पहिचान र लाहुरे
नेचुरल्लीदीपक
सवाल छ, जातिय पहिचानको । त्यसमा एकल वा बहुलको सवाल छ अहिले । सबैभन्दा महत्त्वपूर्ण कुरा त पहिचान के हो मा छ । पहिचान केवल जातिय मात्र हुन्न । जातिय पहिचान र उनिहरुको संस्कार, धर्म वा अन्य पक्षको पहिचान केवल सुनिदिँदैमा वा हेरिदिँदैमा मात्र हुन्न । जस्तो किः राईलाई राई भन्नु, बाहुनलाई बाहुन भन्नु वा मधेसीलाई मधेसी भन्नमा मात्र हुन्न पहिचान । पहिचान त उनिहरुको अस्तित्त्व आत्मसात् गर्नुमा हुन्छ । अर्थात् सबै वर्गको धर्म, संस्कार, रीति, भाषा, पोशाक आदिलाई पनि राष्ट्रिय सम्मान दिनु हो । वि. सं . ६२/६३ को जन—आनदोलनपछि ईद, साकेला, क्रिस्मस, ल्होसार आदिमा सार्वजनिक विदा दिने कार्यको थालनि राम्रो हो । साथै ढाकाटोपी लगाएको फोटो मात्र नागरिकतामा राख्ने प्राब्धान हटाइनु पनि पहिचान सम्बन्धि सकरात्मक कदम हो । किनकी दौरा — सुरुवाल मात्र नेपाली पोशाक होइन । नेपालीहरुले लगाउने धोती, बख्खु, घल्याकः सबै नेपाली पोशाक हुन् भन्ने भावनालाई स्विकार गर्नु नै पहिचान हो । कुनै एक वर्गको पहिचानले मात्र राष्ट्रले पूर्ण विकास र गति लिन सक्दैन । भन्नुको तात्पर्य, एक समय खस भाषा, दौरा—सुरुवाल, चौबन्दी र ढाकाटोपी अनि हिन्दु धर्म र चाँड पर्वलाई मात्र रष्ट्रिय मान्यता दिइयो । यो सरासर अन्याय भएको हो । (पहिचान यतिमा मात्र सिमित हुन्न यसका अझ सुक्ष्म आयाम पनि हुन्छन् जसको सम्मान गरिनुपर्छ ।) प्रत्येक व्याक्तिको आफ्नै स्वतन्त्र पहिचान हुन्छ । जब नेपाली समूदायमा रहेको जातिय विभेको अन्त्य गरेर गर्वसाथ आफ्नो पहिचान दिने अवस्थाको विकास गर्न सक्दा मात्रै नेपालले उन्नतीको शिखर चुम्न सक्छ । अर्थात् हाम्रो देशको कुना कन्दरामा कामीले कामी, सार्कीले सार्की र दमाईले दमाई भन्न नहिच्काउने मानसिक र सामाजिक अवस्थाको सीर्जना भएको अवस्थामा मात्र नेपाल समृद्ध बन्नेछ । कसैले पनि आफ्नो जातिय पहिचान वा अन्य लैङ्गिक, धार्मिक र सांस्कृतिक पहिचान लुकाउने अवस्थाको अन्त्य गरिनु पर्छ ।
अबको समय खुल्ला मानसिकताको विकास गरि सबैलाई आफ्नो क्षमता र अस्तित्त्व देखाउने अवस्थाको सिर्जना गरिनु पर्छ । कुनै पनि निर्णय गर्दा इतिहासको पुनः विश्लेषण र वैज्ञानिक खोज अनि अनुसन्धानको आधारमा गरिनुपर्छ । गाईलाई रष्ट्रिय जनावर मान्ने कि नमान्ने विषयमा पनि विवाद उठिरहेकै छ । हिन्दू धर्मावलम्बिहरु गाईको पूजा गर्छन् । तर राई, लिम्बु, तामाङ्ग लगायत अन्य समुदाय गौ—भक्षक प्राचिन् कालबाटै रहेको बुझिन्छ । पछि जबरजस्ति गौ हत्यामा रोक लगाइयो । तर अझै पनि गुपचुप हत्या गर्नेले गरिनै रहेका छन् । तसर्थ यी दुई समुदायको भावनामा ठेस नपर्ने गरि पहिचानको विषयमा निर्णय गरिनुपर्छ । नेपालमा वि.सं. १९५४ को मुलुकी ऐन पश्चात् जातिय विभेद अत्यन्त बढेको देखिन्छ (यसमा काेकाे मारिने मिल्ने, बेचिन मिल्नेदेखि ककसकाे जुठाे कसले खान मिल्ने सम्मका कुराहरु लेखिदिए। साथै आफूभन्दा सानाे बनाइएकाे समूदायलाई हेलाहाेचाे नगरे सजाय दिने व्यावस्थासम्म गरियाे) । अब पहिचानको अर्थ भुटानी शरणार्थीहरुको जस्तो हुनुहुन्न । भुटानले उनिहरुलाई नेपाली भनेर खेदे । नेपाल आएपछि उनिहरु फेरी भुटानी भए ।
अहिले सबैभन्दा ठूलो लडाईँ एकल जातिय राज्य र बहुल जातिय राज्यको विषयमा उठेको छ । यसको माग गर्नेले नेपाल एकिकरण र १९५४ को मुलुकी ऐन अगाडीको आधारमा आफ्नो माग प्रस्तुत गर्दै छन् । यसको कारण आधुनिक नेपालमा एकतन्त्रिय शासन र दमन नै हो । अहिले नेपाल एकिकरण अगाडीको अवस्थामा छैन । अनि कसैको अस्तित्त्व मास्न पनि मिल्दैन । तसर्थ निर्णय गर्न नेपाली जनतालाई नै दिनुपर्छ , आजको यो युगमा विश्व नै सानो गाउँ बनेको अवस्थामा । र सबैभन्दा ठूलो कुरा नेपालमा ८१% हिन्दु छन् भन्नुमा छ । ब्राम्हण, क्षेत्री, ठकुरी र मधेसी हिन्दु र दलित बाहेक अन्य जातिय समुह कहिल्यै हिन्दु थिएनन् । बनाइएकको हो । एकतन्त्रिय शासनको उपज हो । अझ अहिले किरात, मुस्लिम र बौद्धमार्गी बढिरहेको अवस्थामा कसरी अझै नेपाली ८१% हिन्दु नै छन् त ? यो अवैज्ञानिक हो । नेवार समुदाय पनि आफूहरु बौद्ध र हिन्दु दर्शनको बराबर अनुयायी भएको मान्छन् । अनि दलितहरु परिवर्तन धेरै मात्रामा धर्म परिवर्तन गरी ईसाई, बौद्ध र अन्य धर्म अङ्गाल्दै छन् । जबरजस्ति र पैसाको लोभमा मात्र धर्म परिवर्तन गरिएको सोच्नु मूर्खता हो । हिजो प्राकृतहरु शैव हुनु अनि सनातनिहरु बौद्ध धर्ममा रुपान्तरण पनि पैसाकै लागि भएका हुन् त ? जो पनि आफूले चाहेको धर्म मान्न सक्छन् । तर कसैले पनि आफ्नो राष्ट्रिय अस्तित्त्व र पहिचान मासेर अरुको नक्कल गर्नु अबुझपन र मूर्खता हो । २१ औँ शताब्दीको यो युगमा स्थानिय पहिचान अन्तराष्ट्रिय बन्दै छ । साथै अन्तराष्ट्रिय कैयन् कुराहरु स्थानियकरणतिर लाग्दै छन् । त्यसैले सबैले खुल्ला सोच राखेर अगाडी बढ्नुपर्ने अवस्था रहेको छ आज ।
कुरा गरौँ नेपाली लहुरेको । सन् १९७१/७२ को नेपाल—अङ्ग्रेज युद्ध पश्चात् नेपाली युवाहरु अङ्ग्रेज फौजमा भर्ना भए । अनि लडेः पहिलो विश्व युद्ध, दोस्रो विश्व युद्ध, फोक्ल्याण्डको युद्ध, ब्रुनाईको युद्ध र अझै लड्दै छन् भारत र अङ्ग्रेजका लागि । सोच्ने बेला भएको छ । अब कति वीर बन्नु अरुको लागि ?
सबैभन्दा महत्त्वपूर्ण कुरा, यसमा पनि जातिय रङ्ग चढाइयो । पहिले मगर अनि गुरुङ्ग, लिम्बु, राई अनि अन्य जाति भर्ना गर्यो अङ्ग्रेजले, रक्सि—जाँड खाएर लड्न सक्ने भएर । अनि राज्यले पनि पठायो केही पैसा लिएर मर्न आफ्नो नागरिक । अनि बने नेपाली भाडाका हत्यारा । हुन त वीर भएरै लडे हाम्रा पूर्खा । तसर्थ हामी वीर हौँ ? वा के हौँ ? उत्तर कठिन छ । ज्यानको बाजी थाप्नु सहज हुन्न । अब आफ्नो राष्ट्रको बारेमा पनि सोच्ने बेला भएको छ । हुन त ती युद्धहरुमा नेपालीहरुले धेरैको जीवन रक्षा गरे पनि । र, बहादुरिकाे अद्भूत नमुना देखाए, यसमा सदा नमन ।
अब त्यो समय रहेन । देशमा राम्रो रोजगार छैन । त्यसैले राम्रो आम्दानी र विदेश बसाईँको सपनामा युवाहरु मरिमेट्छन् बेलायति सेनामा जागिर खान १० औँ हजारको सङ्ख्यामा, तर केही सय मात्र छानिन्छन् । यसमा मूलतः राज्य सञ्चालकहरुको त्रुटी छ । तसर्थ यो बाध्यता हो । अर्कोतर्फ यी समुदायको सोच र वातावरण पनि कारण हो जसले गर्दा युवाहरु लाहुरे बन्न लालायित हुन्छन् । सायदै अन्य समुदायका युवा यतातिर ध्यान दिन्छन् । परिवर्तन जरुरी छ । हाम्रा लाखौँ पुर्खा अनाहकमा मरे अरुका लागि । त्यसैले यो विषयमा गर्व गर्ने वा नगर्ने ? द्वन्द्व छ । यदि देशमै राम्रो कमाउन सके सायदै कोही मरिमेट्थे होलान् । अब युवाले सोच्ने बेला भएको छ, के गर्दा दिगो विकास हुन्छ भनेर ।
अब कुरा गरौँ कोरिया, मलेसिया र खाँडी गएका लाहुरेको । यो पछिल्लो दशकको ठूलो हलचल हो । नेपाली शक्ति र मस्तिष्क हराउदै छन् । प्रत्येक दिन १५०० युवा विदेशिन्छन् र दिनै ३ शव भित्रिन्छन् देशमा । कसले यसको समाधान गर्ने ? नेपाली नश्ल नै नरहने अवस्था होला भन्ने भय लाग्छ ।
कोही युवा रहरले विदेशिन्नन् खाँडी, मलेसिया र कोरियातिर । यहाँभन्दा उता राम्रो वा सहज छैन । त्यो त जीविकोपार्जनको बाध्यता हो । यसको मुख्य कारण राजनितिक अस्थिरता नै हो । अझ देश चलाउनेहरु देशमै सहज रोजगार सिर्जना गर्नुभन्दा नयाँ—नयाँ गन्तव्य खोज्दै पठाउँदै छन् । नेपाल अहिले विश्वमै धेरै रेमिट्यान्स् कमाउने १० देशहरुमा पर्ने भएको छ । यसरी युवाहरु विदेशिदा हाम्रा नेताहरुलाई केही फाइदा पुग्छन् । ती हुन्:-
१. युवाहरुले पठाएका पैसामा हालीमुहाली गर्ने र शासन चलाउने ।
२. युवा नभएपछि उनिहरुको कुनियतबिरुद्ध लड्ने शक्ति रहन्न । तसर्थ सत्ता लामो समय टिक्छ ।
३. युवा नभएपछि सम्पूर्ण क्षेत्रमा आफ्नो नातेदार र मान्छे भर्ति गर्न सहज हुन्छ ।
यसरी केही नेताहरुले पूरै देश कब्जा गर्दै छन् । होईन भने कुन मन्त्रिको छोराले खाँडीमा ऊँट चराउँछ ? कुन नेताकी छोरी मलेसियामा बलात्कृत भएकी छे ? कुन ठालुको भाईको कोरियामा खुट्टा छिनेको छ ? तसर्थ बाध्यता हुँदा—हुँदै पनि सोच्ने बेला आएको छ । किनकी आफ्नो देश नबनाई अरुको गुलामी दिगो हुन्न । एक पटक सोचौँ त ?
मङ्सिर. २०७१/ नखुडाेल
राम्रो छ। देशका हरेक युवाले सोच्ने बेला आएको छ है।
ReplyDeleteहवस। सबै मिलेर साेचुङ् न त।।।
ReplyDelete