संस्मरण
बाल खेल
खेल्नु अाफूभित्रकाे अथाह क्षमताकाे खाेज गर्ने अद्भूत कला हाे । बाल्यकालिन यादहरु खेलकुदहरुमै जाेडिएर बयस्क हुँदै जीवनकाे तिव्र अनुभूतिहरुमा झाँगिएर अनाैठा यादहरू समेटिदै पलपल जिउन उत्प्रेरणा दिइरहन्छ । मैले पनि अनेकाै रसिला खेलहरुसँग पाैठेँजाेरि गरेर अाफूलाई बाल्यकालहरुभरि खाेजिरहेँ र हराएँ स्वप्नसरि ती गज्जबका अानन्दहरुमा ।
ती दिनहरुमा खासै भिडियाे गेम, नेट, माेबाईल र अन्य अाधुनिक खेलहरुले अाफ्नाे उपस्थिति जनाउन पाएकाे थिएन । हामी त गुच्चा, चुङ्गि, कित्ता र चिप्पुहरुमा कला र कल्पना भरेर खुब मस्ति गर्थ्याैँ र खाेज्थ्याैँ जीवनका अनन्त सम्भावनाहरु ।
गुच्चा
मेराे खल्तिमा कहिल्यै नटुट्ने केही गुच्चाहरु हुन्थे । मसँग अझै पनि छन् करिब १०० वटाजति जुन मैले त्याे बेलादेखि नै सम्हालेर राखेकाे हुँ । टप्पु, ढ्यामपुलिस र खाेप्पि खेलिन्थ्याे गुच्चाले ।।
क. टप्पु - दुई वा बढि मिलेर खेलिन्थ्याे । अापसी समझदारिमा पहिले एउटाले गुच्चा फाल्याे अनि अर्काेले निसाना लगायाे, यसरी क्रमैसँग निसानाबाज चल्थ्याे । अनि निसाना लागेमा सर्त अनुसार गुच्चा दिनु पर्ने । म यस खेलमा टाेलमै नामि थिएँ त्यसैले मसँग काेही नखेल्ने । एक पटक मभन्दा निकै ठूलाे केटाे अायाे चुनाैति दिन । मैले हान्न सके मलाई २० वटा चुङ्गि दिने र उसले सके मैले ५ वटा दिए पुग्ने । ऊ केहीबेरमै हारेर गयाे ।
यश खेलमा केही शब्द प्रयाे गरिन्थ्याे, पब्लिक, देखि , हल्ली ।
१. पब्लिक- अर्काेकाे गुच्चालाई प्रहार गर्दा कुनै मान्छेलाई लागे यस्ताे हुन्थ्याे । यस्ताे भएमा फेरि प्रहार गर्न पाइन्थ्याे तसर्थ प्रहार गर्न अघि प्रहारकले पब्लिक भन्नू पर्थ्याे । तर प्रतिद्वन्द्विले पब्लिक वाद भने याे माैका पाइन्नथ्याे ।
२. देखि- यसकाे अर्थ गुच्चा नदेखिदा देखाउनु पर्ने अर्थ हुन्थ्याे । पब्लिकजस्तै यसमा पनि नियम लागू हुन्थ्याे ।।।
३. हल्लि- गुच्चामा नलागि माटाे, ढुङ्गा वा अन्य कुनै चिजमा लागेर गुच्चा हल्लिए पनि लागेजस्तै मान्यता हुन्थ्याे । यसमा पनि देखि र पब्लिककाे जस्तै नियम लागू हुन्थ्याे ।
ख. ढ्यामपुलिस- एउटा ठिक्ककाे भूँइमा गाेलाे घेरा काेरिन्थ्याे अनि निश्चित दुरिबाट प्रहार गर्नुपर्थ्याे गुच्चालाई । यसमा दुईभन्दाबढि जतिपनि खेल्न पाउँथे । तर २ जना खेले उत्तम । अनि २/४ वटा ताेकिएका सङ्ख्यामा बाेट राखिन्थ्याे अनि घेराभित्र गुच्चा बाहिर नजानेगरि छरिन्थ्याे अनि अाफ्नाे प्रतिद्वन्द्विले ताेकाेकाे एक गुच्चाबाहेक अर्काे जुनलाई पनि प्रहार गरि घेराबाट बाहिर निकाल्न सके उसकाे सबै गुच्चा अाफ्नाे हुन्थ्याे । यसरी प्रहार गर्दा एकभन्दा बढि गुच्चालाई लागे, ताेकिएकाे गुच्चा निस्के वा अरु गुच्चामा छाेए बाेट जतिकै जरिवाना तिर्नुपर्थ्याे । साथै घेराभित्र गुच्चा छर्दा घेराबाहिर निस्कदा पनि जरिवाना पर्थ्याे । मज्जा र डर त गुच्चाकाे सङ्ख्या धेरै हुँदा पाे हुन्थ्याे ।।
ग. खाेप्पि- खाल्डाेजस्ताे बनाएर अनेकाैँ अाकार र प्रकार काेरर खेलिन्थ्याे याे खेल । यसमा पनि निश्चित बाेट राखिन्थ्याे । र, निश्चित दुरिबाट सबै गुच्चा खाेप्पिमा फालिन्थ्याे । यसरि फाल्दा खाेप्पि बाहिर गुच्चा पुगे बाेट जतिनै जरिवाना तिर्नुपर्थ्याे । खेलाडि ३/४ जना हुन्थे । अनि ताेकीएकै एउटा गुच्चालाई प्रहार गर्न सके प्रहारककाे जित हुन्थ्याे । ताेकिएकाे बाहेक अर्काेलाई लागे वा लागेर खाेप्पि बाहिर निस्के उतिनै जरिवाना लाग्थ्याे । अनि प्रहारकले ताेकिएकाे गुच्चामा प्रहार गर्न नसक्ने गुच्चाकाे अवश्था रहे अाफूले प्रहार गर्ने गुच्चा खाेप्पिभित्रै अडिनेगरि राख्नु पर्थ्याे, बाहिर गए उस्तै जरिवाना तिर्नुपर्ने तर मलाई याे खेल खासै मन नपर्ने ।।
. चुङ्गि
मैले खेल्ने भनेकाे २ वटा खेल थिए । पहिले हातमा केही चुङ्गि साथीले नदेख्ने गरि राख्याे अनि उसले अनुमान लगाउनुपर्ने- जाेर वा बिजाेर भनेर । मिल्न गए उसैकाे सबै हुने नत्र जति छ उति उसलाई दिनुपर्ने । अनि अर्काे खेल भनेकाे रबर बानेर छाेटाे डाेरिजस्ताे बनायाे । यसलाई देब्रे हातकाे चाेर अाैँलामा अडायाे अनि साथीकाे यस्तै अर्काेलाई निशाना लायाे । निशाना लगाउन सके ताेकिएकाे मात्रामा चुङ्गि दिनुपर्ने । याे खेल टप्पु नै हाे चुङ्गिकाे ।
. कित्ता
सलाईकाे खाेलकाे चित्रकाे भाग नै कित्ता हाे । यसमा कित्ता उल्टाे पारि नदेख्नेगरि राखिन्थ्याे अनि एकपछि अर्काे गरेर कित्ता देखाउदै जाँदा दाेस्राे पालाे अाउने साथीकाे कित्ता अर्काे साथीकाेसँग मिल्न गएमा उसैकाे हुने ।।।
. चिप्पु
काेक, फेन्टा वा बियरका बिर्काे ढुङ्गाले कुच्च्याएर पातलाे पारि बनाइएकाे समग्रि नै चिप्पु हाे । यसलाई पनि ढ्याम्पुलिस जसरि नै खेलिन्थ्याे घेरा बनाएर । तर प्रहार भने गाेलाे र पातलाे ढुङ्गाले गरिन्थ्याे । यसकाे घेरा ठूलाे र जुन चिप्पुलाई ताेकियाे उसैलाई प्रहार गरिन्थ्याे ।।।
यसरी खेलिने अर्काे खेलहरुमा गेम बल र किङ्ग बल पनि प्रिय थिए ।।।।
. गेम बल
यस खेलमा बराबर सङ्ख्यामा २ समूह बनाइन्थ्याे । र, एउटा समूहलु ९ वा ७ वटा ढुङ्गाकाे चाङ्लाई निश्चित् दुरिबाट बल प्रहार गरि ढालिन्थ्याे । जसलाई ढाल्ने समूहले पुनः ठडाउनुपर्थ्याे । अर्काे समूहले भने बलले प्रहार गर्थे ती समूहका सदस्यलाई । त्यसैले उक्त समूहका सदस्यहरु बलबाट जाेगिउँदै र भाग्दै ढुङ्गा ठडाउन लाग्थे । उता बल हान्ने समूहले कुदेर बल प्रहार गर्न पाउँदैनथे अाफ्ना साथीलाई पास मात्र गर्न पाउँथे । र ढुङ्गाकाे चाङलाई हान्न समूहका सबैले एक-एक माैका पाउँथे । उता जति पटक ढुङ्गाकाे चाङ पुनः ठडाईयाे त्यही सङ्ख्याकाे अाधारमा उक्त समूह विजयी हुन्थ्याे ।।
. किङ्ग बल
यस खेलमा भने गाेलाे घेरा काेरेर सबैले त्यसकाे परिधिमा खुट्टा राखेर उभिनु पर्ने । अनि एउटाले बिचमा बल फ्याँक्ने । यसरी फ्याँक्दा जस-जसकाे खुट्टामा बल लाग्याे उनीहरुले अरुलाई बल प्रहार गर्ने हुन्थ्याे । यसकाे बल हान्ने नियम गेम बलकाे जस्तै हुन्थ्याे । अनि जाेजाेलाई लाग्थ्याे उनीहरु सबै नै बल प्रहारक हुन्थे । अनि जाे अन्तिममा बल नलागि बाँच्थे उहीँ किङ्ग बन्थ्याे । यश खेलमा मुठ्ठि पारेर बल फाल्न पाउँथे भाग्ने खेलाडीहरुले ।।
यसरी बाल्यकालमा हामी प्राकृतिक खेलमा रमाउने गर्थ्याैँ । यही हाम्राे रमाईलाेपन हुन्थ्याे । अहिले धेरैजना घरमै बसेर भिडियाे गेम वा अन्य यस्तै कुरामा हराउँछन् । हामी भने एक अर्काेमा घुलमिल पनि हुन पाउँथ्याैँ । यसका साथै लुकामारि, घुमघाम, चङ्गामा पनि हामी रमाउने गर्थ्याैँ । । अाजकाल म यी खेल प्रायः लाेप भएकाे देख्छु ।
११.कार्तिक. २०७४/ २८. अक्टाेबर. २०१७/ शनिबार
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.