जीवन

जीवन
नेचुरल्लीदीपक


   जीवन भूल हाे भने, भूल के हाे त ?
     अाकाश देखिन्छ तर हुँदैन त्याे अस्तित्त्वमा, तर जीवनमा सदा त्याे देखिन्छ । फूल अाेईली झर्छ तर अाकर्षण नै विशेषता हाे यसकाे, माहुरि भविष्यकाे लागि मह सङ्कलन गर्छ तर एक दिन काेही अरुले नै।खाेसिदिन्छ । अब भनूँ जीवन साँचै भूल हाे भने; अाकाश देखिनु, फूल अाकर्षक लाग्नु, माहुरीले रस बटुल्नु, के यी सब भूल हुन् त ? त्यसाे हाे भने त याे प्रकृतिकाे बृहत् सर्जक स्वयम् पनि भूलकै अस्तित्त्वमा निहित छ भन्न मिल्ला ? हरेक साँझ अस्ताउने सूर्य विहान उदाउँछ भन्ने साेच्नु एक अर्थ भूलै हाे लाग्छ । अाफूले नदेख्दैमा अस्तायाे भन्नू कतिसम्म सहि हाे ?
     जीवन अनुभूतिकाे अद्भूत श्रृङ्खला हाे । जहाँ अस्पष्ट सपनाका चाहनाहरु एकपछि अर्काे तछाडँ-मछाडँ गर्छन् । र सपना वास्तविक भूलजस्ताे लाग्छन्, जुन जीवन सँगसँगै फेरि रहन्छन् र फैलिरहन्छन् । अन्ततः जीवन भ्रमका सम्पूर्ण बन्देजहरु पार गरेर भूलका यथार्थ भाेगाईहरु नाघेर अनन्त खाेजकाे यात्रामा निस्कन्छ । सायद भेटिन्छन् कि यथार्थका सुन्दर माेतिहरु । हाेइन भने सधैँ-सधैँ खाेजिने प्रेम कति सत्य हाे, प्रिय जीवन ? र कहिले, कहाँ भेटिन्छ अाे मायालु भूल ? मलाई ‍भेट्नुछ फूलकाे साैन्दर्यमा, समुन्द्रकाे गहिराईमा र मान्छे हुनुकाे अस्तित्त्वमा । कसरी जीवन-प्रेमका अनगिन्ति छालहरु पार गरूँ र भेटूँ यथार्थ स्वरुपहरु ।
     कताकता के पुग्दैन र पनि पूर्णता महसुस हुन्छ र यही कतै पूर्ण हुँदाहुँदै अपूर्णता अद्भूत रुपमा याे जीवनलाई अङ्कमाल गरिरहन्छ । म हुँ र के हुँ ? एउटा यथार्थ भूल । हुनुकाे अर्थ छ र छैन पनि, हाे र हैन पनि । कति पुग्छ पुगेजस्ताे गरेर तर अनन्त अाकांक्षाहरु एकएक गर्दै इन्द्रधनुषकाे अाकारमा राैदापानीहरुमा मलाई प्रेम उपहार दिइरहन्छन् र अथाह भूल सागरमा भाेगाई थाेपाथाेपा जीवनकाे धारामा अाैँसीका रातहरुलाई चिर्दै उज्यालाे पूर्ण जून देखा परिरहन्छ ।
       अाेे हाे ! याे दाग लागेकाे जून किन पूर्ण बन्न तम्सन्छ अाे प्रिय जीवन ? के याे पनि अद्भूत भूल हाे त ? मैले राेजेकाे बाटाे कहाँ अन्त्य हाेला ? म अज्ञात छु र पनि याे बाटाे, याे जीवनरुपी यात्रा चुन्न एक अर्थमा बाध्य छु जीवन; जसरी सुन्दर हुनुकाे अर्थ फूल बलवान् हुनु हाेइन, कुनै प्रेमीबाट टिपिनु हाे । म खुसि हुनेछु यदि फूलले कुनै मनमा प्रेम उजागर गर्छ भने, हाेइन भने एक दिन  अाफैँ अाेईली झर्नु त छँदै छ ।
        अाे प्रिय जीवन, म देख्दै छु त्याे अनन्त भूल जहाँ एक दिन अवश्य समाहित हुनेछु र सदासदा जीवित हुनुकाे अद्भूत भूलमा म सधैँ प्रेम-र-स्नेहकाे मुस्कान चढाइरहनेछु । अाे जीवन म झुठ बाल्दै छुइनँ । यदि जीवन अद्भूतत भूल हाे भने ।।

10. OCTOBER'. 2013/ THURSDAY

Comments