हामी के हाैँ त?
बाल्यकालमा छिमेकी दिदीलाई पहिलाे पल्ट महिनावरि हुँदा उनलाई एउटा अलग्गै काेठामा राखिएकाे थियाे । बाबू र माइतिकाे अनुहारै हेर्न नहुने रे । मलाई त सुन्दै डर लाग्याे । निकै खतरनाक हाे कि लागेर अामालाई साेधेँ , "याे सब क्षेत्रि-बाहुनकाे (माफ गर्नु हाेला याे शब्द प्रयाेग गरिएकाेमा) नाटक हाै, हाम्राे त यस्ताे केही बार्दैन ।" मैले यी दुबै घट्ना पहिलाे पटक सुनेकाे थिएँ । मेराे बाल मस्तिष्क निकै हल्लायाे । हुन पनि हाे मेराे अामा र बहिनीहरुले कहिल्यै त्यसरी बारेकाे थाहै छैन । मलाई त लाग्छ याे पर सर्ने चलन महिलाकाे भलाईकाे लागि सुरु गरिएकाे हुनु पर्छ । शारीरिक अाराम र यस्ताे अवस्थामा याैनबाट टाढा रहन र यी सब झन्झटबाट केही दिनकाे मुक्तिकाे लागि याे व्यवस्था गरियाे तर पछि ताेड-मराेड गरेर महिलालाई पापी भन्दै उसैकाे बिरुद्ध प्रयाेग गरियाे ।
मेराे जिजुअामाकाे पालामा हिन्दु समाजमा पतिकाे मृत्यु पश्चात् पत्निलाई सति पठाइन्थ्याे तर हाम्राे समाजमा उसलाई बिहे गर्ने र नयाँ जीवन सुरु गर्ने अनुमति थियाे । हाम्राे काेयी राई भाषामा यसलाई 'थेर्मु' भनिन्छ । यस चलनमा विधवालाई मृतककाे भाइलाई बिहे गर्न राजि पारिन्थ्याे । हुन त त्यसकाे पनि अाफ्नै कमजाेरि रहन्छ नै तर जिउनबाट बन्चित चाँही भइन्न । यी दुवै चलन एउटै देशकाे एउटै गाउँमा रहेकाे सत्य ईतिहास हाे ।
हामी अाफूले गरेकाे वा गर्ने गरेका हरेक कुराहरु सहज रुपमा लिन्छाैँ तर अरु कसैले गरेकाे चलन अनाैठाे लाग्छ अनि हामी स्विकार्नै सक्दैनाैँ । चिनमा एक समाज छ 'मुसुअाे' जुन समाजमा मातृ सत्ता जीवितै छ । जहाँ नारी १३ वर्ष पुगेपछि सामाजिक कार्य गरिन्छ तेेेेेेसपछि उनीहरुले अाफूलाई मनपर्ने युवा राेज्न पाउँछन् । र सन्तानकाे जन्मपश्चात् अामाकाे नै अधिकार सन्तानमा हुन्छ । पिता त "अङ्कल" बराबर हुन्छ । सारा सम्पत्ति अामाकाे नाममा हुुुुुन्छ ।
यस्तै एउटा कुरा गरूँ, एक पटक हामी कलेजबाट शैक्षिक यात्रामा कतै पुगेका थियाैँ । खाना खान बस्दा दहि पनि मागियाे । मैले चिनि नहाल्न भनेँ साहुलाई । हाम्राे समूहमा सबै जातिय प्रतिनिधि साथीहरु थिए । बाहुन साथीहरु कराए, "दहिमा चिनि हालाैँ न हाै साहुजि ।" मलाई मन नपर्ने भएकाेले हाल्न मानिनँ । एक लिम्बू साथी चर्पि गएकाे थियाे । ऊ अाइपुग्याे । दहि एक गाँस खायाे अनि करायाे, "कसले दहिमा चिनि हाल्याे, हैट ?" मैले बाहुन साथीहरुकाे अनुहारमा हेरेँ । अचम्म मान्दै थिए । अनि चिनि नहालेकाे दही मागियाे ।
म फेरि हाम्रै समुदायकाे कुरा गरूँ, कसैकाे मृत्यु पछि हामी मृतकलाई गाँड्ने गर्छाैँ । अनि घरमा अाएर सामान्य रुपमै सुङ्गुर काटेर रक्सिसँग खाने गरिन्छ । न नुन बारिन्छ न त कपालै खाैरिन्छ । अरुलाई याे असभ्य लाग्ला तर मलाई भने यही सही र उचित लाग्छ । हुन त परिवार शाेकमा हुुुुुुुन्छन् । उनीहरुले स्वेेेेेेेेच्छाले खाँदैनन् ।
यसरी संसारभर अनेकाैँ चलनहरु रहेका छन् र थिए ।हाम्रै देशकाे एक महिलाले घरका सम्पू्र्ण दाजुभाइसँग बिहे गर्ने हाेस् वा प्राचीन अाज्टेकहरुले चल्दै गरेकाे ज्यूँदाे मुटु सूर्यलाई चढाउने हाेस् अनि यस्तै पूरानाे सभ्यतामा अरु सन्तानकाे राम्राे जन्म हाेस् भन्ने कामना गर्दै पहिलाे सन्तानकाे रगत अामाकाे याेनिमा चढाइने हाेस् । यी सबै प्रथा र कुप्रथा मानविय चेतना विकासका प्रतिफल हुन् । अब कसरी जिउने र युग अनुसार अगाडि बढ्ने हाम्राे अाफ्नै निर्णयमा भर पर्छ । तर अझै पनि जात, धर्म र लिङ्गकाे अधारमा भेदभाव र अन्य कष्ट दिन हामी किन तत्पर छाैँ ? अनि हाम्राे मन मस्तिष्क अनाैठाे डरले ढाकेकाे छ । हामी मान्छे नै एक अर्काेभन्दा ठूलाे र महान् बन्न् किन उद्दत छाैँ ?
१५. श्रनवण. २०७४/ ३०. जुलाई. २०१७/ अाईतबार
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.