भाषाकाे चक्रव्यूँह

निबन्ध

भाषाकाे चक्रव्यूँह
नेचुरल्लीदीपक

                                    

     भाषा कसैकाे पेवा हैन । याे मानव सभ्यता र ईतिहासमा विचार अादान-प्रदान गर्न अाविष्कार गरिएकाे अद्भूत सिर्जना हाे ।जसलाई हाम्रा पुर्खाहरुले सिङ्गार्दै र अझ बलियाे बनाउँदै अाजसम्म ल्याइदिए र हामीलाई सुम्पिदिए । यसर्थ यसकाे विकास र संरक्षण गर्नु हाम्राे परम् कर्तव्य हाे ।
     हाे भनिहालियाे कि भाषा कसैकाे पेवा हैन तसर्थ कसैकाे भाषिक लवजकाे अाधारमा किन विभेद र अपमानकाे श्रृङ्खला अझै जीवित छ याे वुद्धभूमिमा ? भाषा त विचारकाे संवाहक हुनपर्ने हाे तर किन सामाजिक भेदभावकाे अाधारकाे रुपमा तय गरिदैछ ? उच्च र निम्न भाषिक ज्ञानकाे खल्लिबल्लि मच्चाईदै छ ? किन ? नेवारले, मधेशिले, तामाङ्गले, गुरुङ्गले, मगरले, लिम्बू वा राईले अाफ्नै मातृ-मिठाषमा बाेलिएकाे नेपाली भाषामाथि प्रश्न खडा गर्नुकाे माने के हाे ? र साँचै जरुरि छ ? उनीहरुकै लवजमा बाेलिदा जुन मिठाष्ता अाउँछ के त्याे साँचै अस्विकार्य नै हाे ? हाे भने किन त ? वर्षाैँसम्म जन्मबाटै अाफ्नाे भाषा बाेलेकाेले अर्काे भाषा बाेल्दा अाफ्नाेपन अाउनु कुनै अश्लिल अपराध हैन । यी समुदायले यसरी बाेल्दा गर्व गर्नु पर्छ, लज्जाबाेध हैन । मगर, मधेशि, नेवार, राई वा अन्य लवजमा बाेलेर त झन् हाम्रै भाषाकाे श्रिवृद्धि हुन्छ, ह्रास अाउने भय कपाेकल्पित मात्र हाे किनकी यसले यी समुदायलाई याे भाषाप्रति अाफ्नाेपन महसुस गराउँछ । जसले गर्दा उनीहरु यसलाई सहजरुपमा स्विकार गर्न तैयार हुन्छन् ।कुनै निश्चित समुहले वा वर्गले प्रयाेग गर्ने अाधार नै सही स्तरियता हाे र अरु यी समुदायले प्रयाेग गर्दै अाएकाे शैली निम्न हाे भन्ने साेच्न अत्यन्त खेदपूर्ण विषय हाे । भाषा त जटिल हैन सरल बनाईनु पर्छ । संसारमा धेरै प्रयाेग गरिने भाषाहरुलाई सरल बनाइएकाे छ साथै हरेक क्षेत्र अनुरुप यी भाषाहरुले अाफ्नाेपन प्राप्त गरिसकेकाे छन् अाजकाे समयमा ।  
      भाषाकाे वर्गिकरणले गर्दा याे सगरमाथाकाे भूमिमा साँचै अपमान र विभेदकाे अाधार दह्राे गरेर खडा गरेकाे । यसकाे उदाहरण हामी प्रत्येक दिन देख्न सक्छाैँ । काला छाला भएका हाम्रा प्रिय मधेशि बन्धुहरुमाथि यसले ठूलाे अपमानकाे बन्दुक चलाइरहेकाे छ । हाम्राे देशकाे दक्षिणि सिमानामा हुने अाक्रमणविरुद्ध लडिरहेका यी याेद्धाहरुमाथि किन यस्ताे भाषिक बज्रपात हुँदै छ ? हामी किन चूप छाैँ ? के हामी मूर्दा हाैँ ? वा केले राेकेकाे छ हामीलाई । फलफूल, तरकारि, चट्पटे बेचि हिँडेकाे हामीले देख्नै हुन्न भुरादेखि बूढासम्मले 'तँ' भनेर अपमान गरिहाल्नुपर्छ । याे हाम्राे कस्ताे संस्कृति हाे ? हाम्राे कस्ताे शिक्षा हाे ? लाजै लाग्ने हैट !! यही काम पहाडी बाबुले गरेकाे भेटे कसैले पनि तँ भन्ने अाँट गर्दैनन् । बुझ्नुपर्छ कि न काम सानाे हुन्छ न छालाकाे रङ्ग नै निम्नकाेेटिकाे हुन्छ । निम्न त हाम्राे साेच हाे । यदि हाम्राे भाषामा तँ, तिमी र तपाईँकाे विभेद नभए अाज यसरी कसैले अपमान सहनु पर्ने थिएन । अब यस्ताे अपमानित साेचकाे पक्षपाेषण गरिरहेकाे हाम्राे भाषिक मान्यतामा हामीले गर्व गर्ने ठाउँ कहाँ रहला ?
             भाषाजस्ताे सारा मानव हृदयकाे भावना र विचारहरु साट्ने अद्भूत माध्यम त सरल र प्रिय हुनुपर्ने हाे तर किन याे उचनिचकाे वकालत गर्ने बलियाे अाधार बनेकाे छ ? अनि मान्छे-मान्छेमाझ विभेदकाे विशाल खाडल खनिदिएकाे छ । हाे यसैले पद, पैसा र क्षेत्र हेरेर हामी सम्बाेधन गर्छाैँ । प्रकृतिकाे सुन्दर उपहार मानवबिच किन याे विभेदकाे खेल चलाइरहेछाैँ हामी । अब भाषामा समान अाधार तय गरेर एकरुपता ल्याउने बेला भैसकेकाे । त्यसैले तँ, तपाईं वा तिमीमध्ये एक राेजाैँ ।

०८. कार्तिक. २०७४/ २५. अक्टाेबर. २०१७/ बुधबार

Comments