संस्मरण १
पाटन क्याम्पस
२०६५ काे पाैष १ गतेबाट बि. ए प्रथम वर्षकाे पाटनमा पढाइ सुरु भयाे तर म ३ गतेबाट पढ्न गएँ । क्याम्पसभित्र पसेकाे करिब १० मिनेट मात्र के भएकाे थियाे एउटा सिनियर केटाे अायाे,र हात मिलाउदै बाेल्याे, " म फलानाे, नेविसंघ पाटन ईकाईकाे उपाध्यक्ष ।" मलाई झाेक चल्याे, " म दीपक राई भविष्यकाे प्रधानमन्त्रि ।" ऊ छक्क पर्याे ।
यसरी सुरु भएकाे यात्रा मैले करिब ६ वर्ष बिताएँ एम. ए पढून्जेल । अनि उही सालकाे चैत्र ६ गते भएकाे स्ववियु चुनावकाे हाल पनि कम रहेन । धेरै साथीहरुले हामीले जनजातिलाई जिताउनु पर्छ चुच्चेहरुलाई हराउनु पर्छ भनेर उचाले । सही लाग्याे । तर न कहिल्यै कक्षाकाे झ्याल बन्याे न त ट्वाइलेटमा पानी र सफासुग्घर भएकाे देख्न नै पाइयाे । गफैगफमा बिताए जितुवा स्ववियु हर्ताहरुले । अनि न त अावश्यक अन्य कुरा नै गरिए । हाे केही अवशनि भने सारिए । जस्ताे केही पुस्तक थपिए पुस्कालयमा, केही महिनालाई भए पनि पत्रिकाहरु नियमित अाए स्ववियु कक्षमा, अर्ध निर्मित बगैँचा अझै छ अादि-अादि । हैन यही चुनावमा अखिलका एक मित्रकाे दाँत झारेका थिए अखिल क्रन्तिकारिका मित्रहरुले अहिले हातेमालाे पाे गर्न लागे त बा! यी सब के हुन् ? विद्यार्थी राजनिति कता छ हाै ? के माउ पाटिकाे हनुमान मात्रै हाे त ? यही हात मिलाएका राजनैतिक कलाकार यारहरु काेही निजामतिकाे हाकिम, काेही जङ्गि सेवामा त काेही पाटि राजनितिमा र कुनै यही २०७४ सालकाे स्थानिय चुनावमा विजयी पनि भए । तर पाटन क्याम्पस उहीँ ढाँचामा ठिङ्ग उभिएकाे छ । हामीले केही गर्न सकेनाैँ, सक्नेले अपाङ्ग भएकाे नाैटङ्कि रचे ।
धेरै शिक्षकहरु हाजिर गरेर अन्तै पढाउन जान हतार गरेकाे देखिन्छ । टि. यु नियम अनुरुप ३ घण्टा पनि बिताउन सक्ने कमै छन् । अनि प्रायः शिक्षार्थी र शिक्षक दुवै ठुटे राजनितिमा मग्न छन् । अनि याे ठुटेपन पछि मात्र अाउँछ पढाईकाे चासाे । धेरै विद्यार्थी मानसिक रुपमै यस्तै हाे सरकारि क्याम्पस भनेर बस्छन् तर हामी केही यसकाे विराेधमा रह्याैँ । यसैकाे फलस्वरुप हामीले मास्टरकाे पढाई नियमित गर्न सक्याैँ । मलाई यसमा गर्व लाग्छ ।
अर्काे कुरा, मलाई सानाे उमेरबाट नै राजनितिमा लागेर राष्ट्र सेवा गर्ने खुब मन रहेकाे थियाे । र, याे कुरालाई पाटन क्याम्पसले राम्राेसगँ सिकायाे । म अब स्पष्टसँग भन्न सक्छु कि अार्थिक र शैक्षिक रुपमा पूर्णरुपमा सबल नभई अहिलेकाे युगमा राजनैतिक याेद्धा बन्न सकिन्न । हाे यही २ कुराकाे कमिले भ्रस्टचार र घुषखाेरिकाे चक्र सदा घुमिरहेछ हाम्राे देशमा । अब गर्ने कहिले ? अझै कति फुट्ने हाे यसकाे झ्यालकाे सिसा अनि बल्ने हुन् क्याम्पसकाे ढाेका अगाडि थाेत्रा टायर ? र कहिले राेकिएला चटके यी खेलहरु ताकी साँचाे अर्थमा शिक्षा लिने र दिने दिन अाअाेस् ।।
०६. कार्तिक. २०७४/ २३. अक्टाेबर. २०१७/ साेमबार
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.