के साँचो प्रेम लुकाउनु पर्छ र ?

 

के साँचो प्रेम लुकाउनु पर्छ ?


pabitra ghimire (kalu)

तिमी अगाडि जाउ है, एकछिनमा आउछु , कसैले देख्यो भने बर्बाद हुन्छ नि। अनी सुन हाम्रो च्याट कसैलाई नदेखाउ नि। हाम्रो च्याटमा भएको वार्तालाप कसैले देख्नु हुन्न है। कुरा गरिसकेपछी डिलिट गर है। यो हो कुनै दुई जना केटा केटी प्रेममा पर्छन तर उनिहरु एकान्तमा घन्टौँ सम्म गफिन्छन, माया साटासाट गर्छन्, एक-अर्कासँग छुट्टीनै मानिरहेका हुँदैनन।  तर एक -अर्कालाई सारा दुनियाँ तथा समाजको अगाडी स्विकारी  रहेका हुँदैनन। एक- अर्कालाई प्रेम गर्छौ भन्ने कुरा नै लुकाइरहेका हुन्छन। के कोही कसैले कसैलाई प्रेम गर्नु कुनै अपराध हो ? किन लुकाउछन आफ्नो प्रेम?

मेरो एकजना  मिल्ने साथी कुनै एउटा युबकसग प्रेममा परिछन, उनी  खुशी थिइन प्रेममा परेकोमा। उनिले मलाई धेरै कुरा बताइन। उनी धेरै डिप लभमा परेको बिना एकपल नि बाँच्न नसक्ने कुराहरु धेरै गरिन। उनको कुरा धेरै ध्यान दिएर सुनिरहे। उनी भनिरहिन “ यस्तो त्यस्तो छ,  यसो भनेर बोलाउछ , त्यस्तो भनेर मायाले कुरा गर्छ ।उनीले  उनको प्रेमिको बारेमा अनागिन्ती कुराहरु सुनाइन। पनि खुशी भए। तर उनको त्यो खुशी लामो समयसम्म भने टिकेन, केही समयपछी उनले मलाई बिहानै फोन गरिन आफ्नो पिडाहरु रुदै ब्यक्त गरिन मैले भेट्ने बाचा गरे हामी भेट्यौ त्यही दिन दिउँसो भेटमा उनको कुराहरु सुन्दा चकित परे। उनको प्रेमिले उनले उनिहरु बिचको प्रेमको कुरा अरुसग बताउदा  उनलाई ब्लक गरेको रे अनी उनिसग संपर्क  नै छैन रे उनी आफुलाई समाल्न सकिरहिकी थिइनन। उनको कुरा सुनेर भाबुक भए। मसग कुनै उनलाई सम्झाउने शब्दनै थिएन किनकी केही समय अगाडी उनी त्यती खुशी थिइन घण्टौँसम्म उनको प्रेमिको तारिफ गरेर थाकिरहेकिथीनन भने पछी उनले आफुलाई त्यो अवस्थामा पाउँदा। आखिर के हो त्यो प्रेम? साँचो प्रेम थियो भने किन त्यस्तो भयो ?त्यो केबल स्वार्थको खेल रहेछ।

कुनै एउटा युबतीको कथा नि त्यसरी नै टुङिएको छ। आरुशी  कुनै एउटा अफिसमा काम गर्ने क्रममा उनको त्यही अफिसको बोससँग माया पिरती बस्तछ। उनिहरु धेरै खुशी थिए। एकान्तमा घण्टौसम्म गफिन्थे, भेटथे माया साटासाट गर्थे। सँगै मर्ने सँगै जीवन चलाऊने कसम खाएका थिए अनुकुलता अनुरुप विवाहा गर्ने बाचा गरेका थिए। केटाले उनलाई घरसम्म पुर्याउथ्यो तर घर पुग्नु भन्दा अली अगाडि पुगेपछी जाउ है भनेर छोडिदिन्थ्यो उनी पनि खुशीसाथ बाइ भनेर जान्थिन। दुबैजना अरुको अगाडी उनिहरुबिच केही छैन मात्र स्टाफ बोसको सम्बन्ध भएको देखाउथे। कसैले केही थाहा पाउनु हुँदैन भन्ने थियो उनिहरुको सम्बन्धको बारेमा। एक दिन आरुशीले  सोधिन हामी कैले बिहे गर्ने? आरुशीको  यो प्रश्नले केटा पुरै नाजाफ भए भने पिर नगर प्यारी, उपयुक्त समय आएपछी हाम्रो सब चिज पुरा हुनेछ। अनी आरुशीले  भनिन मेरो घरमा बिहेको कुरा आएको , बाबा मम्मी लगायत सबै जनाले बहुत प्रेसर दिराको छन। फेरी हजुर मेरो सम्बन्धको बारेमा केही थाहा छैन, अब अती गरीसके भन्नु पर्यो। आरुशीको यस्तो जवाफ सुनेपछी केटाले सम्झाउदै भन्छन ऐले नभन, फेरी सबै हाम्रो सपनाहरु चकनाचुर हुन्छन।  धैर्य गर माया। आरुशी  चुपचाप बस्छिन। आरुशीको  घरमा चौथर्फी दबाब आएपछी एकदिन उनी आफ्नो सम्पूर्ण प्रेम काहानी बताइदिन्छिन घरपरिवार वाक्क बक्क पर्छन। भोलिपल्ट अफिस पुग्ने बितिक्कै आफ्नो बोसलाई  भेटेर सबै ब्रितान्त सुनाउछिन उनको कुरा सुन्ने बितिक्कै केही शब्द नबोली पछी कुरा गर्छु भनेर जान्छन उनको प्रेमी तथा बोस । त्यो दिन उनी अफिसमा नै हुँदैनन अर्जेन्ट काम परेर बाहिर गएको जानकारी गराउछन। उनी भने दिनभर उनकै यादमा टोलाउछिन उनको प्रतिक्षामा बस्छिन। उनि साझसम्म नआएपछी पिरोलिदै सागुरो अनुहार लिएर घर फर्किन्छिन। घर पुगेपछी पनि उनी पुरै उनकै यादमा हुन्छिन। घरका मान्छेहरुले प्रेमीसग बिहे गर्न आग्रह गरिराको हुन्छन उनी पुरै मौन रहन्छिन।   केहीबेरमा उनको मोबाईलमा मेसेज आउँछ "हेर जे भयो भयो अब हाम्रो सम्बन्धलाई बिर्सिदेउ, तिमीसँग बिहे गर्न सक्दिन" यस्तो कुरा आएपछी उनी छाँगाबाट खसे जस्तै हुन्छिन कुनै प्रत्रिक्रिया नदेखाइकन आफ्नो कोठामा बसेर रोहिरहिन। जो मान्छेसग जिन्दगीको सहयात्रा गर्ने सपना बुनेकी थीइन, उसको खुशीको सब कुरा त्यागेकी थीइन। त्यही मान्छेले त्यती ठुलो घात हुन्छ भनेर कल्पना समेत गरेकी थीइनन। यस्तो नी कुनै प्रेम हो ? यदी प्रेम थिएन भने किन त्यती ठुलो निकटता थियो उनिहरुको बिचमा? अनी किन भयो त्यती ठुलो भावनामा खेलबाड?

शीला सुयोग प्रेममा  थिए। उनिहरु फरक -फरक देशमा बस्थे। उनिहरु लङ डिस्टेन्स रिलेसनमा थिए। सधैं जसो उनिहरुको कुरा हुन्थ्यो। तर फरक तरिकाले। सुयोगले शीलालाई छुट्टै आइडीबाट कुरा गर्थ्यो कुरा गरिसकेपछी सबै कनभर्सेसन आँफै डिलिट हुन्थ्यो। अनी एकदिन शीलाले प्रश्न गरिन किन तिमी मलाई तिम्रो रिएल आइडीबाट कुरा गर्दैनौ? अनी सुयोगले भने किनकी तिम्रो मेरो सम्बन्धको बारेमा कसैले थाहा पाउनु हुँदैन, किन हामीले हाम्रो प्रेमको बारेमा अरुलाई देखाउनु। जे हामी बिचमा छ। शीला अचम्ममा परीन। यसरी उनिहरुको दिनहरु बितिरहेको थियो एकदिन अचानक कुनै युबतीबाट  शीलालाई कल आउछ युबती आग्रह गर्छिन अबदेखी मेरो प्रेमीसग तिमी कुरा नगर यदी गर्यौ भने तिमीलाई राम्रो हुने छैन। यस्तो कुरा सुनेपछी शिला झसंग भईन सुयोगले झुट् बोलेर उनलाई चोट पुर्याएकोमा धेरै दुखी भइन उनी कुरा गर्न छोडिन। फेरी पनि सुयोगले उनलाई कल गरेर मायाको नाटक गरिरह्यो तर शिलाले त्यस्ता झुट्टा मान्छेको मायाजालमा नपर्ने कसमा खाइन।


माथिका केही उदाहरणहरु हुन। यस्ता अनगिन्ती मान्छेहरु छन जो माया गर्छु भन्छन तर आफ्नो प्रेमलाई सबको अगाडी सिर ठाडो पारेर स्विकार्न सकिरहेको हुँदैनन।आचकालको मान्छेहरुलाई माया प्रेम गास्न कुनै ठुलो कुरा हुँदैन। तर किन चुकिरहेको हुन्छन साचो माया गर्नको लागि? स्वभाबैले कुनै पनि पब्लिक फिगर, सेलिब्रेटीको लभ लाईफको बारेमा धेरै जनमानसको चासो रहन्छ। तर सेलिब्रेटीहरु पनि आफ्नो प्रेमको बारेमा खुलस्त भएर पब्लिकली स्विकार गर्न भने सधैं हिचकिचाउछन। यदी कसैले उनिहरुको लभ लाईफको बारेमा न्युज पब्लिश गरिदियो भने त्यहा ठुलो आतंक मचिन्छ। आखिर किन यस्तो हुन्छ?

प्रेम एउटा पवित्र चिज हो जुन कुनै पनि सिद्दान्त पारीभासाले बिस्लेशण गरेर पुग्दैन। प्रेमले मान्छेलाई सत्मार्गमा हिंड्न सिकाउछ। प्रेम कुनै अपराध होइन यसलाई लुकाउनु पर्ने कुनै त्यस्तो बाध्यता छैन। खुलम खुला प्रेम गर्दा र आफ्नो प्रेमी- प्रेमिकालाई सबको अगाडि स्विकार गर्नु, हात समातेर हिंड्नु, माया ब्यक्त गर्नु कुनै पाप होइन। चोरी डकैती गर्नु, नचाहिने काम गर्दा पो मान्छे डराउनु पर्छ त। प्रेम जस्तो बलवान र अमुल्य बस्तु अरु कुनै छैन यो संसारमा। प्रेम कुनै अभिशप होइन त्यो त ईश्वरको बरदान हो। प्रेमका अगाडि धेरै ठुला ॠषि मुनीहरु, राजा महाराजाहरु, देबताहरु, राक्षसहरु सबै झुकेका अनगिन्ती उदाहरणहरु हामीले पढेका छौ। प्रेमको लागि हरेक कुरा जाएज हुन्छ। आफ्नो प्रेम प्राप्तीको लागि मान्छे हरेक कुरा त्याग्न तयार हुन्छ, सारा संसारसग लड्न सक्छ। प्रेमले मान्छेलाई शक्ती  दिन्छ, खुशी दिन्छ। तर यदी प्रेम झुटो भयो भने जीवननै बर्बाद पारीदिन्छ। कोही पनि मान्छेको भवानासग खेलेर झुटो प्रेमको नाटक गर्नु चाँही पाप हो, अपराध हो। आफ्नो फाईदाको लागि अरुलाई प्रेमजालमा पार्नु माया नभएर त्यो नाटक हो र त्यस्तो कुरा मात्र मान्छेले लुकाउछ र सबैको अगाडि स्विकार गर्न सक्दैन। प्रेम आत्मादेखी गरिन्छ। प्रेममा दुई आत्माको कनेकसन हुन्छ। आत्मैदेखी गरेको प्रेमको कैले पनि  अन्त्य हुँदैन।  कुनैपनी ब्यक्तीले झुटो मायाजालमा परेर आफ्नो जीवन बर्बाद पार्नु नपरोस। कोही कसैको लागि पनि प्रेम पासो र बन्धन नबनोस। सबैको लागि प्रेम ज्युने आधार बनोस।



Comments

  1. धेरै धेरै धन्यवाद तँलाई यती धेरै माया , care support ra सब चिजको लागि।

    ReplyDelete
    Replies
    1. yes, its my pleasure. You keep on writing. I will be there for you.

      Delete

Post a Comment

Thank you. I am pleased to hear from you. Please keep motivating me.