अाहा कति धेरै प्रेम!!
मेराे देमदेम
कुखुराका चल्लाहरु नि
लुपुक्क छातिमा टाँसेर
गड्याैँला बटुलि खुवाउनुहुन्छ
र
गाँड छामेर
खान नमान्ने अटेरीहरुलाई
मुखै च्यातेर
काेचिदिनुहुन्छ चाराेहरु
झाेक्राउनै हुन्न
तेल, बेसार, प्याज
हैन हाै कसरी जानेकाे नि
यति बिघ्न अाैषधिहरु ?
कैयाै पटक मरिसकेकाहरुलाई पनि
मुखले मुखमा फुकेर
दिनुभएकाे छ नि सास लैलै
भन्नुहुन्छ, "नहगे त अाफैसँग सुताउँथेँ ।"
म भनुहुन्छु, " लाइदिनुन कट्टु ।"
अाेहाे !!
कति धेरै ममता !
कस्ताे वात्सल्य !!
उहाँकाे अावाज चिन्छन् चल्लाहरु
जति हुर्कन्छन् ती चल्लाहरु
उति-उति उहाँकाे मुहार उज्यालिन्छ
भाले बास्न थाल्छ
पाेथि अाेथरा बस्छे
झुमिन्छन् चल्लाहरु
तर मज्जाले लागेपछि जिउमा मासु
चम्किएपछि भुत्लाहरु
उहाँ गर्दन निमाेठेर
अचानामा
ट्वाक-ट्वाक टुक्राउनुहुन्छ
भुत्ला डढाएर बटुल्नुहुन्छ
अान्द्रा केलाउनुहुन्छ
जाँते र खुट्टा-पखेटा टुक्राउनुहुन्छ
अनि पकाउनुहुन्छ वाचिप्पा
पाक्छ मासु
गाँड कुकुरकाे भाग बन्छ
उहाँ खुसी नै देखिनुहुन्छ
तर मुहारमा
हुन्न ममता
न हुन्छ वात्सल्य
म साेध्छु, "मारि खाने भा माया गर्नु किन हाै ?"
भन्नुहुन्छ, "खाने भएर नै त माया गर्नुपर्ने ।"
वाह क्या दर्शन !!
२४. चैत्र. २०७५/ ०६. अप्रिल. २०१९/ शनिबार
देमदेम:- काेयि राई भाषामा अामाकाे दिदी ।
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.