कथा महिनावारिकाे
![]() |
नेचुरल्लीदीपक |
याे त्याे बेलाकाे कथा हाे जब मान्छेहरू घर, परिवार, बस्ति र विवाह थालनी गर्दै थिए । कला, भाषा, संकार, धर्म, विधि अादिकाे थालनि हुँदै थियाे । यी कुराहरू परिस्कृत गरिँदै थियाे । अन्य जीवहरूभन्दा उच्च बन्न मानिसहरू भर्मग्दुर प्रयासरत थिए । अनेक गुरु र संस्कारकहरूकाे जन्म हुँदै थियाे । मानवमा एकताकाे र प्रेमकाे खाँचाे पनि थियाे । सबैमा उत्सुकता र उत्साह थपिदै थियाे । हाे यसैबेला एउटा समस्या देखा पर्याे मानव समाजमा । पुरूष र महिलाबिच विवाद उत्पन्न भयाे । विवाहकाे चलन थालनि पश्चात् पशु जगत्भन्दा अाफूलाई अलग देखाउन मानवले पति- पत्नबिच मात्र याैन सम्बन्ध राख्ने व्यवस्था बनाएकाे थियाे । याे गर्नुकाे उद्देश्य विवाह संस्थालाई जाेगाउनु पनि थियाे । तर मानवमा सदा याैनमा सरिक हुने क्षमता र चाहनाले याे समस्या अाइपरेकाे थियाे । महिनावारि हुँदा महिला याैनमा सामेल हुन असहज हुने तर पुरूषकाे जबरजस्तिले याे समस्या उत्पन्न भयाे । यसले भर्खरै सुरू भएकाे मानव सभ्यता नै संकटमा पर्ने खतरा भएकाे देखिएर बृहद भेला गरियाे । मानव सभ्यताकाे सुरूकाे कुनै स्थानकाे याे भेलामा संस्कार गुरु, स्वस्थ गुरु, धर्म गुरु अादि सबै गुरुहरुकाे उपस्थिति थियाे । याे विषयमा निकै ठूलाे विवाद र बहस भयाे । धेरै महिलाहरू त पुरानै परम्परामा जाने साेचमा थिए तर पुरूष दबदबा बढेकाे कारण विद्राेह गर्न सकेनन् नारीहरूले । अन्तत: सबै गुरुहरुले निर्णय सुनाए ।
' विशेष महिनावारि भएकाे अवश्थामा याैन कार्यकाे लागि पुरुषले महिलालाई बाध्य पार्न नपाउने । पारेकाे खण्डमा सामाजिक सजायकाे भागिदार हुने ।'
तर याे निर्णय राम्राेसँग लागू गर्न सकिएन । पुरुषकाे जिद्दि अगाडि खासै केही हुन सकेन । अझ पुरुषहरु नै प्रायः नेतृत्वदायि भूमिकामा भएकाेले याे निर्णय उति फलदायि हुन सकेन । तसर्थ अर्काे निर्णय लिन बाध्य भयाे समाज । भर्खरै सुरु भएकाे सभ्यतालाई जाेगाउने उनीहरुकाे एक मात्र उद्देश्य हुँदाे हाे ।
अर्काे निर्णय अनुरुप नारिहरू अर्कै स्थानमा ३ देखि ५ दिनसम्म बस्न पाउने ताकि उनीहरु बाध्य याैनकर्ममा सामेल हुन नपराेस् । अनि अाराम पनि मिलास् नारिहरूलाई ।
तर समय अगाडि बढ्दै गयाे । सबै क्षेत्रमा पुरुष हर्ताकर्ता भए । नारीहरूलाई घरभित्रमात्र सिमित पार्न थालियाे । ज्ञान र शिक्षाबाट उनीहरुलाई टाढा गरियाे । अनेक धर्म र संस्कारकाे लेपन लगाएर यस प्राकृतिक नारी धर्मलाई गलत अर्थ र धारणाकाे विकास गरियाे ।
महिनावारिकाेलागि पहिलाे पटक विशेष निर्णय लिइएकाे करिब १०० वर्ष पश्चात् एक अामा पहिलाे पटक याे अवश्थामा पाइला सारेकि अाफ्नी छाेरीलाई भन्दै थिइन्, " अब तैँले बुबा, दाजु-भाइ कसैकाे पनि मुख हेर्न हुन्न । ५ दिनसम्म गाेठमा बस्नु पर्छ । राम्राे खान र राम्राे ठाउँमा बस्नु पनि हुन्न । भान्सामा त पाईलै राख्न हुन्न । अरु कसैलाई पनि छुन हुन्न । नत्र देउता रिसाएर महा- अनिष्ट हुन्छ । याे त हामी अाईमाई पापी भएकाेले पाएकाे सजाय हाे, बुझिस् ?"
"कस्ताे पाप अामा ?"
"धेर जान्ने नहु खुरुक्क गाेठतिर हिँड् त । याे त देउताकाे पालाबाट चलेकाे थिति पाे हाे त ।"
यति मात्र हैन पुरुहरुषले पाप र देउताकाे थिति भनेर एकभन्दा बढि बिहे गर्न लागे । अनि प्रेमभन्दा पुरुषलाई महिलाले घरमा शारिरीक सुखबाट रिझाउनु पर्छ भन्ने शिक्षा हरेक नारीलाई दिन थालियाे । नारीहरू युगाैँसम्म अाफूलाई पापी नै सम्झेर बाँच्न लागे । तर याे चलाखि षुरुषले याैन अान्नदबाट केही दिन टाढिनु पर्ने रिसले महिलालाई दिएका थिए । कसले सिकाउने नारी पापी हैन भनेर......
११. असार. २०७३/ २५. जुन. २०१६/ शनिबार
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.