ने प्रतिष्ठाको कुरा गर्र्दैछु ।
काजीः सकेजति किन । तिमी मेनकासँग केही लछार्न सक्ने छैनौ । उनलाई तिम्रो धनको मतलब छैन । (चुट्की बजाउछ)
अधिकारीः (व्यङ्गयपूर्वक) मैले नपाएर तपाईँले पाउछौ त उनलाई !
काजीः म काजी हुँ ।
अधिकारीः मसँग पैसा छ ।
काजीः म जे गर्छु त्यो बताउने गर्दिनँ ।
अधिकारीः तपाईँ के गर्न सक्नुहुन्न सबैलाई थाहा छ । नोकरहरुले पनि बताउदै छन् ।
काजीः नोकरहरु ! तिमी त्यो मूला फोक्सुको बारेमा भन्दै छौ ... मलाई त्योमाथि शङ्का छ ।
अधिकारीः त्यो बाहिर आए जस्तो छ । (ढोका खोलेर बोलाउछ) फोक्सु !
फोक्सुः (भित्र पस्दै) के सेवा गरुँ हजूर ?
अधिकारीः हाम्री प्यारी मेनका आज कस्ती छिन् ?
फोक्सुः उनि सन्चै छिन् हजुर ।
काजीः तिमी उनिसँग के चाहन्छौ ?
अधिकारीः तपाईँलाई आज उनको जन्मदिन भन्ने थाहा छैन ?
काजीः तिमीलाई के सरोकार ?
अधिकारीः म उनलाई जन्मदिनको उपहार दिँदैछु ... तपाईँ दिनुहुन्न ?
काजीः मैले उनको व्यावसायको संरक्षण गरिदिएको छु । यो नै उनको लागि उपहारभन्दा ठूलो छ ।
अधिकारीः (पैसाको बिटा झिक्दै) मैले यो पाहुनाघरलाई उचित मूल्य दिएको छु ।
काजीः तिमी होश गुमाउदै छौ ।
अधिकारीः तपाईँ झन् बक्वाँस बक्दै हुनुहुन्छ ।
काजीः तिमी आफ्नो जिब्रो समाल, महाशय !
अधिकारीः आफ्नै सम्हाल्नुस् ।
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.