भू-दिउल



कविता: भू-दिउल

===================================



सिम्मा

मि बैदु बैदु?

भुङ्ग्राेमा झरझर बलिरहेकाे एक टुक्रा राताे काेइला

चिम्टाले च्यापेर लगिदिन्थें

अाँखा झिमिक झिमिक पार्दै

रमरम तातेकाे अाेंठ खाेल्दै बन्द गर्दै काेपा

गणेश बिँडी सल्काउनु हुन्थ्याे ।



चररर चररर तानेकाे सर्काे

छाेटाे तरङ्ग भई पस्थ्याे र

भित्र शरीर लाेक तताउँथ्याे

बाहिर पङपङ उडेकाे धुँवा

अनुहारमा जरा गाडेर बसेकाे थकानलाई

जरासँगै पर्लङ पर्लङ पल्टाउँदै शिर उँभाे काटेर जान्थ्याे

त्यसपछि

खुम्चिएर बसेकाे तेजस्वी

काेपाकाे मुहारभरि फक्रन्थ्याे ।



तीन अाेटा अाेदान अट्ने

घरभित्रकाे फराकिलाे चुलाेले काेकुकाे हृदय बाेल्थ्याे

फुल-खरानीकाे थुप्राेभित्र झाेसिएर

भरभर अागाे जगाइरहने मुढाे दाउराले

घरकाे रख्खे गर्थ्याे ।



अाज पनि भटमासकाे किनामा

साग मुलाकाे सिन्की गुन्द्रुक

अादिम काल बाेल्दै उठ्दा

अाधुनिक-वर्तमान पनि झस्कन्छ

पकाएकाे अन्नमा छ्यास्सै माेर्चा माेल्न पाए

जाँड मगमगाउँदै उठ्छ

मदिरा मध्येकाे शालिन रुप यसकाे हुन्छ

यिनीहरु सबै काेकुकाे हातमा भरमार खुल्छ ।



ढाेकानेर भित्रपट्टि परालकाे बिँडामा

टक्र्याकटुक्रुक बस्थे पानीका घैैँटाेहरु

पल्ट्याङपुल्टुङ लडेका हुन्थे वाकबू-चिण्डाेहरु

उहीँ रसमका हामी मान्छेका भुराहरु

सबै अट्ने अनमाेल काख

काेकुकाे बहुपास ।



तालकाे पानीलाई तरङ्गले पछ्याइरहन्छ

सिउरमा फुलेकाे बर्गतले हिमाल चिनिन्छ

याे दृष्यावली

बुझिने गरि यहाँ टिप्न मुश्किल छ ।



समयकाे दुवै किनारा सङ्लाे बगिरहेछ

ब्रह्माण्डकाे निधारमा बिन्दी झनै चहकिलाे छ

यसकाे राज

छिन्कनु निस्कन्छ सार

काेपा काेकुकाे जिविका वृति उपसंहार ।



भू-गर्भबाट निस्किएकाे भु-दिउलकाे

अाफ्नै महक हुन्छ

अग्लनु, फैलनु, गहिरिनु भन्दा उँचाे देशीपन

भु-सतहमा फुल्छ ।

Comments