भाग्यमानी शुक्रकिट

भाग्यमानी शुक्रकिट 


नेचुरल्लीदीपक







 

हो निकै सानो छँदा 

यत्ती थाहा थियो 

आमा-बाबुलाई पूज्नुपर्छ 

जन्मदाता भनेर 

तर आज बिस्तारै वास्तविकता 

खुलिरहेछ 

यसभित्रको अर्थको 

एक आयामको। 

साँचै मेरा जन्मदाता निकै महान्

मैले पूज्नैपर्छ  धन्य हुनैपर्छ 

किनकी  यो युगको मान्छे 

मैले गर्व गरेर भन्नु पर्छ 

“म बाँचिरहेछु

किनकी मैले जन्मने सौभाग्य 

प्राप्त गरेको छु 

होइन भने आजको यो युगमा 

शुक्रकिट गर्भाशयमा प्रवेश गर्न 

निषेधित छ।

हुन  समाज निकै नाङ्गेको छ। 

 गार्भाशयमा प्रवेश झुक्केरै भएपनि 

भित्रै निष्क्रिय बन्न सक्छ वा बनाइन्छ 

यदि महागल्तिले भ्रुण बन्छ भने 

त्यसकाे अन्तिमक्रिया भित्रै हुन्छ 

ती यमदुतहरुबाट 

जो मानवताको नयाँ युगका 

माहामनव हुन्

 हुन्....

नव-कृतिम जीवनदाता 

साक्षात !!!

ओहो,

महापाप नै भएर जन्मी हाले पनि 

फ्याँकिन्छन् कुनै बगरमा 

प्लास्टिकको पोकामा। 

धन्य  आफूलाई 

 भाग्यमानी

जुन शुक्रकिटले...

गर्भाशयमा प्रवेश गरी 

हुर्कने मौका पाएँ

 याे नवयुगको 

नवयुगिन 

नव-महामानव बन्ने सौभाग्य पाएँ। 

धन्य मेरो जीवन 

धन्य मेरो जीवनदाता 

 धन्य यो नवयुगलाई 

जसले जन्मलाई नियन्त्रण गरेको  

 लिङ्ग निर्धारण गरिएको

जन्मको अधिकार प्राप्त गर्न ।।

साँचै सम्झन्छु ती प्रत्येक 

महा-युगिन महा -मानवहरुलाई 

अरस्तु, सुकरात 

बुद्ध  ईशा मसिहरुलाई 

 बिश्वस्त हुन्छु

आजको जस्तो नवयुगको 

नवमहामानवको स्विकृतिमा

जन्मनुको सौभाग्य प्राप्त गर्नुपरेन 

होइन भने आज  

यो नवयुगमा 

शुक्रकिटले गर्भाशयमा प्रवेश गर्न 

महानतम् कार्य गर्नुपर्छ 

नत्र प्रवेश निषेध 

चाहे यो नवयुग 

जतिसुकै .......

कसैको भाषामा छाडा होस् 

वा जतिसुकै उदांगो होस् 

त्यसैले भुपी खुसुक्क बोल्छन :

“यो युग जसमा 

सौभाग्यवश 

पाए भने कसैले प्रवेश गर्भाशयभित्र 

तीमध्ये कैयन नस्ट गरिन्छन्

आफ्नै आमा बाबुबाट खटाइएका 

जिउँदो वा मुर्दा समाउने आदेश पाएका 

यमदुतहरुबाट

यस युगका 

यस्तो युगमा जन्मेका छौँ हामी 

जन्मिनु अगावै मृत्युकाे त्रास बोकेर 

हत्याको सुइँको पाएर 

आएका छौँ हामी यस पृथ्वीमा 

आफ्नै निर्माताहरुको इच्छा विरुद्ध

उनिहरुको षड्यन्त्रलाई तोडेर 

पहिलो पटक,” (१)

 पनि 

आखिर एक दिन 

यो नवयुगको 

कुनै गर्भाशयको अनुमतिमा 

बन्नेछु जीवनदाता 

जसरी कुनै दिन 

भूपी हजुर बन्नुभएको थियो

सायद ।।।

 

२०६८/झुलपाखा
(भूपिकाे- ‘मर्दैछ हामीमा हामी बाँचेकाे युग’ कविताबाट)

Comments