पेन्टिङ् चाेर

पेन्टिङ् चाेर 

०९. भदौ. २०७७/ २५. अगस्ट. २०२०/ मङ्गलबार / नखुडाेल ।

२०५९ । चैत महिना । ०७ कक्षा । डाँफे स्कुल । पुलचोक, न:टोल । हाम्रो अन्तिम परीक्षा सकिएपछि स्कुलमा । हाम्रो स्कुल हेडले 'प्यारेन्ट्स डे' को लागि चित्र प्रदर्शनि गर्ने कुरा सुनाए । म पनि जोशिएँ । हामीले बनायौँ अनेक चित्रहरु । मैले पनि केही स्कुलमै अनि केही घरमै बनाएँ ।
तेस दिन धुमधाम गरियो कार्यक्रम । अनि पेन्टिङ लान खोज्छु त  जीवनाथ ढकाल सरले भन्नुभो, (स्कुल हेड), "यहीँ होस् केही दिन." म त आएँ तनावमा । अब के गर्ने? मेरो तेस दिन अन्तिम दिन थ्यो । म अब यो स्कुल छोड्दै थेँ । कसैलाई पनि नभनि । यो कुरा उचितलाई सुनाएँ । उसले पनि के गर्ने सुरुमा मेसो पाएन । ऊ मात्र मरो स्कुल छोड्ने कुराको जानकार थ्याे । म चुपचाप चित्र निकालेर जाने कुरा सुनाएँ उसलाई । उसले नि हुन्छ भन्यो । तर लिन गाको त माथि भित्तामा थ्यो चढ्न सकिनँ । अनि उसैले निकलि दियो । म हतार-हतार लिएर भागेँ । आहा तेस दिनको समझना । ढकाल सरलाई भन्नुछ । के होेला हौ ? हाहा । अनि म, आफ्नै पेन्टिङ चोर पढ्न थालेँ, ठेचोको सोमाङ सु्कुलमा । चोरिएकाे चित्रहरु;



Comments

  1. राम्रो छ।तँ पैला देखि नै निडर र हक्की स्वभावको रहेछस। त्यहीँ स्वभाव ऐले सम्म नि छ। सधैं यस्तै स्वभाव रहिरवस।

    ReplyDelete
    Replies
    1. हवस अवश्य । म तँलाई नि सिकाउछु । धन्यवाद ।

      Delete

Post a Comment

Thank you. I am pleased to hear from you. Please keep motivating me.