सङ्घर्ष

सङ्घर्ष
नेचुरल्लीदीपक

                     





       १०० किलाेमिटर दाैडिएर पार गर्नु सङ्घर्ष हाे; घिस्रिएर पार पाउनु अभिशाप, काेपिला फूल बन्नु सङ्घर्ष हाे; अाेइलि झर्नु अभिशाप अनि माैरिले मह बटुल्नु सङ्घरषै हाे तर मान्छेले खाेसेर लानु अभिशाप ।मृत्यु र जन्मबिचकाे याे सानाे रेखामा धेरै अभिशिप्त जीवनहरु सङ्घर्षबाट टाढा छन् । अग्लाे पहाड चढ्नु दु:ख हुँदै हैन, दु:ख त पहाडकाे फेदीमा चढ्न नसकेर लम्पसार पर्न विवश जिन्दगी हाे ।


     टाढा अाकाशमा उडिरहेकाे कर्याङ्कुरुङ हाेस् वा प्रचण्ड गर्मीमा मरुभूमीलाई चुनाैति दिएर जीवन बाँचिरहेकाे सिउँडि हाेस्, ती सब सङ्घर्षका अद्भूत सत्यता हुन् । प्रकृतिकाे सुरुवातबाट नै याे जीवन सङ्घर्षपूर्ण रहेकाे छ । अनि सङ्घर्ष बेगर  कुनै प्राणीकाे न अस्तित्त्व रहन्छ न कुनै जीव विकासकाे महानतम् उचाई उक्लन नै सक्दछ । सङ्घर्ष अावश्यकता हाे र जिउनुकाे सार्थकता पनि, तर मानविय चेतनाकाे अद्भूत उपहार सभ्यताकाे सुरुवातबाट नै हामी जीवन अभिशापयुक्त भूमरीमा धकेलिरहेछाैँ । युद्धै-युद्ध, धर्म, जात, वर्गजस्ता अति साघुँरा तगाराेहरु काेरेर हामी यसैकाे सेराेफेराेमा महान् क्रान्तिकारी सङ्घर्षकाे उपमा दिँदै हरेक युगमा लडिरहेछाैँ । अनि मानवले मानवकाे हत्या र विनाश गर्दै युगान्तकारी परिवर्तनकाे अाह्वान गरिरहेछाैँ । अाज यसैले मानवकाे लागि केवल मानव नै सबैभन्दा ठूलाे र खतनाक शत्रु साबित भएका छन् । बाघले हरिण मारेभन्दा मानवले मानवकाे हत्या लाखाैँ गुणा गरिरहेछन् । हाे यही साँघुरा बन्धनहरुकै मानविय सङ्घर्षहरुबाटै एउटा मानव बुद्ध र अर्काे उस्तै मानव हिटलर बनिरहेछ । हैन भने कुकुर, मुसा र बिरालाेहरुकाे दुनियाँमा किन बुद्ध वा हिटलरकाे जन्म भएकाे छैन त ???



०९. श्रावण. २०७४/ २४. जुलाई. २०१७/ साेमबार

Comments