Read full article- by Bhogiraj Chamling-- ekantipur
मुन्दुमअनुसार, उहिले आकाश भत्किझर्यो र धरती बन्यो (राति ताराहरू खसेको देखेर यस्तो सोचे होलान्) । फेरि त्यो धरती च्यातियो र खाल्डो भयो । धरतीले पानी उब्जायो, हावा उब्जायो, रुखपात उब्जायो । खाल्डोमा पानी जमेर तलाऊ भयो, जहाँ लेउ उब्ज्यो । लेउ बढ्दै, कक्रिँदै गयो । कक्रिएको लेउमाथि निगुरो र दुवो उब्जियो । दुवो पाँजिएर तलाउबाट बाहिर भूमि टेकेर झ्याँगियो । निगुरोचाहिँ पानीमै बस्यो र आकाशतर्फ झ्यांगियो । अनि उँधो पानीभित्र जरा झार्यो र बूढो भएर मर्यो । मरेको निगुरोको फेदमा धमिरा उब्जियो । धमिराले फेदबाट जरा पहिल्याएर खाँदै जाँदा भूमि (माटो) भेट्टायो । धमिराले भूमि खाँदै पानीमाथि माटोको देवल उठायो (सायद धमिराका ठूल्ठूला देवल देखेर यस्तो सोचे होलान्) । त्यसलाई माथिबाट घामको तापले ततायो, तलबाट चिसो पानीले भिजायो । तातो–चिसो भेट भएको ठाउँमा प्रकृतिले नाभी बनायो । नाभिमा चिनिमा उब्जियो । नाभि फुट्यो, देवल उघ्य्रो र माता चिनिमा देखियो । भूमि–प्रकृतिले हावा चलायो । हावाले भेट्नासाथ चिनिमाको सास लाग्यो (जितराज राई, मुन्दुम पाण्डुलिपि) । यसरी पृथ्वीमा पहिलो मानव सृष्टि भयो ।
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.