(कथा)
फ्याङ्ग्रे

(आशादु लेखनमा आधारित)
सहरकैबिच सहरकाे चमकले छुन नसकेकाे याे ठाउँ । केही समय अगाडीसम्म घाँसे मैदानले ढाकिएकाे याे स्थानमा बिस्तारै घरहरू बढ्दै छन् र मानवीय चहलपहल पनि । नजिकै छ नख्खु खाेला । जुन बग्छ दक्षिणबाट उत्तरतिर । याे खाेलाकाे यही हाे विशेषता । प्रायः नेपाली नदीहरू उत्तरबाट दक्षिणतिर बग्ने गर्छ । यसकाे प्राचीन् महत्व रहेकाे छ । यसलाई प्राचिन् कालमा प्रभावति भनिन्थ्याे ।
यही खाेलाकाे छेवैमा थुप्रै टहराहरू बनेका छन् । जहाँ थुप्रै मानिसहरूकाे आश्रयस्थल बनेकाे छ । यहाँ जाे काेहीँ गए पनि निकै कडा गन्ध आएकाे महसुश गर्छन् किनकि यहाँ सुङ्गुर पालन व्यावसाय गरिन्छ । याे टहरे बस्तीकाे यही नै मुख्य व्यावसाय हाे । यसरी मानवीय चहलपहलले नख्खु खाेला मैलदै गएकाे छ ।
सुङ्गुर खाेर पहिलाेपल्ट जाने मान्छे त अवश्य नै घिनाउने छ । दाना र लिदिकाे थुप्राे र गन्धले तर्सनेछ । तर याे नै सुङ्गुरहरूकाे सिङ्गाे संसार हाे । यही बढ्छन्, काटिन्छन् अनि मासु बन्छन् । र घरघरकाे मीष्ठान्न भाेजन बन्छन् ।
यही बस्तिमा, अलि खाेलाकाे डिलैमा छ एउटा सुङ्गुर खाेर । याे काइँला दाईकाे सम्पत्ति हाे । उनी हरेक विहान ५ बजे साईकल चढेर दाना लिन केही परकाे बजार पुग्छन् । अनि खाजा-खाना दाेकानहरूमा फाेहाेर खानेकुरा साईकलभरि राखेर फर्कछन् । पहिले खारकाे लिदि र पुराना चाराेहरू सफा गर्छन् अनि चाराे हालिदिन्छन् । सुङ्गुरहरू तछाड्मछाड् गर्दै चाराे खान्छन् । सबै सुङ्गुरहरू कालाे रङ्गका छन् ।
काइँला दाइकाे करिब ८० वर्षका बाबू छन् । अग्लाे कद र ठूलाे अनुहार । सधैँ ढाका टापि र दाैरा सुरूवाल लगाउने । लठ्ठी कहिल्यै नछाेड्ने उनी फरासिला स्वभावका छन् । अलि कान कम सुने पनि बाेल्न खुब मन पर्छ उनलाई । छाेरा नहुँदा याे खाेरकाे हेरचाह गर्ने उनी नै हुन् । उनकाे बायाँ खुट्टा अलि बाङ्गाे छ । हुन गाउँमा छँदै । रूखबाट लडेर खुट्टा बिग्रेकाे हाे तर जिस्केर दाेस्राे विश्वद्धमा गाेली लागेकाे भन्छन् उनी । उनकाे बेलायती सेनामा भर्ति हुने ठूलाे सपना थिएछ पहिले तर खुट्टाले धाेका दिएकाे रहेछ ।
.........................................................................................................
काला सुङ्गुरहरू खाेसाखास गरेर चाराे खाँदै गर्दा एउटा निकै ठूलाे र बूढाे सुङ्गुर अलि पर घाम तापेर बसेकाे थियाे । याे पुसकाे महिनामा खाेलाकाे तीरमा निकै जाडाे छ । केही पछि त्याे बिस्तारै उठेर आयाे । यसकाे पछाडीकाे बायाँ खुट्टा अलि बाङ्गाे छ । खाेच्याउदै डुँड नजिकै याे पुग्दा अचम्मै तरिकाले अरू सुङ्गुरले यसलाई ठाउँ छाेडिदिए । अनि यसले चाराे खान थाल्याे । ''घ्वा'' गरेर यसले आफ्नाे बूढाे मालिकलाई बाेलायाे । उनी मुस्कुराए । याे सुङ्गुरकाे नाम फ्याङ्ग्रे हाे र काइँला दाइकाे बुबाकाे प्रिय । यसले चाराे खान लाग्दा अरू सबै सुङ्गुरले ठाउँ छाडिदिएकाे देखेर सबैले अचम्म मानेर हेर्थे । त्यसैले याे सुङ्गुर खाेर अरूभन्दा अलिक चर्चित छ याे टाेलमा ।
चाराे खाएपछि फ्याङ्ग्रे बूढाे मालिककाे अगाडि गएर घ्वा-घ्वा गरेर करायाे र आफ्नाे ठूटे पुच्छर हल्लायाे । मालिकले पनि यसकाे गर्दन केहीबेर मुसारिदिए । अनि याे खुसि भएर अाफ्नाे पहिलेकै ठाउँमा गएर पसारिएर सुत्याे, घाम तापेर । फ्याङ्ग्रेले खाइसकेपछि अरू सुङ्गुरले चाराे खान थाले ।
.........................................................................................................
सुङ्गुर खाेरकाे याे दुनियाँमा फ्याङ्ग्रेकाे सान र इज्जत छुट्टै छ । याे सबै सुङ्गुरहरूकाे पूज्य र आदरणिय छ । त्यसैले यसले चाराे खान लाग्दा अरूले ठाउँ छाडिदिएकाे हाे । याे त्यति साराे बाेल्दैन । सदा माैन व्रत बस्न रूचाउँछ । कुनै सुङ्गुरले बाेलाउँदा पनि टाउकाे हल्लाएर मात्र जवाफ दिन्छ । खासै अरू सुङ्गुरले यसलाई बाेलाउने अाँटै गर्दैनन् । तर बेलाबेला याे सबैलाई आफ्नाे छेऊमा डाकेर निकै लामाे भाषण छाड्ने गर्छ ।भाषण दिनेबेला याे आफ्नाे सम्पूर्ण ज्ञान प्रदर्शन गर्छ किनकि आफूलाई याे अरू सुङ्गुरभन्दा विद्वान् ठान्ने गर्छ ।अनि सारा दुनियाँ देखे जसरि गफ दिने गर्छ । हुन अरू सुङ्गुरहरूलाई पनि के थाहा ? सबै यही खाेरमा जन्मेर हुर्कन्छन् अनि काटिन्छन् । उनीहरूकाे बाँच्ने आयु प्रायः ६ महिना त हुन्छ । यति छाेटाे आयुमा, याे सानाे खाेरमा यी विचराहरूले के बुझून् र ?
आज पनि जब हिउँदकाे पारिलाे घाम दिउँसाे लाग्याे अनि काेही नभएकाे बेला फ्याङ्ग्रेले सबै सुङ्गुरहरूलाई आफ्नाे नजिक बाेलायाे । १० वटा साना सुङ्गुरहरू उसकाे कुरा सुन्न दाैडदै नजिकै गएर अदबसाथ बसे । पछिपछि एउटी सुङ्गुर्नी पनि आई, त्यसकाे नाम पुन्टी थियाे । साथै अर्काे ब्याउने भएकि सुङ्गुर्नी पनि बिस्तारै आई, यसलाई साइँला दाइ भु्न्टी भन्थे । जब सबै चुपचाप फ्याङेग्रेकाे अगाडि बसे उसले सबैकाे उत्सुक आखामा एक पटक हेर्याे अनि लामाे हाई तानेर बाेल्न थाल्याे । ऊ बाेल्न अगाडि 'आहा' शब्दबाट सुरू गर्थ्याे । यसले आहा शब्द प्रयाेग गर्नुकाे कारण साइँला दाईकाे बाबुले यसलाई यही शब्द प्रयाेग गरेर बाेलाउने गर्थे ।
"आहा सुन सबैजनाले, आज म मेराे ज्ञानकाे केही कुरा सुनाउँछु । मेराे नाम आमाले सानाेमा अर्कै राख्नु भएकाे थियाे तर मलाई मेराे बूढा मालिकले फ्याङ्ग्रे राखिदिए । याे नाम मलई असाध्यै मनपर्छ । मेराे पुरानाे नाम त मैले बिर्सि नै सकेँ । र फ्याङ्ग्रेकाे अर्थ पनि थाहा छैन, बस् मलाई मनपर्छ ।"
"आहा, अनि हामी काला जातिका सुङ्गुर हाैँ । याे बुझ्नू तिमीहरूले । हम्राे मासुकाे माग ठूलाे छ । सेताे सुङ्गुरकाे मासुभन्दा हाम्राे मन पराउँछन् मान्छेहरू । अनि हाम्राे घर पूर्वी नेपाल हाे । हाम्राे माग ठूलाे भएकाेले हामीलाई यहाँ ल्याइएकाे हाे ।"
"आहा, हामी सुङ्गुर जातिकाे आयु निकै कम हुन्छ । करिब ६ महिनाकाे । अनि हामीलाई काटेर मासु बनाइन्छ । तर हामी मासु बन्न पाउनु हाम्राे गाैरवकाे कुरा हाे । हाम्राे जातिकै गाैरव । तर मेराे र मेराे बूढाे मालिककाे खुट्टा उस्तै भएर मलाई अझैसम्म ज्यूँदै राखिएकाे हाे । उनकै जिद्दिले मेराे आयु लामाे भएकाे हाे । म ४ वर्ष ६ महिना १३ दिनकाे भएँ । याे पुन्टि २ वर्षकि र त्याे भुन्टि डेढ वर्षकि भई । म नै हाम्राे जातिकाे इतिहासमा कालगतिले मर्ने भएकाे छु । यति नै हाे मेराे सन्तुष्टिकाे कुरा तर याे दुनियाँमा लामाे आयु राम्राे हैन बच्चाहरू । मानिसहरू धर्म, जात, पैसा अनि रूपकाे लागि युद्ध गर्छन् । तर मलाई धर्म, जात, पैसा र रूपकाे अनि युद्धकाे केही अर्थ थाहा छैन । यी त मैले बूढाे मलिकबाट सुनेकाे हुँ । तर मानवीय समाज मलाई त्यति मन पर्दैन । बरू मासु बन्नु नै राम्राे हाे हाम्राे लागि ।"
"आहा, अहिले पनि संसारकाे थुप्रै स्थानमा लडाइँ चलिरहेकाे छ रे । सायद सबै मान्छेकाे मासु बन्छ हाेला उनीहरू मृत्यु पछि ।हाम्राे जातिमा युद्ध भन्ने हुन्न । मैले बूढाे मालिकले बेलाबेला मान्छेभन्दा त यही सुङ्गुर राम्राे, भनेकाे सुनेकाे छु । त्यसैले तिमीहरू खुसि हाेअाै ।"
(सबै सुङ्गुहरू उत्सुक भएर सुन्दै थिए । त्यसैबेला ठूलाे ट्रक धूलाे उडाउँदै जाेडले कच्ची बाटाेमा कुद्याे ।)
"आहा, मलाई लामाे आयु दिनुका साथै खसी पनि पारिएन । त्यसैले मलाई विर भनिन्छ । तर मलाई सन्तान उत्पादन कार्यमा सामेल हुनबाट राेकियाे । मैले सुने अनुसार मेराे खुट्टाकाे कारणले हाे रे । त्याे कारणले गर्दा म निकै दुःखी भएँ । त, एक दिन यही भुन्टिकि आमाले मसँग सहवास गरि । मेराे तिक्ष्ण बुद्धि र विशाल ज्ञान देखेर । म उप्रति कउतज्ञ छु सधैँ । उसले कसैले नदखेेकाे बेला मसँग त्यस्ताे सम्बन्ध राखि नत्र त मलाई त्यस्ताे कार्य गर्ने अनुमति दिइदैनथ्याे । असति मान्छेहरू उनीहरू चाहिँ सधैँ भाेगविलासमा रम्छन् रे । भुन्टिकाे आमाकाे नाम डल्ली थियाे । हाम्रा मालिकले उसलाई ३ महिना अगाडि अन्तै बेचे । उसकाे मलाई खूब याद आउँछ । याे जुनिमा हाम्राे भेट कहिल्यै हुन्न ।"
(याे सुनेर सबै सुङ्गुरहरूकाे आखा रसायाे । यसैबेला ठूलाे हवाईजहाज जाेडले आवाज निकाल्दै उड्दै गयाे ।)
"आहा, हामीलाई केही मानव समूदायले मन पराउदैनन् । हाम्राे मासु पनि खाँदैनन् । कतिले त छुदैनन् र नाम पनि लिदैनन् हाम्राे । तर हामीलाई मन पराउने र हाम्राे मासु खाने धेरै छन् याे दुनियाँमा त्यसैले चिन्ता गर्नु पर्दैन तिमीहरूले बाबुनानिहरू । हाम्राे मृत्यु चाँडै हुने भएकाेले हामीले सक्दाे धेरै खाने र सुत्ने गर्नुपर्छ । खानु र सुत्नु नै हामी सुङ्गुर जातिकाे ठूलाे स्वतन्त्रता र आनन्द हाे ।"
(याे अन्तिम कुरा सुनेर सबै सुङ्गुरहरू रमाए )
त्यसैबेला साइँला दाइ अाइपुगे अनि बेलुकाे लागि चाराे तैयार पार्न लागे । आज उनकाे बाबू सदाझैँ आएनन् । भाेली पहाड घर जाने भएकाेले तैयारि गर्दै थिए उनी । फ्याङ्ग्रे निकै भावुक भयाे आफ्नाे बूढाे मालिकलाई नदेखेर ।
आज सबै सुङ्गुरहरूले धेरै चाराे खाए, सकेसम्म अनि खूब सुते रातभर । याे देखेर फ्याङ्ग्रे निकै खुसि भयाे र आनन्दले निदायाे ऊ पनि । जून पूर्ण गाेलाे भएकाे थियाे आकाशमा ।
.........................................................................................................
विहानै बूढाे मालिक हिँडे गाडी चढेर गाउँतिर । आज पनि उस्तै रह्याे खाेरकाे अवस्था तर अाज सुङ्गुरहरूले अलि बढी नै चाराे खाए र सुतेकाे सुतै गर्न थाले ।
दिउँसाे साइँला दाईसँग दुईजना मान्छे अाए । अनि आगाे बाल्न थाले । सबै सुङ्गुरहरूले छक्क परेर हेरिरहे । कसैले केही पनि बुझेनन् । खासमा अाज अाफ्नाे बाबू नभएकाे बेलामा साइँला दाइ फ्याङ्ग्रेलाई मार्न अाएका थिए । चाराे मात्र धेरै खाने, बेच्न पनि खासै नमिल्ने र पाेथिलाई पनि विर लगाउन नमिल्ने भएकाेले यसलाई काटेर मासु बेचि थाेरै दाम भए पनि कमाउने उनकाे सूर थियाे । बाबुकाे जिद्दिमा कतिसम्म पाल्नु भनेर उनी दिक्क भैसकेका थिए ।
आगाे बलिसकेपछि ठूलाे भाँडाेमा पानी तताउन थाले । अनि साइँला दाइ लामाे भाला लिएर खाेरभित्र पसे । अरू सुङ्गुरहरू सबै भागे । फ्याङ्ग्रे सुतिरहेकाे थियाे, ऊ उठेन एउटा अाँखा मात्र खाेलेर हेर्याे उसले । तर साइँला दाइले उठाएरै छाडे । ऊ छक्क परेर उभिरहेकाे थियाे । त्यसैबेला उसकाे छातिमा भाला प्रहार गरे दाइले ।
पहिले फ्याङ्ग्रे तर्स्याे र ठूला स्वरमा पीडाले च्वा..... गरेर करायाे त्याे तर पछ अानन्दित भयाे किनकि त्याे चाँडै याे दुनियाँ छाेड्दै थियाे ।केहीबेर छट्पटाएर मर्याे ऊ ।
परबाट अरू सुङ्गुरहरूले छक्क परेर हेर्दै थिए । केही बुझेनन् तिनिहरूले । केही बेरमै फ्याङ्ग्रे टुक्राटुक्रा भयाे अनि सुङ्गुर जातिमा कालगतिले मर्ने इतिहास पनि टुक्राटुक्रा भयाे फ्याङ्ग्रेसँगै ।।
७. बैशाख. २०७२/ २०. अप्रिल. २०१५/ साेमबार
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.