जनाई र वर्ण

जनाई र वर्ण

 

नेचुरल्लीदीपक


 

मैले यहाँ चर्चा गर्न खाेजेकाे विषय जनाई लगाउनु र वर्ण व्यावस्थाका यौगिग आधाहरु हुन्।

सुरुमा चर्चा गराैँ मानिसमा हुने चक्र(उर्जा केन्द्रहरुकाे बारेमा)। हामीमा जन्मसिद्धरुपमै मुलाधार चक्र (निद्रा र भाेजनजस्ता) जागृत हुन्छ। जसबाट बिस्तारै अरु चक्रलाई विकास गराउँदै माथि सहस्रार चक्रसम्म लैजान सकिन्छ भन्ने अनेक प्रमाण भेटिन्छ। मूलाधार (मूल+आधार) चक्र हामीमा हुने माैलिक क्षमता हाे जुन पशुमा पनि हुन्छ । अर्थात् शारीरिक माेजमज्जामा मात्र रमाउने पशु सरह शुद्र भयाे। यसबाटमाथि स्वाधिस्ठान चक्रदेखि मणिपुर चक्रसम्म जसले शक्ति सञ्चालन गर्छ ऊ वैश्य भयाे । यसरी नै अनाहत चक्रदेखि विशुद्धि चक्र सक्रिय गर्नसक्ने  क्षत्रिय र अन्त्यमा आज्ञा चक्र जागृत गर्ने ब्राह्मण हुन्छ।

 

मूलाधार चक्रबाट माथि स्वाधिस्ठान चक्रलाई विकास गर्ने क्रममा यी दुईबिच 'ब्रह्म ग्रन्थि' बाधाकाे आउँछ भन्ने मान्यता छ। यसलाई ताेडेर स्वधिस्ठान चक्र अर्थात स्व+अधिस(स्वयमकाे मालिक) बन्न पुगेपछि अझ माथि शक्ति सञ्चार गर्न सकिने हुनजान्छ अर्थात यश चक्रकाे जागरण गर्नु भनेकै मुलाधार चक्रकाे उर्जामाथि नियन्त्रण गर्नु हाे । ब्रह्म-ग्रन्थिलाई इडा, पिङ्गला र सुशुम्णा नाडिकाे संगम मानिन्छ। यस्तै मणिपुर चक्रमा 'विष्णु ग्रन्थि' र आज्ञा चक्रमा 'रुद्र ग्रन्थि' रहन्छ। यी सबलाई निस्तेज गरेर जब काेही चेतनाकाे माथिल्लाे अवस्थामा पुग्छ ऊ ब्राह्मण बन्छ। अझै सहस्रार चक्रकाे जागरण गरिएपछि वर्णहिन अवस्था प्राप्त गर्नसक्छन् हरेक मानिसले। यसैलाई बुद्धत्त्व प्राप्त गरिएकाे भन्न पनि सकिन्छ।

 

अब कुरा गराैँ जनाईकाे बारेमा। प्राचीन् समयबाट नै जीवन यज्ञ हाे भन्ने सिकाइयाे। यज्ञ अर्थात् असलकाे नि असल कर्म गर्नु। तसर्थ जनाई लगाउनु भनेकाे यश यज्ञलाई स्विकार गरेर जीवनलाई सहि कर्ममा डाेहाेराउने प्रतिज्ञा गर्नु हाे। पूर्विय सँस्कारमा रहेका १६ कर्महरुमध्ये १० आैैँ कर्म उपनयाेनम वा यज्ञाेपविताेम ( यज्ञ+उप-नजिक+वित-प्राप्त गर्नु ) सँस्कारमा यसलाई ग्रहण गराइन्छ सामान्यतया बालक १२ वर्षकाे उमेरमा प्रवेश गरेपछि। यसकाे अर्थ अब ऊ ज्ञानार्जन गर्न याेग्य भएकाे छ भन्नू हाे। तसर्थ अब बालक युवाकालमा प्रवेश गर्दै छ भन्ने बुझ्न सकिन्छ। यसलाई महिला र पुरुष दुवैले ग्रहण गर्ने गरिन्थ्याे। यद्दपि आजकाल गरिन्न। महिलामा जन्म दिने प्राकृतिक क्षमता भएकाेले मूलाधार चक्र स्वयम् जागृत हुने भएकाेले यसलाई लगाउन अावश्यक नपरेकाे भन्ने धारणा नि छ।

 

महिलाले घाँटी र पुरुषले बायाँ काँधबाट मुटुनजिकबाट दायाँ हातमुनिबाट लगेर गाँठाे पारि लगाइने चलन छ। यसरि शुभकाम गर्दा लगाउनुपर्ने (उपविति) मान्यता छ भने दायाँ काँधबाट लगाउँदा अशुभ कामकाे (प्राचविति) लागि लगाइएकाे भन्ने बुझिन्छ।

 



तीन डाेरा हुनुकाे कारण

प्रायः सुतिबाट निर्मित सेताे रङ्गकाे जनाई तीन डाेराकाे हुन्छ। यसलाई अनेक रुपमा व्याख्या गरिएकाे छ। यी तीन डाेरालाई बरह्म, विष्णु र रुद्र वा ऋषि(खाेजकर्ता), गुरु र पितृ(बाआमा), शरीर, मस्तिष्क र वचन वा सताे, रजाे र तमाे गुण वा लक्ष्मी, सरस्वति र दुर्गा वा ईडा, पिङ्ला र सुशुणा नाडिकाे(नलि-शक्ति सञ्चार हुने सूक्ष्म मार्ग) प्रतीककाे रुपमा पनि व्याख्य गरिने गरिएकाे छ। याैगिग आधारमा यी तीन नाडिहरु मेरुदण्डमा रहने गर्छन्। जसबाट उर्जा सारा सात चक्रभरि सञ्चार गरिन्छ। ईडा मेरुदण्डकाे बाँयातिर, पिङ्गला दाँयातिर अनि सुशुम्णा मेरुदण्डकाे माझमा रहेर सारा सात चक्रलाई छुने काम गर्दछ।

 

लम्बाई र आकार

जनाईलाई चार अङ्गुलिकाे ९६ पटकमा बन्ने लम्बाईकाे बनाइन्छ। यस लम्बाईलाई मानिसकाे स्वयम् आफ्नाे उचाई बराबरकाे मानिन्छ। चारू आैँलालाई जागृत, स्वप्न, स्वप्नहिन निद्रा र ज्ञानकाे प्रतीककाे रुपमा व्याख्या गरिन्छ। अझ अगाडि बढेर यसलाई गायत्रि मन्त्रसँग जाेडेर पनि यसकाे लम्बाई बनाइन्छ भन्ने तर्क रहेकाे पाइन्छ। उपनयन कार्यमा गायत्रि मन्त्र जप्दै जनाई ग्रहण गर्ने गरिन्छ। तसर्थ यश मन्त्रमा रहेकाे २४ वर्णलाई चार वेदले गुणन गर्दा आउने ९६ (२४×४) अङ्कलाई आधार मानिन्छ र लम्बाई बनाइन्छ। साथमा ताेरिकाे दानाजत्राे यसकाे आकार हुनुपर्छ भन्ने मान्यता रहिआएकाे छ। तथापि यस चलन आजकाल लाेप हुन थालेकाे छ।

 

जनाई लगाउनुकाे कारण

माथि नै भनियाे जीवन यज्ञ हाे र जनाई लगाउनु यसलाई मनन गर्नु हाे। तसर्थ जनाईमा पारिने गाँठाेलाई "ब्रह्म ग्रन्थि" भनिन्छ। अर्थात मूलाधार चक्रलाई नियन्त्रण गरि स्वाधिस्ठान चक्रलाई सक्रिय गर्नु पुर्व यी दुईबिचकाे उक्त ग्रन्थी ताेडन जरुरि छ भन्ने प्रतीकात्मक सङ्केत नै जनाईकाे गाँठाे हाे। तसर्थ जीवन भाेगविलास मात्र नभै ज्ञान र माेक्षमा पनि लगाउँछु भनेर प्रतिज्ञा गर्नु नै जनाई धारण गर्नु भनेर हाे बुझ्दा हुन्छ ।

 

तथापि ब्राह्मणले सेताे, क्षेत्रियले राताे र वैश्यले पहेँलाे लगाउनुपर्छ भन्नू र शुद्रले लगाउनै हुन्न भन्नु पछिपछि शक्तिशालिले कमजाेरमाथि दमन गरेकाे भनेर बुझ्न सकिन्छ।  अझ गायत्रि मन्त्रलाई गाेप्य रुपमा मात्र उच्चारण गर्नु त अत्याचार नै भयाे। यसकाे पछाडिकाे मानसिकताले नै सारा दर्शनलाई अपमान भाव जगाउने काम भयाे सारा सत्ज्ञान भुलाएर।

 

जीवनलाई भाेगकाे रुपमा मात्र जिउने चाहनेले जनाई नलाए पनि हुने भएकाेले शुद्रहरुलाई लगाउन जरुरि भएन। किनकी माेक्ष मार्गमा अग्रसर हुन गरिने वचनकाे प्रतीक जनाई लगाएर भाैतिक सुखमा मात्र रमाउन खाेज्नु कष्टप्रद हुनसक्छ। तर चाहेकाे खण्डमा उसले पनि ग्रहण गर्न सक्छ। र ब्राह्मणले पनि शुद्रता राेजेमा त्याग गर्न सक्छन्। याे ग्रहण गरेर मात्र माेक्ष मिल्ने हैन कर्मले मिल्छ। वेदले मानिस जन्मदा शुद्र हुने र कर्मले वैश्य, क्षेत्रिय वा ब्राह्मण वा वर्णहिन हुने भनेकाे छ।

तसर्थ यी चार वर्ण जात हैन बरु मानविय गुण हाे। चेतना र ज्ञानकाे आधारमा पाइने उपमा हाे। तर पछि गएर ब्राह्मणकाे सन्तान ब्राह्मण वा शुद्रकाे सन्तान शुद्र बनाईयाे। हिजाे गुरुहरुले मानिसकाे यी चार गुणकाे क्षमता बुझेर तेही अनुसार शिक्षा दिन्थे। तर ज शुद्र गुण भएकाहरुलाई पनि ब्राह्मण भनिन्छन्। यसैले त काम, अर्थ र भाेगकाे चक्रमा फँसेर हामी बाँचिरेछाैँ र भाेजन, मैथुन र निद्रामा मात्र सिमित भएर बाँच्नु नै शुद्रता हाे।

ओशाेले हामी बुद्ध बन्न जन्मेका हाैँ भने जस्तै जनाई लगाएर म जीवन-यज्ञ अारम्भ गर्दै छु भन्ने हिजाे गरिने स्विकाराेक्ति अाज जातिय दम्भ देखाउने आधार बनेकाे छ। जसरि मानवीय गुणलाई जात बनाएर युगाैँदेखि अत्यचार गरियाे, गरिँदैछ र कहिलेसम्म गरिने हाे?

यसर्थ जनाई धारण गर्नु भनेकाे जीवन, चेतना र आफूप्रति प्रतीज्ञा गर्नु हाे नकि स्वयमलाई अरुभन्दा ठूलाे बनाइनु हाे। आज जसरी जात अनुसार लगाउनै पर्छ भन्नुकाे केही तुक छैन, यदी यी प्रतिज्ञा पूरा गर्न प्रयास गरिन्न भने। अर्थात् जनाई लाउनु वा नलाउनु भन्दा पनि कर्म महत्त्वपूर्ण हाे। तथापि आज जसरि यसकाे कारणले सामाजिक विभेद खडा गरेकाे त्याे केवल अज्ञानता हाे।

 

साेह्र कर्महरु

१) गर्भधारण- गर्भ धारण गर्न तयार।

२) पुणसावन- भ्रुण संरक्षण

३) सीमान्ताेनयन- गर्भवति माकाे संरक्षण

४) जातकर्म- सन्तानकाे समग्र विकास।

) नामकरण- नाम दिने काम।

) निश्क्रमण- सन्तानलाई बाह्य जगतसँग परिचय गराउनु।

७) अन्नप्राशन- भात खुवाई।

८) मुण्डन- कपाल खाैरने।

९) कर्णभेद- कान छेँड्ने।

१०) यज्ञाेपवित- व्रतबन्ध।

११) वेदारम्भ- शिक्षाआरम्भ।

१२) समावर्तन- दिक्षान्त।

१३) विवाह

१४) सर्वसँस्कार- सन्यासकाे तयारि।

१५) सन्यास

१६) अन्त्यष्टि

 

 

 

०४. श्रावण. २०७७/ १९. जुलाई. २०२०/ शनिबार/ नखुडाेल/ ९:०० साँझ

 

स्राेत तथा थप अध्ययनकाे लागि:-

A) Quora

1) https://qr.ae/pNsyoc

2) https://qr.ae/pNsykP

3) https://qr.ae/pNsyuX

4) जनाई 

5)https://m.facebook.com/notes/nithyananda-sangha-cluj/muladhara-chakra-mahavatar-paramahamsa-sri-nithyananda-swamiji/1658678884375674/

 

 

Comments