बिहेमा, मनका कुरा

   
      बिहेमा, मनका कुरा
                                           
नेचुरल्लिदीपक

      यसाे साेचेर हेरेँ, कि म कति बिहेकाे भाेजहरुमा गएकाे छु भनेर- केही सम्झनाहरु अाए -एउटा सामान्य विवाह, एउटा अालिसान विवाह र एउटा खाँटि गाउँकाे विवाह । हुन त केही अन्य बिहेमा पनि म सामेल भएकाे छु । तर म जति बिहेमा सामेल भएकाे छु त्याे भन्दा बढि त मैले अनेकन बहाना बनाएर नगएका धेरै छन् । मलाई बिहे भाेज सामान्य अर्थमा धनकाे तुजुक देखाउने स्थान जस्ताे मात्र लाग्छ, त्यसैले केही नगई नहुने स्थानमा मात्र म गएकाे हुँ ।।
     यसाे अाफैँले साेचेर हेरँ, अाेहाे बिहे कसरी सुरू भयाे ! पहिले पहिले विवाह अगाडि जबरजस्ति गरिने गरेकाे मैले पढ्न पाएकाे थिएँ, अनि सायद अा- अाफ्ना गृहस्ति जीवन सहज पार्न पनि याे विवाह व्यवस्थाकाे चलन सुरु गरिएकाे हुनु पर्छ.... सायद एक अर्काेकाे जाेई-पाेई माथि कसैकाे हस्तक्षेप नहाेस् भनेर हाेला छर-छिमेक, नाता-गाेता सबैलाई साक्षि बाेलाइयाे हाेला । सुरुमा त सबैले रमाईलाे मानेर सहभागिता जनाए हाेलान् अनि अनेकाै धार्मिक र जातिय चलन बसाईयाे पनि । तर बिस्तारै टाढा-टाढाबाट अाउनु पर्ने र थकान र भाेक मेट्न खाना र खाजाकाे पनि व्यवस्ता गर्न थालियाे हाेला । यसरी काल चक्रमा त्यही सामान्य सुविधा नै बाध्यतामा परिणत हुन पुग्याे । अाज अाएर त जसकाे धेरै जन्ति र जसकाे धेरै पाहुना सामेल हुन्छन् उहीँ ठूलाे र उहीँ महान् हुने विचारले हामी यसरी थिचिएका छाैँ कि । के भनाैँ र ? यहाँ म केही उदाहरण लेख्न चाहन्छु:-
      एक पटक म गाउँ बिहेमा पुगेकाे थिएँ हाफ प्यान्ट लगाएर साथीहरुसँग, त्यहा कालाे चश्मा र सुटमा ठाँटिएर अाएका देखिए । हामी घरमै बनाइएकाे दही र चिउरा खाएर फर्कियाै, हुन त अायातित चिनि पनि दिइएकाे थियाे तर दहिमा चिनि मनै नपर्ने भएकाेले खाइएन । अर्काे पटक भने कुनै सामन्य बिहेमा नगई नहुने भएकाेले पुगेकाे थिएँ, केही फाेटाे खिचिइयाे र केही रमाईलाे पनि गरियाे । सुट र गहना त्यहा पनि देखिए, म भने जम्परकाे साथमा ठाँटिएर बसेँ काेटहरुकाे बिचमा । अाेहाे अर्काे यस्तै शान्दार बिहेकाे सम्झना गर्छु यहाँ, त्यहाँ कपडाकाे मात्रै हैन बियर र व्हाईन अनि खानाकाे पनि फालाफाल चलेकाे थियाे अनि केही सार्वजनिक व्यक्तिहरुकाे पनि राम्रै उपस्थिति रहेकाे थियाे । साेचेँ यतिकाे रकमले त कसैकाे जीवन बन्न सक्छ । तर याे देखावटि किन.....? अाखिर बिहे पछि दुई जीवनले सुख-दुःखमा साथ दिनु र सम्पत्ति जाेहाे गर्दै सन्तान लालन-पालनमा दत्तचित्त हुनु त हाे, बस् । अब किन याे देखावटिकाे अावश्यकता परेकाे हाे ? मैले छाेरीकाे पढाईमा १/२ लाख खर्च गर्न नसक्ने तर उसैकाे बिहेमा १०अाैँ लाख खर्च गरेकाे पनि देखेकाे छु । अनि बिहे नै नगरि एकसाथ जीवन जिउनेहरु पनि त छन् याे दुनियाँमा ।
    मेराे भन्नू राम्राे लुगा र गरगहना लगाउनु हुन्न भन्ने हैन । सुहाउँदिलाे बन्नु त राम्रै हाे तर - सुट र गहना नलगाई बिहेमा सामेल हुुन हिन भावना पैदा हुनु चाहिँ गलत हाे । याे मानसिकताकाे हामीले कहिले र कसरी सुरुवात गर्याैँ र अब कति समयसम्म यसले हामीमाथि शासन गर्ने हाे ? अब रह्याे कुरा राम्राे बन्नेकाे, हामी बिहेमा मात्रै हैन अरूबेला चाहिँ राम्राे नबन्ने ? अनि सुट र गहनाकाे पनि म बिराेधी हैन है ।

२५. असार. २०७४/ ०९. जुलाई. २०१७/ अाईतबार

Comments