धर्म अनेक: सार एक

धर्म अनेक: सार एक

 

नेचुरल्लीदीपक



 

नेपालकाे प्राचीन् ईतिहासमा किरात, बाैद्ध अनि हिन्दू धर्मलाईलाई यहाँका धार्मिक अगुवाहरुले एक साथ अङ्गाले र नविन प्रयाेग गरे, त्याे पनि हजाराैँ वर्ष  अगाडि नै । र, धार्मिक समुदायलई एकत्रित गर्ने काेशिस गरे ।

यसरी बुद्धलाई विष्णुकै संज्ञा दिइयाे । जबकी जीवनभर उनले पुर्वजन्म-पुनर्मजन्म अनि ईश्वरिय तिलस्ममा विश्वास गरेनन् । अन्तत: उनकाे मृत्युकाे करिब १०० वर्ष पश्चात्, उनकाे दर्शन हिनायाना (थेरवाद) र महायाना जस्ता धार्मिक समूहमा विभक्त भयाे ।  अझ पछि गएर बज्रयान पनि विकास भएर अनेकाैँ अास्थाहरुकाे निर्माण हुनपुग्याे । यी सबै दर्शनहरुकाे अा-अाफ्नै गाैरवमय ईतिहास छ । तथापि  मानिन्छ कि उनकाे वास्तविक दर्शन थेरवादमा छ । भनिन्छ, बुद्ध वास्तविक कर्मवादि थिए । समग्रमा उनले तत्कालिन रुढि र गलत प्रवृत्तिहरुकाे भण्डाफाेर गरिदिए, जुन कुराहरु धर्मकाे अाँडमा जीवित थिए । बलिप्रथा, जातिय विभेद लगायत अनेक दुष्कर्मकाे विराेध गर्दै काम, क्राेध, लाेभ र माेहबाट कसरि सरल मुक्ति मिल्छ भन्ने ज्ञानकाे प्रचार गरे । समय-समयमा यहाँ एउटा धर्म शक्तिशालि भएर अर्काेलाई विस्थापन गरेकाे देखिन्छ । जसरी बाैद्ध दर्श र हिन्दू धर्म पनि ईस्लाम धर्मकाे चपेटा कुनै समय परेकाे थियाे ।।

१२ अाैँ शताब्दिमा हिन्दू धर्मलाई सबल बनाउन शङ्कराचार्यले भारतिय उपमहाद्विप क्षेत्रमा (नेपाल समेत) अभियान सञ्चालन गरे । नेपाल पनि बाैद्ध भिक्षु/भिक्षुणिहरुलाई विवाह गर्न बाध्य पारे ।

उता ईस्लाम धर्म पनि शक्तशालि भएपश्चात् भारतमा 'नालन्दा'जस्ताे बाैद्ध दर्शनकाे गढ ध्वस्त पारिदियाे । याे स्थल विश्वभरबाट बाैद्ध दर्शनकाे बारेमा ज्ञान अार्जन गर्न मानिसहरु अाउँथे ।

हुन त ईस्लामले भारतमा हिन्दू धर्मलाई पनि दबाएकै हाे । जबकी हिन्दूहरु ईस्लामलाई अाफूभन्दा नीच मान्थे । तथापि ताजमहल ईस्लामाकै उत्कृष्ट नमुना हाे । याे धर्म पनि सुरुवातमा धेरै अप्ठ्याराहरुबाट गुज्रिएकाे थियाे । यसले जेरुसलेमकाेलागि ईसाईसँग सयाैँ वर्ष लडेकाे छ । यी दुई कुनै समय साैहार्द रुपमा रहेता पनि ईशाकाे १ हजार वर्षकाे अासपासबाट यी दुईबिच वैमान्यश्यता सुरु भएकाे प्रमाण पाउन सकिन्छ । स्वयम् बाईबलकाे पुरानाे करारकाे उत्पत्तिकाे पुस्तकमा अब्राहमका २ छाेराहरु; ठूलाे छाेरा ईस्माइल ईस्लाम जातिकाे पिता र ईशहाक ईसाइहरुकाे पिताकाे रुपमा विकास हुने सङ्केत गरेकाे देखिन्छ (ईस्माईल र ईशहाक हिब्रु शब्द हुन् । ईस्मइलकाे अर्थ ईश्वरले सुने र ईशहाककाे अर्थ उनी हाँसे हाे । जेठा छाेरा नाेकर्नी हागरापट्टिकाे छाेरा अनि दाेस्राे छाेरा उनकाे श्रीमती सारापट्टिकाे बुझ्न सकिन्छ। परमेश्वरकाे अादेशमा अब्राहामले हागरा र ईस्माइललाई घर निकाला गरिदिन्छ र उनीहरुकाे रक्षा गर्ने प्रतिबद्धता जाहेर गर्छन् ईश्वरले । याे घट्ना हुँदा उनीहरु कनान देशमा थिए । जुन अाजकाे सिरिया र ईजिप्टकाेबिचमा पर्दछ) । यसरी बाईबल र कुरानबिच केही समानता भेटिन्छ । तर अाज यी दुईबिच अत्यन्त कटु सङ्घर्ष चलिरहेकाे छ । हुन त स्वयम् अाफैभित्र पनि हिंसात्मक द्वन्द्व चलिरहेकै छ ।

अर्काेतर्फ हिन्दू प्रचारकहरुले यति चलाखिपूर्वक किरातिलाई पनि हिन्दू धर्मभित्र सामेल गरिदिए कि कसैले पत्तै पाएनन् । पारुहाङ्गलाई शिव त भने, अझ शिवलाई नै किरातीहरु अाफ्नाे देवता पारुहाङ्गकाे रुपमा अाराधना गर्छन् भन्न पनि पछि परेनन् । किरातीहरु प्रकृति पूजक र पितृ पूजक हुन् । प्रकृति पालक र सर्जक हाे भने मातापिता संरक्षक हुन् । जबकि किरातका शिव हिन्दूले अङ्गालेका हुन् ।

प्राचीन कालमा वैदिक दर्शनकाे रुपमा परिचित हिन्दू धर्म, पाैराणिक काल अझ स्मृतिकालमा अाइपुग्दा अनेक तिलस्मि कहानिहरुबाट सु-सज्जित हुन गयाे । सति प्रथा, कर्मकाण्ड, महिनावारि, छुवाछुत अादि हिन्दू धर्ममा अभिसाप बनाएर प्रवेश गराइयाे । एकातिर नारीलाई सर्वशक्ति र धन-विद्याकाे देविकाे रुपमा पूजा गरिन्छ अर्काेतिर पापयाेनि भनेर दाेस्राे दर्जामा राखिन्छ । लक्ष्मी, पार्वति र सरस्वतिजस्ता देविहरुमाथिकाे अपमान हाे याे साेच त ।

वैदिक दर्शनले दैनिक जीवन, ज्ञानविज्ञान, चालचलन, स्वस्थ, दर्शन, प्रविधि, श्रम अादिकाे सङ्ग्रह गरेर ज्ञान बाँडेकाे देखिन्छ । कालान्तारमा अनेक नचाहिँदाे कुराहरुले यश दर्शनलाई दुरुह र अगम्य बनाइदियाे र सिमितकाे पहुँचमा राखियाे ।

हुन त मुन्धुम, बाइबल र  अन्य दर्शन शास्त्रहरु पनि श्रुति नै थिए सुरुवातमा । र, सारा शास्त्रहरुले असल जीवन यापन  तथा दुष्कर्मबाट जाेगिनुपर्ने शिक्षा दिएकाे छ ।

 

खाेजकर्ताहरु हिन्दू धर्म मूलरुपमा ३,००० वर्ष पूर्व विकसित भएकाे प्रमाण पेश गर्छन् तर यसमा अपत्ति जनाउनेहरु पनि उतिकै छन् । तथापि १३ अाैँ शताब्दिकाे फारसि दार्शनिक अल्बेरुनिले सिन्धु उपत्यकालाई हिन्दु भनी प्रयाेग गरेकाे प्रमाण पनि भेटिन्छ (फारसि भाषामा स अक्षर नहुनेभएकाेले) । अाज पाकिस्तान पर्ने सिन्धु नदीकाे क्षेत्रमा नै प्राचीन हिन्दू धर्मकाे उद्गमस्थल रहेकाे प्रशस्त प्रमाणहरु भेटिन्छन् ।

साथै हिन्दू देवताहरु अद्भूत प्रकृतिका बनाइए । जस्तै गणेश गण वा समूहका ईश । अनि यही प्रकृति बुझाउन गणपतिले हात्तिकाे मुकुण्डाे लगाउन थालेकाे हाे भन्ने मान्यता पनि रहेकाे छ । हात्ति शक्तिकाे प्रतीक हाे साथै बुद्धिकाे पनि । साथै गणेश राजा जस्तै पद भएकाे र समय अनुरुप फेरिरहने तथ्यहरु पनि अघि सारिने गरिएकाेछ । तर कालान्तरमा गणेशका नयाँ-नयाँ  कथाहरु सिर्जना गरिए भन्ने मान्यता पनि चल्ति रहेकाे छ ।

 

बाैद्ध दर्शनका सुरुवाति काल तिलस्मि र जादूयि कुराबाट अलि टाढा भएर कर्ममा जाेड दिएकाे बुझिन्छ । अनि गहिरिएर हेर्दा सारा ईश्वर एकै लक्ष्यमा क्रियाशिल भएकाे देखिन्छ। साथै विराेधाभाष हरेक धर्म र दर्शनामा देखिन्छ र विभाजन पनि । बाैद्ध दर्शन महायान, हिनायान र बज्रयानमा, ईसाई क्याथाेलिक, प्राेटेस्टेन्ट, अर्थाेडक्स लगायत कैयनमा विभक्त छन् अनि हिन्दू धर्म पनि अनेक चरित्रमा र साेचमा छरिएका छन् ।

 

यसरी प्रत्येक धर्मकाे उद्देश्य एकै देखिन्छ । मुक्ति, स्याल्वेसन वा निर्वाण । ईशाले विश्वासबाट गर्न सिकाए, बुद्धले कर्मबाट, कृष्णले त्यागद्वार र माेहम्मदले समर्पणबाट । तसर्थ अापसमा लड्नु मुर्खता हाे । अब हरेक धर्म-दर्शनभित्रका गलत प्रवृत्ति र रुढि ताेडेर नविन सुरुवात गर्नुछ, अझ सशक्त रुपमा ।

स्राेत सामग्रि:

१) नेपाल- सिल्भाँ लेभि

२) किरात धर्म- ईमानसिहँ चेम्जाेङ्ग

३) नेपाली राजनितिमा मङ्गाेलवाद, बाहुनवाद र माअाेवाद- गाेपाल गुरुङ्ग

४) माेदनाथ प्रश्रितका लेख- 

-अन्नपुर्ण पाेस्ट

. "कहाँ कहाँ थिए स्वर्ग?" (०५. असार. २०६७)

. "वर्ण, रङ्ग र जातिकाे वस्तुगत अर्थ" (०३. असार. २०६८)

. "शिव महान् वैज्ञानिक हुन्" (१९. भदाै. २०७२)

५)विष्णु प्रभात

"दर्शनभूमि नेपाल"; अन्नपूर्णपाेस्ट (०३. माघ. २०७१)

६) बाहुनवाद र दलित- अाहुति


 

२५. मङ्सिर. २०७१/ ११. डिसेम्बर. २०१४/ मङ्गलबार/नखुडाेल

Comments

  1. धेरै राम्रो लेखेछस। हो सबै धर्मको सार एउटै छ्। मानिसहरुले नबुझेर, यसको गलत प्रचार गरेर समाजमा झै- झगडा र कलह मचाइरहेका छन। राम्रो कुरामा research गरेर लेखेको छस। जारी राख यस्तो तेरो प्रयास। हेर धेरै मान्छे यस्तो कुरामा बोल्दैनन् त भने दिन -दिनै कलमको माध्यामबाट आवाज उठाइरहेको छस। तेरो काम साराहनिय छ्। जारी राख।

    ReplyDelete
  2. धन्यवाद। सदा सदा साथ पाउँ बाहुनि ।

    ReplyDelete

Post a Comment

Thank you. I am pleased to hear from you. Please keep motivating me.