नारी आवाज अझै रङ्कर्ममा किन दबाइन्छ ?


नारी आवाज अझै रङ्कर्ममा किन दबाइन्छ ?
नेचुरल्लीदीपक

     
     
naturallydeepak
बाईबलले
पुरुषकाे दायाँ करङ्गबाट उत्पत्ति गरिदिएकाे र हाम्राे सामाजिक मान्यताले अर्धाङ्गिनि बनाइएकाे नारी अावाज हरेक परिस्थितिमा युगाैँ दबाइएकै हाे । त्यसैले त पुरुषलाई अर्धाङ् भनिन्न । कलाका हरेक विधालाई एकसाथ प्रयाेग गर्न सकिने भएकाेले नै रङ्गकर्म सर्वथा शक्तिशाली विचार सम्प्रेषणकाे माध्याम हाे । तर यहाँ पनि नारी अावाज अभिव्यक्ति स्वतन्त्रताकाे बुलन्दी चुम्न सकेकाे छैन । किन ? यसकाे लागि यहाँ दुई उदाहरणहरु प्रस्तुत गर्छु ।

पहिलाे:- नाटक पाहुना घरकी साहुनी
      इटालेली नाटककार कार्लाे गाेल्डिनिले सन् १७५३ मा'कमेडि अब् क्यारेक्टर' शैलीमा लखेकाे यश नाटकलाई (द मिस्ट्रेस अफ ईन्) शिल्पि थियटरकाे निर्माणमा २०७३ बैशाख १ देखि ७ सम्म झाेराहाट नाट्य समूह, माेरङ्गमा र बैशाख १२ देखि ३० गतेसम्म शिल्पि थियटर, काठमाण्डाैँमा मञ्चन गरियाे । यश नाटककाे कथा कप्तान, काजि, अधिकारी, मेनका, फाेक्सु र कप्तानकाे नाेकर वरिपरि घुम्छ । कथामा एउटि मात्र नारी पात्रकाे वरिपरि सारा पुरुषहरु माहुरी झैँ भुन्भुनाई रहन्छन् । पद, पैसा र शक्तिकाे अाँडमा मेनकाकाे (साहुनी) प्रेम (अथवा याैवन वा शरिर) प्राप्त गर्न मरिमेटेर लाग्छन् उनीहरु । मानाैँ नारी कसैकाे पेवा हाे र उसलाई अाफ्नाे चाहना अनि राेजाई प्राप्त गर्ने कुनै अधिकार नै छैन । उनकाे मनकाे ईच्छा नै नबुझि सारा पुरुष पात्रहरु तछाड्मछाड गरिरहन्छन् । सबैभन्दा अचम्म त तब भइन्छ जब महिलालाई अति घृणा गर्ने पात्र कप्तान पनि उनकाे रुपमा लट्टु हुन्छ । तर, व्यपार गरेर अार्थिक रुपमा स्वबलम्बि र चेतनशील उनी शक्ति सम्पन्न पुरुषहरुलाई चलाखी साथ पन्छाएर अाफूलाई प्रेम गर्ने फाेक्सुसँग (नाेकर) बिबाह गर्ने निर्णय सुनाउँदै अाेरिजिनल नाटक सकिन्छ । यद्दपि बिहे हुने नहुने कुरा रहस्यकाे गर्भमै रहन्छ ।
       जीवन बरालद्वारा निर्देशित नेपाली रुपान्तरित यही नाटकका सारा कथालाई यथास्थितिमै प्रस्तुत गर्दै उहीँ रहस्यलाई थाँति राखिन्छ तर अन्तमा मेनकालाई बृद्ध अवस्थामा एक्लाे, बेसाहरा र त्यक्त देखाइन्छ । अन्तमा अनि उनीजस्तै अर्की नारी नयाँ-मेनका बन्न अाएकाे देखाएर नाटक सकिन्छ

दाेस्राे:- नाटक प्राईभेट ईज पाेलिटिकल
      यही बैशाख १३ देखि २८ गतेसम्म काैशि थियटर, काठमाण्डाैमा मञ्चन गरिएकाे य नाटकका कलाकारहरु धेरै महिलाहरु नै छन् । घर, कलेज, स्कुललगायत धेरै स्थानहरुमा शिक्षक, अाफन्त, साथी जाे काेहीले पनि नारीमाथि गरिहेकाे हिंसा बिरुद्धका अावाजलाई कलात्मक रुपमा यश नाटकले उठाएकाे छ । चाहे कसैले अनावश्यक स्थानमा हेरेर, बाेलेर हाेस् वा छाेएर हाेस् हिंसा गरिरहेकै हुन्छन् जान/ अन्जानमा । अझ महिलामाथि त यस्ताे कृया गर्नु धरै पुरुषहरु अाफ्नाे जन्मसिद्ध अधिकार नै ठान्छन् । राजनति, अार्थिक, धार्मिक, शैक्षिक लगायत अन्य रुपमा झै सबल बन्नबाट राेकिएका छन् नारीहरुलाई । यसकाे एउटा कारण नारी देहकाे सबल र दुर्बल पक्षकाे राम्राे र सही अर्थमा ज्ञान दिन नसक्नु पनि हाे; भन्नेजस्ता विषयवस्तु यश नाटककले सशक्त रुपम उठाएकाे । तर नाटकमा जब, "बलात्कार महिलाकाे कारणले हुन्छ, महिलाले बलात्कारि पुरुष जन्माइदिएकाेले हुन्छ । महिलासँग याेनि भएकाे कारणले हुन्छ ।" भन्ने सम्वाद गुञ्जिन्छ तब मनमा प्रश्न उठ्छ कि याे कति मात्रामा सत्य हाे?

     साँचै याेनि भएकैले महिला बलात्कृत भएकि हुन् त ? यस्ताे सम्वादकाे निर्माण किन र कसरी भयाे । वास्तवमा बलात्कार त लिङ्गले गर्ने हाे । अनि याे अङ्ग त नारीसँग हुन्न । के बलात्कार याेनिकाे अाग्रहमा हुन्छ त । याे त सिर्जनाकाे अाधार हाे र लिङ्ग यही सिर्जनालाई नैरन्तरता दिने सहयात्रि हुनुपर्ने तर बलात्कार गर्न उद्धत छ । त्यसैले बलात्कार लिङ्गले गर्छ भन्नू पर्ने हाे याेनिले हैन । याेनिलाई नै यसरी दाेष दिनु त पुरुष सर्वश्रेष्ठताकै बलियाे समर्थन हाे । जबकी नारी-पुरुष एक अर्काकाे परक हुन् । , हुनु पर्छ ।

      अर्काे तर्फ पाहुना घरकी साहुनी नाटककमा पनि मेनकालाई कमजाेर, बेसाहरा नदेखाई वृद्ध उमेरमा पनि नयाँ/नयाँ मेनका जन्माइ लाेभि पुरुषहरुलाई नियन्त्रण गरिरहेकाे र वृद्ध कप्तान, अधिकारि अनि वयाेबृद्ध काजि उनकाे पाहुना रमा धाउने गरेकाे देखाउन सकिन्थ्याे, तर गरिएन । किन ? हुन त ९९. प्रतिशत (मानाै) यस्ता घटनामा पुरुषकै हैकमले जित्छ । यही यथार्थ पनि हाे (सायद हैन पनि), अर्थात् पुरुषकाे भाेग्य हुनुपर्छ सदा नारीले । तर बाँकि . प्रतिशत (अर्थात् नारीकाे जित) पनि त यथार्थ हुन सक्थ्याे नि ? यसमा निर्देशकिय ध्यान गएन  । यस नाटककाे लेखक, अनुवादक र निर्देशक पुरुष हुन् अनि हामी बहुसङ्ख्याक कुरालाई मात्र यथार्थ मान्छाैँ ।

    कलाकाे उत्तम नाटक विधालाई प्रयाेग गरि नारी मात्रकाे नभएर सारा दमित र तिरस्कृत समुदायकाे अावाज उठाइनु पर्छ । किनकी अाज हामी सभ्यताकाे उचाइतिर लम्किरहेकाछाैँ । स्वतन्त्रता र न्यायकाे अावाजले स्थान खाेजिरहेकाे बेला हामीले अल्पमतकाे अावाजलाई कलामा उठाउन किन चुक्ने ? कलाले दिएकाे स्वतन्त्रतालाई प्रयाेग गरि हामीले सधैँ देख्ने गरेकाे वा भाेग्ने गरेकाे सत्यभन्दा अलग विचारलाई प्रस्तुत गर्न सक्नुपर्छ किनकी सत्य सधैँ एउटै रहदैन । हिजाे काेपर्निकसले सूर्यले पृथ्विलाई हैन पृथ्विले सूर्यलाई परिक्रमा गर्छ भनेर तथ्य पेश गर्दा उनलाई ठूलाे जमातले  मारिदिए तर अाज उनकाे एक्लाे विचार सर्वमान्य भएकाे छ ।
     अन्तमा, कलाले दिएकाे अभिव्यक्ति स्वतन्त्रतालाई प्रयाेग गरि सत्यकाे अर्काे पाटाे देखाउन हामी हिच्किचाउनु भएन किनकी हामीले देखेकाे र भाेगेकाेभन्दा पर अर्काे यथार्थता लुकिरहेकाे हुन्छ  ।

(नाेट; पाहुना घरकी साहुनिकाे अनुवादक  लेखक स्वयम् हुन् । )

०९. मे. २०१९- बिहिबार
     

Comments