याेनि खताना- महिला याैनिकतामाथिकाे दमन

याेनि खताना- महिला याैनिकतामाथिकाे दमन 

नेचुरल्लीदीपक





याेनि खताना गरिने चलन विश्वका अफ्रिका, मध्यपूर्व तथा भारत लगायत अन्य देशहरुमा अझै पनि सामाजिक रुपमा विध्यमान रहेकाे देखिन्छ । याे प्रचलन अत्यन्त भयावह, पाश्विक तथा पीडादायक भएकाेले विश्व स्वस्थ सङ्गठन र विभिन्न राष्ट्रहरुले यसलाई प्रतिबन्धित गरेता पनि पूर्णरुपमा बन्द भैसकेकाे भने छैन । अङ्ग्रेजिमा यसलाई FEMALE GENITAL MUTILATION (FGM) भनिँदाे रैछ ।

कुमारित्व, सम्मान तथा पवित्रताकाे अाधारकाे रुपमा अझै यस प्रचलनलाई थुप्रै समाजमा अभ्यास गरिँदै अाइएकाे छ । 

गहिरिएर हेर्दा यााेाे प्रचलन महिला याैनिकतामाथि गरिएकाे एक क्रुर कुसंस्कारकाे अर्थमा बुझ्न सकिन्छ । सायदै काेही सामान्य मानिसले याे कार्यलाई सहज ढङ्गले स्विकार गर्न सक्ला । यस्ताे कार्ययकाे भिडियाे मात्र हेर्दा पनि हाम्राे अाँखा रसाउँछ । भर्खर जन्मेका बालिकादेखि १५ वर्षसम्मा किशाेरीहरुमाथि याे अत्यचार गरिँदै अाइएकाे छ ।

याेनि खतानालाई चार प्रकारले विश्व स्वस्थ सङ्गठनद्वारा विभाजन गरिएकाे छ;

१) प्रकार -१
भङ्गाकुर ( clitoris) तथा भङ्गाकुर माथिकाे भाग (prepuce) काटिन्छ । अति कम अवस्थामा मात्र prepuce काटिने गरिएकाे छ ।



२) प्रकार- २
 यसमा प्रकार एककाे सबै भाग काटिन्छ र साथमा भित्रि भङ्गाेष्ठ (labia minora) पनि काटिन्छ ।



३) प्रकार - ३
प्रकार २ काे सबै भागकाे साथै बाह्य भङ्गाेष्ठ (labia majora) पनि काटिन्छ । र याेनिलाई सिलाइन्छ, पिसाब र महिनावारिकाे बेला रगत बग्ने सानाे प्वाल छाेडेर । अनि अावश्यकता परेकाे बेला खाेलिन्छ, जस्तै विवाहपछि याैन सम्बन्धकाे लाााागि ।



४) प्रकार- ४
यसमा फरक फरक काम गरिन्छ । केही भाग काट्ने वा छेँड्ने वा प्वाल पार्ने वा ताताे पानी प्रयाेग गर्ने, अादि-ईत्यादि ।



जे गरेता पनि अति पीडादायि याे बर्बक कार्यले विश्वभर करिब २० कराेड नारिहरुले जीवनभर कष्ठ सहन बाध्य भएका छन् । यसबाट महिलामा तत्कालिन तथा दीर्घकालिन असर पर्ने गरेकाे छ ।

१) तत्कालिन असर 
. अत्यन्त पीडा
. अति रक्तश्राव
. मानसिक विषाद
. घाउमा सङ्क्रमण
. पिसाब फेर्न समस्या तथा याेनिमा सङ्क्रमण
. टिटानस लगायत अन्य भाइरस र एच.अाई.भिकाे सङ्क्रमण

२) दीर्घकालिन असर
. याैनसम्पर्काे बेला अति पीडा
. डर र चिन्ता
. लामाे र पीडादायि महिनावारि
. पिडादायि प्रसव, साथै अन्य समस्या
. याेनि फिस्टुला 
.पिसाबमा दीर्घकालिन समस्या

यसरी घरेलु अाैजार प्रयाेग गरि गरिने याे अमानविय कार्य निर्मुल गर्न अति जरुरि भाकाे देखिन्छ । नेपालमा भए नभएकाे जान्न नसकिएकाे र प्रमाण नभएकाे अवस्था छ । साथै यस कार्यकाे स्वस्थमा कुनै फाइदा नहुने पनि विश्व स्वस्थ सङ्गठनले बताउँछ ।



देश अनुसार कतिकति प्रतिशत महिलाहरुमा याे प्रचलन जीवित छ भनेर यी तस्विर हेर्नुस ।



थप जानकारिकाे लागि याे भिडियाे ।




स्राेत तथा थप अध्ययनकाेलागि:-
WHO- https://www.who.int/news-room/fact-sheets/detail/female-genital-mutilation

WIKIPEDIA- https://en.m.wikipedia.org/wiki/Female_genital_mutilation

YOUTUBE- https://youtu.be/f0-dYD9cYKo


Comments

  1. Mainly african countries ma yasto chalan raichha..tyaha kaam garne hummnitarian organization laai as sambandandhi jankaari bhaye ramro ..

    ReplyDelete

Post a Comment

Thank you. I am pleased to hear from you. Please keep motivating me.