संस्मरण २

संस्मरण २

स्ववियु चुनाव (२०६५)

                    

 

नेचुरल्लीदीपक

     २०६५ सालकाे चैत्र ६ गते चुनाव सम्पन्न भयाे, पाटन क्याम्पसमा । याे नै अाजसम्मकाे अन्तिम चुनाव हुनगएकाे छ । गत चुनाव अन्य क्याम्पसममा भएता पनि मेराे प्रिय पाटन क्याम्पसमा भने भएन । यसले २/२ वर्षमा हुनु पर्ने स्ववियु निर्वाचन प्रणालिमाथि तीखाे व्याङ्ग्य गरिरहेकाे छ ।

    त्याे दिन विहानैबाट म पनि क्याम्पसमै व्यस्त रहेँ, साथीहरु भेट्न र रमाइलाे हेर्न । मत दिइयाे । धेरै साथीहरु माअाेवादिप्रति अाशा राखेर भाेट गर्न अाएका थिए । अद्भूत जाेश थियाे सङ्गठनमा । काङ्ग्रेस र एमालेलाई त याे पाटि नै मान्दैनथ्याे । तर ७४ सालमा अजिब चटक रचिदैछ । म पनि यसैकाे भातृसंगठन- लेखक संघमा अाबद्ध भएर निकै समय बिताएँ । यही हाेश नभएकाे जाेशले अखिलका (एमाले) साथी विवश प्यासिलाई कुटपिट गरि दाँतसम्म झारेछन् वाईसिएलका लडाकु साथीहरुले । मैले यसकाे चित्तबुझ्दाे जवाफ कतैबाट पाइनँ किनकि याे हिंसा हाे । उता नेविसङ्घका माधवले पनि बागि उम्मेदवारि दिन खाेज्दा गेटभित्रै प्रवेश गर्न नदिएकाेदेखि भाेट बेचेकाेसम्म देखेँ मैले त । पूरै क्याम्पसभर थेप्चेहरु चुच्चेलाई र चुच्चेहरु थेप्चेलाई हराउन लागेका थिए । तर न चुच्चेले काम गरि देखायाे न त थेप्चेलाई नै । चाहे जे हाेस् उनीहरुकाे उद्देश्य त अाफ्नाे स्वर्थ पूरा गर्नु मात्र रह्याे । मैले पूरै क्रश भाेट गरेँ ।


              किर्ते भाेटकाे एउटा उदाहरण दिऊँ, मेराे छिमेकि एक साथी जाे कहिल्यै पढ्न गएन ऊ पनि भाेट दिन अाएकाे रहेछ । नेविसंघमा उसकाे साथी छ रे, हैट !!  उसकाे नाम मिठाराम हाे र ऊ खाेकनाकाे । यस्ता अनेकाै खेल भैरहे । अब भनाै यसरी बन्छ नक्कलि परिचय पत्र । अनि कार्यकर्ता परिचालन गर्न, खाजा-खाना खर्च लगायत अनेकाैँ खर्चकाे जाेहाे के हाे ?  याे त अाेपन-सिक्रेट नै छ । अझ गाेप्य रुपमा त भाेट किनबेच पनि गरियाे । एउटा स्ववियु चुनावमा पनि यति धेरै अार्थिक स्राेत कहाँबाट जुट्छ ? सबै चुप ।। यही मेसाेमा म र साथी अनुमा कैयाै दिनसम्म अखिल, क्रान्तिकारि र नेविसंघकाे खाना खाँदै रमाइलाे गरिरह्याैँ । सबै संगठनमा हाम्रा साथीहरु थिए ।

    हाे यसरी सम्पन्न र प्राप्त स्ववियु अाफ्नाे लक्ष्य नै प्राप्त नगरि निदायाे । कहिलेसम्म हामी चल्न दिन्छाैँ यी चटके राजनितिकाे खेल । हाे यही दृश्य अझ नजिकबाट नियाल्न २०७० सालकाे स्ववियु चुनावमा प्रगतिशिल विद्यर्थी युनियनबाट अध्यक्षकाे लागि लड्ने प्रयास गरेँ । निकैले मेराे खिसि गरे । यस संगठनबाट लड्न मलाई एक समयका क्रान्तिकारि संगठनका जुझारु हर्ता तान्छाेपले दिएका थिए । जसले जे भनेता पनि म शान्त भएर यसमा लागेकाे थिएँ । मलाई अनुभव गर्नु र सिक्नु थियाे । न केही पाउनु थियाे न केही गुमाउनु नै । मलाई याे सङ्गठन लामाे समय नरहने लागेकाे थियाे । र भयाे यस्तै पनि । माउ पाटि सङ्घिय समाजवादि मधेसि जनाधिकार फाेरमसँग मिल्याे ।

    चुनावि अभियानकाे लागि खर्च प्राय: निजि संघसंस्था, विद्यालय, कलेज अादिबाट उठाइन्छ । अब यस्ताे अवस्थामा विद्यार्थी सङ्गठनले उठाउने गरेकाेजस्ताे शैक्षिक सुधार र अनावश्यक शुल्क लगायत मुद्दाकाे सुनुवाई साँचाे अर्थमा कहाँ हुन सक्छ त ? म पनि केही पटक यस्तै अर्थ सङ्कलन गर्न साथीहरुसँग केही पटक सामेल भएँ । उता वर्षाैसम्म अाफ्नाे भर्ना गर्दै विद्यार्थी राजनिति गर्दै वर्षाैँ समय बिताएका अद्भूत विद्यार्थीहरु पनि बग्रेल्ति भेटिन्छन । जसकाे मुख्य उद्देश्य नै महान् राजनिति गर्नु हुन्छ । अब कहाँबाट मिल्न सकाेस् त साँचाे शैक्षिक वातावरण ?

   अनि प्रतिदिन विद्यार्थीकाे सङ्ख्या घटिरहेकाे छ । कहिले पुग्ने हाे हाम्राे ध्यान । सारा कुराहरु कहाँ अल्झेकाे छ हाै ? किन चुप छन् बुझक्कडहरु ? यसकाे उन्नतिमा लागेका शिक्षक, प्रशासक र विद्यार्थीहरुभन्दा अाफ्नाे स्वर्थ पूरा गर्न तल्लिन हुल मस्त छ अाफूले पाएकाे सुविधामा रमाउन । न कुनै डर छ न त कुनै नैतिक जिम्मेवारी । तर पनि असल चाह राखेर अाफूलाई समर्पण गरिरहेका अात्मप्रति नमन गर्न‌ैपर्छ । हाे यही अात्महरुकाे प्रेम र साहसले अझै सङ्घर्षमय छ पाटन क्याम्पस ।।।


०७. कार्तिक. २०७४/ २४. अक्टाेबर. २०१७/ बुधबार

Comments