मर्नु
म
मरेपछि रुने छुइनँ
तर
तिमी राेअाैला भन्ने डर लाग्छ
नत्र त
मर्नु भनेकाे
बस्
हिँड्न छाेड्नु
बाेल्न छाेड्नु
खान, पिउन र श्वास
चल्न छाेड्नु न हाे
अझ
रिस, लाेभ
घृणा, डाह
अहंकार
र अाशक्तिबाट
मुक्त हुनु न हाे
त्यसैले त
याे नाथे मर्नबाट
डराई डराई बाँचिरहेछु,
साँचै
तिम्रा अध्याँराे सागरजस्ता
अद्भूत अाँखाहरु
राेइदेलान् भन्ने डर लाग्छ
हाेइन भने
नाथे मर्नु भनेकाे
नदी महासागरमा
समाहित हुनु न हाे ।।
०५. जुलाई. २०१९/ साेमबार
यो त पुरै बुद्धत्त्वत झल्किएको छ। कती राम्रो बुद्धको जस्तो सोच। झट्ट हेर्दा यो कबिता सामान्य देखिन्छ तर यस्को भाब धेरै गहिरो छ्। जीबन मृत्यु र दर्शनलाई ससक्त ढंगले बुझेको देखिन्छ। मैले यो कबिता पढेपछी शरीर नाशवान र आत्मा अमर हुन्छ भन्ने बुझे। आत्मा र शरीर बिल्कुल प्रिथक छन। मृत्यु जीबनमा अनिबार्य छ् र यो भनेको कपडा बादलनु जस्ताइ हो। भन्ने कुरा स्पस्ट सग बुजे।
ReplyDeleteहुनसक्छ तर मर्नुमा नि अान्नद छ कि भन्ने खाेज मात्र हाे मेराे बाहुनि ।
ReplyDelete