मर्नु

मर्नु


म

मरेपछि रुने छुइनँ

तर

तिमी राेअाैला भन्ने डर लाग्छ

नत्र त

मर्नु भनेकाे

बस्

हिँड्न छाेड्नु

बाेल्न छाेड्नु

खान, पिउन र श्वास

चल्न छाेड्नु न हाे

अझ

रिस, लाेभ

घृणा, डाह

अहंकार

र अाशक्तिबाट

मुक्त हुनु न हाे

त्यसैले त

याे नाथे मर्नबाट

डराई डराई बाँचिरहेछु,

साँचै

तिम्रा अध्याँराे सागरजस्ता

अद्भूत अाँखाहरु

राेइदेलान् भन्ने डर लाग्छ

हाेइन भने

नाथे मर्नु भनेकाे

नदी महासागरमा

समाहित हुनु न हाे ।।


०५. जुलाई. २०१९/ साेमबार


Comments