मधेश यात्रा

नेचुरल्लीदीपक

मधेश यात्रा
१०. कार्तिक. २०७६/ २७. अक्टाेबर. २०१९/ अाइतबार देखि २४कार्तिक२०७६१०नाेभेम्बर२०१९अाईतबार


पहिलाे दिन
हिजाेबाट जान अलि मन लागेकाे थिएन । तेही पनि गएँ । म चाँडै तयार भएकाे थिएँ तर ११ बजेपछि मात्र म पुगेँ लगनखेल फुकुसँग । तेहाँ अाएका थिए पवित्रा, निलम, र पवित्राका २ जना भाइहरु । अब हामी गाउँदै र माउँदै पुग्छाैँ बल्खु । गाडिमा पनि निकै मजा गर्छाैँ गाउँदै र रमाउँदै । म पहिलाे पटक भीमफेदिकाे बाटाे हिँडेको हाे । भाइहरु दुबैजना निदाउँछन् । बाटाेमा हामी खाजा खान्छाैँ । म पैसा तिर्न खाेज्छु तर पबित्राले तिर्छ । मलाई बाटाेमा हेटाैँडा खुब मनपर्छ र मनपर्छ खुला फाँटहरु मधेशकाे । अनि पविकाे घरमा पुग्छाैँ । राम्राे घर रैछ उसकाे र ठुलाे फाँट खेतकाे । हामीलाई चाउचाउ अण्डा रैछ खाजा अामाले बनाइदिनु भएकाे । खाएर नुहाउँछु म । अनि रङ्गाेलि तयार पार्छाैँ हामी । निकै रमाइलाे हुन्छ । साँझमा देउसि हेर्न हामी सन्है परिवार निस्कन्छाैँ । म सब थकाइ भुल्छु । १० कक्षाका वद्यार्थीहरुकाे देउसि हेर्छाैँ ।।


दाेस्राे दिन

अाज ६:३० तिर उठेछु । राती अलि निद्रा खलबलिएकाे थियाे । म ठुलो भाइसँग सुतेकाे थिएँ । अनि सामान्य काम सकेपछि त पवित्रार निलम लुगा धुन थाले । निकै धेरै लुगाहरु धाेए । निलम सुकाउदै थिई, अचानक डाेरि चुटिएर सब लुगाहरु भुइँमा पसारिए । अनि त फेरि काम । अनि दिन यतिकै गयाे । पर पर उखु, अाँप र केराकाे बगैँचाहरु थिए । मलाई घुम्न जान मन थियाे । खाजा खाएपछि साँझ हामी घुम्न जान्छाैँ । फर्कदा त झमक्क अध्याँराे पाे हुन्छ । मज्जा अायाे पवित्रा र निलमसँग घुम्न । गर्मी छैन ठिक्ककाे माैसम छ । अनि रातमा पिलुवा चाेक जान्छाैँ, मगर सङ्घकाे देउसि हेर्न । सब नाचेकाे छन् । मलाई मज्जा लागेकाे चैँ श्रीमान-श्रीमतिकाे युगल नाच हाे । हामी तीनजनासँग पवित्राकाे अामा पनि हुनुहुन्छ । उहाँ त हाम्राे साथी पाे बन्नु भाे । अनि ११ बजेतिर घर अाएर सुत्छाैँ । हाम्राे घरकाे झ्याल-ढाेका खुल्लै छाेडेर गाकाे थियाैँ हिजाे पनि र अाज पनि । यहाँ याे गाउँमा चाेरि खासै नहुने रैछ । सब दाजुभाइ र अाफन्त खलक, याे मगर गाउँ । अनि सबै झगडा गर्न उद्दत रहने । ग्याङ्ग फाइटकाे अनुभव त सबैमा । याे मगर गाउँ वरिपरि सबैसँग जाेरि खाेज्ने रैछन् ।।


तेस्राे दिन
 अाज भाइ टीका । यसैले पवित्रा दई भाइलाई टीका लगाइदिन विहानबाट मिहिनेतमा जुटेकि छिन् । हिजाे हामी साँझमा चामल भिजाएर सेल पकाएकाे थियाैँ । बनावट नराम्राे भए पनि संवाद भने मिठो  थियोे । अरु पनि केके पकाइन् उनले । टीका लगाएपछि हामी फाेटाे खिच्छाैँ र पवित्राहरु नाच्न थाल्छन् । ऊ निकै राम्राे नाच्ने रहिछ । म भने थाकेकाेले घरमा अाएर अाराम गर्छु । उनीहरु नाचिरहेका थिए । साँझ खाना पछि हामी उसरि नै देउसि हेर्न गाकाे त झगडा पाे गरिरहेका रहेछन् । हामी फरक्क फर्केर अाउँछाैँ ।  अनि विशाल भन्ने एउटा केटा रैछ पवित्रालाई मन पराउने । मातेर अनि साथीकाे अाँडमा उसलाई भेट्न अएकाे थियाे ।
र, सुत्ने बेला अचानक किन हाे पवित्रा रुन्छिन् । अामा पनि साथ दिनुहुन्छ । हामीलाई खासै थाहा हुन्न ।

 


चाैथाे दिन
अाज पनि विहान उस्तै सुन्दर रह्याे खाना खाएपछि म राैतहट लाग्ने भएँ । निलम भने विहानै काठमाण्डाैँ हिँडिन् । मलाई अलि खल्लाे लागेकाे थियाे बिछाेड । सानाे टेम्पाे चढेर म पिलुवासम्म पुग्छु ठूलो भाइ पनि साथमा छ । हिँड्न लाग्दा अामाले हातमा १००० थमाइदिनुभाे कर गरेर । लाज लाग्याे । अनि पिलुवासम्म भाइ गयाे । याे ठुलो  भाइ त साह्रै बदमास भएको रैछ । बाटाेमा हिँड्ने गाडिहरुमा साना साना ढुङ्गाहरुले हानि पाे रहन्छ हाै । निकैबेर घाममा टटिएर बस पर्खनु निकै पीडादायक भयाे ।बल्लतल्ल त अायाे तर झण्डै लान मानेन । गाैर जाने भनेपछि चै लाने भए तर बस्ने ठाउँ भए पाे । अन्तिममा ईन्जिनमाथिकाे सिटमा बस्न पाएँ । अनि विहानबाट अरुणसँग सम्पर्कमा छु । ऊ छाेरा बिमार भएकाेले विरगञ्ज गएकाे रैछ । यसैले मातृका, उसकाे भाइले कल गर्छ र मलाई झुन्खुनवामा झर्न भन्छ । अलिपछि सजिलाे सिट पनि पाउँछु । चपुर हुँदै अाफ्नाे गन्तव्य पुग्छु र मातृका लिन अाउँछ । कच्चिबाटाेबाट अाधा घण्टाजति बाईकमा यात्रा गरेपछि पुग्छु अरुणकाे घर । अामासँग भेट हुन्छ । नेपाली नजान्ने उहाँसँग म भाेजपुरि नजान्नेकाे गफ नै हुन सक्दैन । खाजा खाएर एक्लै बस्छु । साँझमा अरुकाे दाइकाे छाेराहरूसँग भेटघाट हुन्छ अनि नेपाली बाेल्छु । उसकाे बाबासँग पनि भेट हुन्छ । अनि साँझमा घुम्न निस्कन्छु मातृकासँग र मिठाई खान्छु । यहाँकाे अति विशेष रैछ । मलाई पनि मन पर्छ । रातमा उसकाे पुरानाे घरमा गएर खाना खान्छु र सुत्न अाउँछु नयाँ घर । मलाई बसिन्जेल यताउता अरुणहरुले बाईकमा नै गराउँछन् । साँझामा अरुणकाे अर्काे भाइ रुदल र उसकी श्रीमतिसँग पनि हुन्छ । नुहाउन भने मैले पाउँदिनँ । थाकेकाेले मजाले निदाउँछु । साँझमा श्रद्धा, अस्गरि, मुस्कानजस्ता साना साना नानिहरुसँग भेट हुन्छ । टाँगा, रिक्सा, साईकल, बाईक र गाडाहरु खुब कुदिरहन्छन् घर अगाडिकाे बाटाेमा । अलि एकसाथ मस्जिद र मन्दिरकाे अावाज अाउँछ । याे अफ्ताव अलमकाे
सहर हाे यसैले उनकाे बारेमा साँझमा गफ पनि चल्छ ।  हामीलाई पनि राजपुर फरहदवा गाउँकाे याे कुरा थाहा भएकाेमा त्यहाँ भएका मान्छेहरु छक्क पर्छन् ।

पाँचाै दिन(बिहिबार)

म नयाँ घरमा बसेर खाना खान लाग्दा अरुण पनि छाेरासँग अाइपुग्छ । हिजाेबाट त्यति मजा नलागिरहेकाे थियाे अलि रमाइलाे लाग्छ । किनकी ऊ नै त चिनजानकाे हाे यहाँ । खाना खाएर नुहाइवरि हामी गाैर जान्छाैँ बाईकमा । पिप्राकाे बाटाेबाट तर याे नाकाबाट बाईक लिन नमिल्ने रैछ । अब हामी खाजा खाएर बर्गिनिया जान्छाैँ त्यहाँ अरुणकाे साथी रैछ । तर घरमा ताला लगाइएकाे छ । अब हुन्छ दिक्क लाग्दाे । अनि एउटा सानाे केटाले, "अाप नेपाली हाे?" भन्छ मेराे अनुहारमा हेरेर । म बाईकमा नै हुन्छु । अब सिधा घर फर्कन्छाैँ भाेलि विरगञ्ज जाने निर्णयकासाथ । अाराम गर्छाैँ । साँझमा चिया खान निस्कन्छाैँ । भतिजलाई चै उसले किनिदिँदैन चिया । मैले मागिदिन्छु । हामी त बच्चाहरुकाे अगाडि यसरी खाँदैनाैँ त । राती म, अरुण र उसकाे छाेरा एकसाथ सुत्छाैँ । म राम्राेसँग निदाउँदिनँ । यसरी सुतेकाे पहिलाे पल्ट हाे । उसकाे छाेराले बिचबिचमा खल्बलाउँछ निद्रा र रातभर बत्ति बालिन्छ । म साेच्छु यहाँ यस्तै छ ।


छैठाैँ दिन (शुक्रबार)
अाज पनि चाँडै खाजा पनि नखाइ अाठ नै नबजि हामी विरगञ्ज रवाना हुन्छाैँ । बाटाेमा खाजा खान्छाैँ । यहाँ मलाई एउटा मान्छे माया लागेर भनेर ४० रुपैया दिन्छ । अनि बाराकाे गढिमाई हुँदै कलैया नाघेर विरगञ्ज भन्सार पुग्छाैँ । जहाँ बाईकाे सल्लाहकाे लागि कृष्ण बाजेसँग भेट हुन्छ । उनले लक्ष्मीपुरकाे ठेगाना दिन्छन् । अनि पैसा झिक्न हामी एनअाईसीकाे अफिस अाउँछाैँ । पैसा झिकेपछि अरुणकाे श्रीमती र उनकाे दिदीसँग भेट गर्छाैँ अनि रक्साैलकाे लक्ष्मीपुर लाग्छाैँ । जहाँ पहिला हाेण्डा अनि हिराेकाे साेरुम पुग्छाैँ, दुबैले नहुने कुरा गर्छन् । तर सुजुकीले गरिदिने भन्छ । कुरा मिलाउँदा मिलाउँदा ८१,५०० भारुकाे बाटा गरेर १३२८४५ रुपैँया दिन्छु । त्यहाँ साेनु सिँहसँग भेट हुन्छ । जाे साेरुममा काम गर्ने हुन्छ । म नेपालीमा नै बाेल्छु उनीहरु बुझ्छन् । ३ बजेपछि खाजा खान पुग्छाैँ निस्केर । फाेहाेर ठाउँ तर खाना मिठाे । भुजा, चम, पकाैडा र चनाकाे तरकारि । तर खाकाे कागजकाे प्लेट भने अाफ्नै टेबुलमुनि फालेर थुपारिएकाे । अनि हतार हतार सिधै घर लाग्छाैँ । बाटाेमा २ जना लड्दै गरेकाे भेट्छाैँ अनि अलिपर सानाे दुरघटना पनि भेट्छाैँ । घर अाउँदख त झमक्क पर्छ । अाज त म पूरा थाकेँ अनि खाना खाएर सुतिन्छ बस, हिजाेजस्तै । तर अाज बत्ति निभाइन्छ । हिजाे अरुणले पनि मैले बत्ति ननिभाई सुत्छु भन्ने साेचेकाे रैछ । हाहा । बुधबार बाईक तयार हुने साेनुले भनेकाे हुन्छ २ दिनकाे छठले ।।

साताैँ दिन (शनिबार)

अाज सामान्य छ दिन । खाना खान्छाैँ अनि नुहाईधुवाई चल्छ । अाराम गर्छाैँ । साँझ ३ बजे छठ पूजा गर्न हामी नदी किनारा पुग्छाैँ । ठुलाेठुलाे अावाज छ । धेरै मान्छेहरु छन् । अब हामी पूजा सकेर घुम्न निस्कन्छाैँ । अरुणकाे साथीहरु अमरदीप, चन्द्रहन्स र उसकाे सरसँग भेट हुन्छ । हामी मुसलमानकाे चिया पसलमा पिउँछाैँ । यसैले खासै धेरै अाउँदैनन् । हिन्दुहरुकाे पसल भीड छ । यही घाटकाे विषयमा पनि अलि अगाडि द्वन्द्व भएकाे रैछ । साथीहरुकाे गफबाट हिन्दु र मुस्लिमकाे खतरनाक सङ्घर्ष महसुस गर्छु । अमरदीपले त मुसलमानहरुले अाफ्नाे सन्तानहरुकाे नाम अाेसामा राखेकाेमा पनि विराेध गर्दै थियाे ।।


अाठाैँ दिन (अाईतबार)

अाज विहान हामी छठकाे पूजा गरेर सक्छाै छठ । अनि दिनभर चिया गफ चल्छ साथीहरुसँग अरुणकाे । ५/६ जना छन् साथीहरु । एउटा साथी ईसाइ भएका रहेछन् । सबले उनलाई उडाउँछन् । हामी अाफ्तावकाे गफ गर्छाैँ र अनेक कुरा हुन्छ । खानापछि म अरुणसँग किरण कुमार साहकाे घरमा पुग्छाै । उनी नेता रहेछन् राजपाकाे । अाफ्तावकै कुरा चल्छ । अमरदीप पनि छ । लाग्छ याे त हिन्दु मुसलमानकाे लडाइँ हाे । घर फर्कदा अमरदीपलाई अलि परसम्म हामी छाेड्न जान्छाैँ । उसलाई डर रैछ मुसलमानहरुबाट अरुणले भन्छ । हामी अलि पर नै बसेर हेर्छाैँ । अरुण कल गर्छ नउठ्दा ऊ हड्बडाउँछ । जटिल भाकाे छ धार्मिक द्वन्द्व ।

नवाैँ दिन (साेमबार)

अरुण अाफ्नाे नयाँ छाेरा जन्मिएकाेले विरगञ्ज जान्छ ।म दिनभर एक्लै काेठामा हुन्छु । फिल्म हेर्नू मात्र काम हुन्छ । साेनुसिँहलाई कल गर्छु बाईककाेलागि । अलि ३/४ महिना अघि फर्म भरेकाे अपाङ्ग महासङ्घकाे कल अाउँछ । भाेली मेराे स्काईपमा अन्तरवार्ता हुने निश्चित् हुन्छ । म काेठामा नै दिनभर ।  अलि बाेर हुन्छु ।।


दशाैँ दिन (मङ्गलबार)

अाज पनि खाना, फिल्म र काेठाकाे बास भयाे । साँझ चिया खान गाकाे दलितलाई पसलेले अर्कै गिलासमा चिया दियाे अनि भूइँमा बसेकाे थियाे त्याे बुढा अलग्ग । पैसा भने चल्ने । अाज दिनभर अरुणकाे नयाँ घरमा नेट चलाउँदै बसेँ अनेक साथीहरुसँग गफ गर्दै मेसेन्जरमा मज्जा अायाे । अन्तरवार्ताकाे लागि गाकाे थिएँ, २ बजे भनेकाे ६ बजे भयाे । रमाइलाे भयाे र राम्राे पनि । अन्जनासँग पनि गफ गरेँ साँझमा ।।


एघाराैँ दिन (बुधबार)

अाज पनि हिजाेजस्तै फिल्म र काेठा । खाना र नेट । अनि चिया । म अलि बाेर भाकाे छु । सबै अाअाफ्नाे काममा गईसके । काेही स्कुल त काेही कता । प्रायः गाउँमा काेही नबस्ने । यसरी त रमाईलाे नै भएन । फाेनमा अनेक साथीहरु र उचितकाे अामा अनि घरमा सम्पर्क गर्छु ।

बाह्राै दिन (बिहीबार)

अाज के गर्ने अन्याैलमा थिएँ म । खाना खाएपछि विरगञ्ज जाने कुरा थ्याे । म, कन्हैया एकजना भाइकाे बाइमा चढेर डमार बजार पुगियाे । मिठाई यहाँ खाइयाे दुबैले । अब गाडि पर्खिएर बसियाे अनि १२:३० तिर अायाे बस । हामी चढ्याैँ । यसरी हिँडेकाे बस दिनभर धुलाे र कच्चि सडक पार गरेर हामी विरगञ्ज पुग्दा करिब ५ बजेकाे थियाे । हामी अटाे चढेर उप- क्षेत्रिय अस्पताल जान्छाैँ अरुणकाे नयाँ छाेरा हेर्न । म ५० दिन्छु केटाेलाई । भाेक लागेकाे थियाे मैले अण्डा, चिया खान्छु बाहिर एउटि महिलाले बेच्दै गरेकाे ठेलामा अरुणसँग । बल्ल बल्ल चन्द्रहन्स अाउँछ । अनि हामी टेम्पाे चढेर नारायणि लज पुग्छाैँ । सामान राखेर हामी खाना खान चाेकतिर लाग्छाैँ । घण्टाघर हुँदै । एउटा पसलमा राेटि खान्छाैँ । तर पैसा ४७० तिर्छ उसैले । याे त अति महङ्गाे भयाे । अनि लजमा अाएर म नुहाउँछ । सुत्नेबेला मलाई याैनका कुरा साेध्छ ऊ । म भाकाे कुरा भनउदिन्छु । ऊ गुरु महाराजजिकाे भक्त रैछ । मेराे गिद्दि खान्छ ।वाक्क लाग्दाे । सुत्छु अन्त्यमा ।।।

तेह्राैँ दिन (शुक्रबार)

विहान हामी दुई हाेटलबाट निस्कन्छाैँ । मलाई भाेक लागेकाे थियाे तर ११ बज्दा बल्ल खाना खान हिँडाैँ भन्छ चन्द्रहन्स । अरुण पनि छक्क पर्छ । हामी खाना खान निकै पर पुग्छाैँ । मलाई अलि असहज हुन्छ । पछि पाे रिक्सामा अाउनुपर्ने भन्छ ऊ । हिँडेरै फर्कन्छाैँ हामी । म साेच्दै थिएँ अरुणकाे बाईक लिएर जाने हाे तर हाी गाडि चढेर जान्छाैँ । खानाकाे पैसा उसैले तिर्छ । अनि गाडि भाडा पनि । १०/१० रुपैँया तिर्नुपर्ने ७० लिन्छ दुबैजनाकाे चालकले । कसैले हामीलाई सचेत गराउँदैन । ऊ पनि हुस्सु । हामी साेरुमबाट बाईक लिएर अघि के बढेकाे हुन्छाैँ ऊ चलाउनै सक्दैन । सडककाे किनारातिर मात्र पुराउँछ ऊ । अन्तमा ऊ हार मान्छ । मेकानिकले १००० लिएर पुर्याइदिने भन्छ । मसँग उपाए छैन । ५०० त टिप्स नै देकाे हाे मैले । यतिकैमा िाँझ पर्छ । हामी अाउनै ढिलाे भाे । म र ऊ हिँडेरै नेपालतिर छिर्छाैँ । ऊ लड्छ । म उसकाे कुराले वाक्क भाकाे छु । यसैले ठिक्क पर्याे भन्छु मनमनमा । तर म पनि उसैगरि उहीँ स्थानमा लड्छु । म उसकाे पछाडि छु ।
     भन्सारमा पर्खन्छाैँ हामी तर बाईक अाउँदैन । अरुणलाई बाेलाउँछु म । ऊ ट्रेन चढेर घर जान्छ । अरुण र म साँझमा साेरुमतिर लाग्छाैँ । भारतिय भन्सारमा बाईक लिने प्रकृया बुझ्छाैँ । कसैले मिल्ने त कसैले नमिल्ने भन्छन् । एक अफिसरले त मलाई चाईनिज भन्छ । हामी फेरि साेरुम पुग्छाैँ । सब कुरा हुन्छ । भाेलि काम गर्ने निर्णय हुन्छ । भारतिय भन्सारमा पैसा खुवाउनुपर्ने कुरा हुन्छ अादि । रात परिसक्याे । अरुणकाे छाेरा र श्रीमती अस्पतालमा छन् । हामी फर्कन्छाैँ । साेनुले चलाउँछ बाईक ।।
     म एक्लै अरुणलाई अस्पतालमा छाडेर नारायणि गेस्ट हाउस पुग्छु । बस अब सामान राखेर खाना खाने ठाउँ खाेज्छु । पसिनाले पुरै भिजेकाे छु । अब एउटा गम्छा १४० मा किन्छु । पसले मेराे पसिना देखेर छक्क पर्छ ।खाना खान्छु १०५ काे, ७० रुपैँया प्लेटकाे ।
     अनि एक्लै घुम्दै फर्कन्छु । घण्टाघर अगाडि चिया पिउन बस्छु । सब भेला भएका छन् । केटाहरु यता मनपरि बाेलिरहेछन् । उता सानाे केटा चिया बेचिरहेछ । घण्टाघर चुप छ । म रमाईरहेछु । एक्ले अाउँछु । नुहाएर सुत्छु । अामा चिन्ता गर्नु हुन्छ । मज्जाले सुतेँ, नाङ्गै ।


चाैधाैँ र पन्ध्राैँ दिन (शनिबार/अाईतबार)

बिहानै अरुण फाेन गर्छ । म सामान त्यही राखेर उसकाेमा पुग्छु । खाना पनि नखाई कृष्ण बाजेलाई भेट्छाैँ र साेरुम पुग्छाैँ सिमा पार । चाँडै पुगिएछ । साेनुलाई पर्खन्छाैँ । अनि बाईक लान सेल्स सर्टिफिकेट चाहिने कुरा गरेका थिए कृष्ण बाजेले । तर दिन मान्दैन । मलाई झाेँक चल्छ । पैसा फिर्ता माग्छु । बाईक लानै मन लाग्दैन । अरुणले लान कर गर्छ ।  अनि टिभिएसकाे साेरुम जान्छाैँ अरुण, म र साेरुमकाे एक कामदार । सेल्स सर्टिफिकेट, ईनभाेईस दिने र विरगञ्जसम्म यतिकै लगिदिने भन्छन् उनीहरु । म अाएर पैसा माग्छु । अनि बाध्य भएर दिन्छन् यी सब कागजात । अनि बार्डरसम्म बाईक ल्याईदिने काम हुन्छ । म र अरुण अघिअघि । १२ बजिसकेकाे छ कृष्ण बाजे ढिलाे अाउँछन्। कल गर्न एकजनासँग फाेन माग्छु उसैले चिसाे र १०० रिचार्ज कार्ड किनिदिन्छन् । अनि माइति नेपालकाे पाेस्टमा बस्न कुर्सि  पनिमिलाइ दिन्छन् । त्यहाँ दुई युवती रहेछन् यी दाहाल जिलाई उडाउँछने । एउटिसँग क्रिश्चियन धर्मा गफ गर्छु । अचानक कृष्ण बाजे अाउँछन् । काम दिन्छु उनी त ३००० पाे माग्छन् ।म १००० दिन्छु । रिस उठ्छ । हाकिमलाई भेटेर भन्छु ५०० बढि दियाै भन्छ । दाहालजिलाई पनि भन्छु । भाेक थाहा पाउँदिन । अरुणलाई अघिनै अस्पताल पठाएँ । बस मिलाउन अलिपर काउन्टर जाँदा ठेलामा भाकाे खाजा, चना भुजा खान्छु । बस मिलाएर फर्कन्छु । काम सक्दा साँझ पर्छ । चलानि गर्न बाँकि रहन्छ । नत्र ५०० फिर्ता लिन्थेँ म कृष्ण बाजेसँग । उसैलाई काम दिन्छु । अनि अरुणलाई बाेलाउँछु । उसँग सामान लिन गेस्टहाउस पुग्छु । अब बसमा बाइक चढाउनु छ । अरुणले जबरजस्ति चलाएर लगिदिन्छ । अनि बल्ल बल्ल छतमा बाईक चढाउँछन् । १००० माग्छन् अरु । अरुण यस्ताे मान्छेसँग लिने भन्छ । सब कराउँछन् । म दिन्छु । सिट हेर्छु  त चालक पछाडिकाे सानाे सिट पाे । अझ दुईजना बस्नुपर्ने । म त कराउन थाल्छु । केही पर पुगेपछि ईन्जिनमाथिकाे सिट पाउँछु । बल्ल अलि सास अाउँछ । सुत्न खाेज्छु झाेलामा फुट्ने चिज छ भन्छन् सबैजना । तर म मिलाएर सुत्छु । एकजना अाएर मेराे छेउकाे मान्छेलाई कराउँछ । म उल्टाे कराउँछु । बस्न नमिल्ने सिटमा कसरी बस्नु?? ऊ चुप लाग्छ । अब मअान्नदले सुत्छु । मज्जा लाग्छ ।
     ११ बजेतिर खाना खान उठ्छाैँ । खाना १५० पर्छ । अघि कराउने त कडक्टर पाे रैछ । चालक र उसँग बसेर खाना खान्छु । चिनजान हुन्छ । खानापछि मसँगकाे मान्छेलाई उठाएर म सुत्छु । १ बजे ब्युउँझन्छु । अनि १ घण्टा समय दिन्छु मेराे ठाउँमा उसलाई सुत्न । अनि सुतेकाे 4 बजे उठ्छु । यतिकै नसुति बस्छु । त्याे मान्छे सुत्छ मेराे ठाउँमा । अब चिषा खान नाैबिसेमा  झर्छाैँ अनि त कन्डक्टरसँ मजाले दाेस्ति हुन्छ मेराे । २ कप चिया पिलाउँछ ऊ मलाई । म लेख्छुभन्दा ऊ मख्ख पर्छ । यसरी मैले पछाडिकाे सिट पनि पाउँछु । उसले सारा घरपरिवारकाे कुरा पनि सुनाउन भ्याउँछ । २९ वर्ष भएछ उसले काम गरेकाे याे क्षेत्रमा । ६ पनि नबज्दै हामी कलङ्कि पुग्छाैँ । उसैले खाेजिदिएकाे मान्छेहरुले बाईक झारिदिन्छन् १२०० दिन्छु । अनि १००० दिएर घरसम्म टाटामा हालेर ल्याउँछु । फुकु, अामा, देमदेम, अन्जाेलसँग भेट्छु ।अन्तत: घर । अलि अनाैठाे लाग्छ ।  १५ दिनमा अाइपुगेकाे । भाेलिबाट पढाउन जानू छ । कन्डक्टर सुमनकाे कल अाउँछ । र अरुणकाे पनि । सरसफाईमा दिन जान्छ र अाराम गर्छु । धन्यवाद अरुण र सबैलाई ।।।

दाहालजी

हामी भारतबाट बाईक नेपाल ल्याइपुराउँछाैँ । उताबाट अाएकाे मेकानिक मसँग ३ हजार मागिरहेछ । म दिन मान्दिन किनकी मैले दिनुपर्ने नै हैन । यसै मेसाेमा म कृष्ण बाजे खाेज्न थाल्छु । भेटिन्छन् दाहालजी । उनैले भाेजपूरि भाषामा थर्काएर पठाइदिन्छन् मेकानिकलाई । अरुण भाइ पनि तनावमा छ । म उसलाई पठाउँछु हस्पताल । अनि कृष्ण बाजे काममा लाग्छन् । दाहालजी अरुणलाई पनि शङ्का गर्छन् उसकाे अनुहार हेरेर । ठग हाे कि भन्ठान्छन् । अनि उनी मलाई पारि लिएर जान्छन् हामी जुस खान्छाैँ । पैसा उनैले तिरिदिन्छन् साथमा १०० रुपैँयाकाे नमस्तेकाे रिचार्ज कार्ड पनि ।

२ माईजुहरु

दाहालजी र म जुस पिएपछि नजिकै जान्छाैँ माइतिघरकाे कार्यालयमा । उनैले मागिदिन्छन् कुर्सी म बस्छु । गफ चल्छ । दुबैजना दाहालजीलाई बिहे नगर्ने भनेर जिस्काउँछन् । म सुनिरहेछु । हाँसिदिन्छु । अचानक मेराे बारेमा साेधिन्छ । म बताउँछु । काम चैँ लेख्ने र पढाउने भन्दा पत्याउन मान्दैनन् माइजुहरु । दुबै युवतिलाई दाहालजी माइजू भन्ने रैछन्  म गुगल सर्च गर्न गफ दिन्छु । हाहा । अनि धर्मकाे अचानक कुरा हुन्छ । एक मङ्गाेल अनुहार भएकाे युवती ईसाइ रहेछिन् । म जानेजति फलाक्छु । सबै छक्क पर्छन् । म कहाँ कम छु र ज्ञान र दर्शन छाँट्न हैट ।

घण्टाघर र चिया 

म एक्लै खूब घुम्छु विरगञ्जभरि । शरिरभरि पसिनाले पुरेकाे छ । खाना खाएर अाकाे छु । अचानक घण्टाघर अगाडि चिया खान मनपर्छ । खाईदिन्छु । टन्न अाला केटाहरु रहेछन् । भाेजपुरि बाेलिरहेका र मुख छाडिरहेकाे । म नि हेर्छु उनीहरुलाई उनीहरु पनि अलग तवरले हेर्छन् । चिया सर्व गर्ने सानाे फुच्चे भाइ छ । 

लाेभि बाजे

कृष्ण बाजेलाई म लाेभि बाजे भन्छु । मेराे काम गर्न ३ हजार माग्छ जम्मा । मलाई झाेँक चल्छ । ५ सय दिन खाेज्छु हजार मात्र हुन्छ अनि दिन्छु । रिस उठ्छ म अधिकृतलाई जान्छु । अहँ पर्दैन ५ सय मात्र देकाे भन्छन् उनी । म खुब रिसाकाे थिएँ । अनि खासमा ६६५ मात्र रकम तिर्नुपर्ने रैछ मैले । अाफैँले दिएँ । अब बैँकमा बसिरहेकाे सुरक्षाकर्मी दाइसँग मित्रता गाँस्छु । हेटाैँडा रहेछन् । अवकाशप्राप्त प्रहरी । अनि म त ५ सय फिर्ता लिने वालअ थिएँ बाजेसँग । तर काम अाज नसकेकाले म बाँकी पैसा पनि उसैलाई छाेडिदिन्छु नत्र एकदिन बढि बस्नुपर्छ वीरगञ्ज । मलाई पढाउन हतार भैसक्याे उता काठमाण्डाैँमा । यसैले चाँडाे जान चाहन्छु ।।।

मैले देखेकाे मधेशमा भइरहेका समस्याहरु;-

१) जातिय
२) क्षेत्रिय
३) अार्थिक
४) भाषिक
५) धार्मिक

Comments