एम. ए सकेपछि : एक संस्मरण




(हाम्राे शिक्षा)
Click here- Naya Online

एम. ए सकेपछि : एक संस्मरण
                         
 
नेचुरल्लिदीपक

     मैले एम. ए काे पढाइ सकेपश्चात् मलाई सबैभन्दा खड्केकाे कुरा, चाहेजस्ताे वास्तविक एकेडेमिक स्टडि  गर्न नपाउनु हाे । अर्थात् पढाइ प्रयाेगात्मक हुन नसेककाे तिताे यथार्थ नै हाे । शिक्षक अाउँछन् अनि नाेट दिन्छन् र केही लेखाउँछन् भन्ने मानसिकता यति माथिल्लाे कक्षामा पनि रहेकाे देख्दा म अझै दु:खि छु । यसकाे कारण हाम्राे परीक्षा प्रणाली र स्कुले जीवनबाट नै हाम्राे दिमागमा भरिएकाे शिक्षाप्रतिकाे कडा खालकाे धारणा हाे । परिक्षामा राम्राे अङ्क ल्याउन पाठ घाेक्नै पर्याे अनि त्यसकाेलागि नाेट र गेस पेपरमा भर पर्नै पर्याे । के जानेकाे छ वा कति पढेकाे छ अनि बुझेकाे छ भन्दा पनि ४ घण्टामा प्रश्नकाे सहि जवाफ पाठ अनुरुप दिईएकाे छ वा छैनले जीवनभर निर्णय गर्ने प्रणालि र बच्चैबाट हामी धेरैमा रहेकाे जबरजस्त शैक्षिक धारणाबाट अधिकांश निस्कन सक्दैनाैँ । निस्कन प्रयास गरेपनि अझै रहेकाे रटन्ते वाहवाहिबाट पार पाउन निकै कठिन छ । यसकाे भुक्तभाेगि म अाफैँ हूँ ।
     तर म गर्वसाथ भन्न सक्छु याे घेरा ताेड्न केही हदसम्म व्यक्तिगतरुपमा सफल भएँ तर सन्तुष्ट भने खासै हुन सकिनँ । अाखिर मास्टर गर्ने भनेकाे के हाे ? नाेट, गेसपेपर र गाईड घाेकेर मार्स्क राम्राे (साेकल्ड) पाउनु मात्र हाे । हामीले साहित्यमा एम. ए गरेका हाैँ । अब यहाँसम्म पढेपछि केही लेख, रचना, कविता, कथा अादि लेख्न नसके पनि वा नचाहे पनि विश्लेषण अथवा साहित्य स्वानुभूति गर्न मात्र पनि सक्ने नभएसम्म पढेकाे भन्नुकाे के अर्थ ? कक्षामा प्राय:म पढाउँदै गरेकाे पाठ पढेर जान्थेँ तर म बाहेक अरु साथीहरुले राम्राेसँग पाठ हेरेकै हुन्थेनन्(केही जागरिमा पनि थिए) अनि कक्षामा म मात्र धेरै ट्याउँ-ट्याउँ गर्नु पर्ने । जसले गर्दा कक्षामा खासै दाेहाेराे संवाद गर्न नपाइने । धेरैलाई त पुस्तक कतिवटा छन् र कुन-कुन हुन् भनी थाहा पनि हुन्थेन । यी सबकाे पछाडी हाम्राे शैक्षिक प्रणाली नै हाे कारण । यदि प्रयाेगात्मक सिकाई भए तैयारी नगरि काेही अाउने थिएनन् कक्षामा । तर थाेरै मात्रामा भए पनि हाम्राे रमेश पाेख्रेल सरले कक्षामा लेख्न लगाउनु भएकाे सह्रानिय कार्य थियाे । तर उहाँ धेरै बाहिर रहने र काेर्श पनि पूरा नसक्ने हुँदा हामीबिच द्वन्द्व सिर्जना भएकाे थियाे । हामी पनि विवश थियाैँ काेर्श नसके के लेख्ने परिक्षामा अनि अाफैँ पढ्दा सही गाईड बेगर पाठ बुझ्न हम्मे पर्ने । हाे यही कारण हामी विवश रह्याैँ । अर्काे तर्फ शिक्षालयमा हुने राजनैतिक हस्तक्षेप पनि हाे । हामीलाई मन पर्ने र हामीले धेरै सम्मान गर्ने एक जना सर हुनुहुथ्याे । उहाँ धेरै मेहनति । यसमा हामी सबै शिर झुकाउँछाैँ । तर दाेस्राे वर्ष करिब डेढ महिना उहाँ हाम्राे कक्षा लिन नै अाउनु भएन । जसले हामीलाई निकै समस्या पर्याे । खासमा उहाँले चाहेअनुरुप कक्षा नपाएकाेले यस्ताे गर्नु भएकाे हामीले उहाँकै मुखबाट थाहा पायाैँ । यसकाे बारेमा सल्लाह हामीले राखेकाे मिटिङमा उहाँ बम्किनु भयाे । अनि हामीबिच निकै ठूलाे द्वन्द्व भयाे अन्त्यमा उहाँले हामीलाई पढाउनु नै भएन । उहाँ मेहनति र ईमानदार भएता पनि रिसाहा, एकाेहाराे र पेलाहा स्वभावकाे । यही कारण उहाँकाे अझै पनि नयाँ विद्यार्थीसँग यस्ताे घट्ना घट्ने गरेकाे थाहा पाउँदै अाएकाे छु ।
    जे भएपनि हाम्राे समूहले हरेक दिन कक्षामा हाजिर भएकाेमा भने म गर्व गर्छु । हाम्राे पढाई टि.यु मा पाईने बग्रेल्ति टिचर्स नाेट, गेस र गाइड पेपरमै  बढि अल्झल्न्थ्याे । मैले पनि साथीहरुकाे गाईड र नाेट पढ्न खाेजेँ तर यी धेरै त नेटबाट पेस्टेड र बुक्सबाट कपिड् रहेकाे पाएँ । यसैले कक्षाकाे शिक्षकहरुकाे लेक्चर, काेर्श बुक र अाफै ईनटरनेटबाट अाफ्नाे पढाइ पूरा गरेँ । गाईड र नाेट नपढ्ने निर्णय गरेँ । साथै मैले काेर्शसँग जाेडिएका काेर्श बाहेकका अन्य उपन्यास, कथा, नाटक र कविताहरू पनि स्वअध्ययन गरेँ । नाटक हेमलेटसँग धेरै मिल्ने नेपाली नाटक अटलबहादुर पनि अध्ययन गरेँ । यसरी म राम्रा पुस्तकहरुकाे फाेटाे कपि गरेर संग्रह गरि राख्थेँ अनि केही साथीहरु पनि यसरी नै लान्थे । तर पछिसम्म पनि यी पुस्तकहरु धेरैले लगेर थुपारेकाे मात्र बुझ्थेँ ।
    यही मेसाेमा मैले कार्लाे गाेल्डा्निकाे नाटक मिस्ट्रेस अफ ईनलाई अनुवाद गरेँ र शिल्पि थियटरले मञ्चन गर्याे । याे हाम्रै काेर्शकाे नाटक थियाे । मेराे लागि अाफूले पढेर व्यावहारमा सानाे काम गर्न पाउँदा निकै सन्तुष्ट छु । यसमा साथी नारायणकाे मेराे जतिकै याेगदान रहेकाे म गर्वसाथ भन्छु  । साथै यही पढाईकाे प्रेरणाले मैले एउटा अङ्ग्रेजी नाटक मिस्टर गेस  र  अर्काे नेपाली नाटक स्कुटी देवता अनि अङ्ग्रेजी उपन्यास अाफ्टर १०००० यियर्स लेखेँ । यसरी मलाई अाफूले केही भने पनि अाफ्नाे पढाईकाे सदुपयाेग गरेकाेमा खुसी लाग्छ तर अझै धेरै गर्न बाँकि छ ।
     पढाइ केवल मार्कस् पाउन, जागिर खान अनि समाजमा प्रतिष्ठा प्राप्त गर्न मात्र हुनुहुन्न बरु यसले हामीभित्रकाे क्षमतालाई उजागर गर्नु पर्ने हाे । अनि हामी पनि निरन्तर खाेजमा लागेर जीवनकाे भ्रमणमा समाहित हुँदै अद्भूत अनुभूति सङ्कलन गर्न सफल हुनुपर्ने तर हामी किन रटान लाएर केही घण्टा कापिमा उतार्न मात्र अाफूलाई माहिर गर्दैछाैँ ? हाम्राे क्षमता यति मात्र हाे त ? यसमा हाम्राे शिक्षा प्रणाली मात्र हैन हामी स्वयम् पनि काग पछि लागेर दाेषि भएका छाैँ । अब कान छाम्ने कहिले ? हामी साँचै शिक्षित हाैँ त ? वा सूचनाका डङ्गुर अनि रटन्त परेर अक्षर छाप्ने मेसिन ?
ईति:  श्री ।।।

०१. अाश्विन. २०७४/ १७. सेप्टेम्बर. २०१७/ अाईतबार



Comments