देशकाे नक्सा हल्लेर इन्द्रेणी गाउँ बन्छ कि ?


    


देशकाे नक्सा हल्लेर इन्द्रेणी गाउँ बन्छ कि ?
Click here- Naya Online

नेचुरल्लीदीपक

     शब्दमा सङ्गीत भरेर छन्दमा मस्त भइरहेकाहरु र बिम्ब, स्वाद र अनेक अड्कलेर लेखिएका असङ्ख्य कविताहरुलाई सुइँकै नदिई माझैमा अाएर तहल्का मच्चाउन खाेजिरहेकाे छ 'मैले बाेल्दा देशकाे नक्सा हल्लिन्छ' कृतिले । स्वागत् / अस्वागत् जे हाेस् सबै चुपचाप ईन्द्रेणी गाउँ खाेजिरहेछन् ।
     एक दर्जनभन्दा बढी दाेहाेरिने कविकाे साेल्टिनी(०७) धान नाच्न सिपालु र प्रेमिल छिन् तर किन निर्मला पन्तजस्ता निरिह नारी-भक्षकहरुकाे शिर छेदन गरेर फुक्काफाँल भयानक नाच नाच्न सक्ने चामुण्डा बन्न सक्दैनन् ? बरु, प्रिय बनेर मख्ख परेकाे देखिन्छन् यत्रतत्र । लाग्छ पुस्तकका पानाहरुमा कुनै कवि हैन बेपर्वाह गफ ठुङ्न उद्दत झुण्ड शब्दहरु फलाकिरहेछन् क्याफेभित्रकाे टिमा/कपमा  (२८) । लिम्बू गाउँबाट अाउँदै गरेका सरल शब्दहरु कविताहरुमा चुक्मिवा, लथिक्पा, लेप्मुहाङ् बनेर देखा त पर्छन् तर भाषाकाे नव- उपनिवेशवादकाे चङ्गुलमा फसेर ति उसरी बाेलिबस्छन् जसरी हाम्रा नव-कम्युनिस्टधारि शाकहरुले हामीलाई सिकाई रहेका छन् तसर्थ य मानेमा कवि कम्जाेर खेलक (७२) हुन् । बारम्बार मुन्धुम (६५) त अाइरहन्छ तर ठ्याकै यसकाे अाैचित्य र सामर्थ्य नबुझाई अाफ्नै सुरमा एकलास भुत्भुताएर सकिन्छ कवितांशहरु । सायद उनी मुजिङ्ना खाेयङनाभन्दा (६२) अगाडिका शून्य हुन् वा हुन् अान्तरिक उपनिवेशवादकाे (४३) प्रतिफल । हुनसक्छ, यस अर्थ पनि सर्जक उखुई (६६) गरेर अाफूलाई धिक्कारी रहेछन् अनि दिमाग फर्म्याट (६७) गर्न नसकेकाे पिडाले बेला बेला निचाेरिन्छन् ।
     तथापि कवि विद्राेह गर्न भने राेकिन्नन् र अन्त्यमा अाफूलाई समयकाे एन्टिथेसिस (८४) बनाएर अाफूलाई नै अाफ्नाे गुरु (६९) भएकाे घाेषणा गर्छन् किनकी उनी मिति र समय (५९) बाेकेर अाएका भविष्यद्रष्टा सर्जक हुन् । अब भाषा, संस्कार र संस्कृतिलाई बहुरङ्गी बनाएर फुलाउनेछन् उनले खाेम्बाेङ्वा (४५) जस्ताे विद्राेही बनेर नत्र भाेलीका सन्ततीहरुले माग्ने छन् उनकाे याेगदानकाे हिसाब, किनकी हामीमाथि कानुनले अन्याय गरिरहेछ एकताकाे नारा उचालेर । कवि जीवनलाई कतै रङ्ग, अात्म र वस्तुकाे संमिश्रण हाे भन्छन भने कही यसलाई ईतिहास, संस्कृति र माटाेकाे सह-अस्तित्त्व हाे भनिदिन्छन् । उनी अाफैँ पनि जीवन हुन् (९२) तसर्थ उत्साह भरेर बाँच्न चाहन्छन् र सेक्मुरी फूल (२६) उपहार चढाएर महानसँग माफि माग्न अनि छुद्रहरुलाई सफाई दिन चाहन्छन्  ताकी जीवन सरल रुपमा मृत्युमा अवतरण हाेस् अाखिर यही एकमात्र अकाट्य सत्य हाे । र, अन्त्यमा अाफ्ना सारा अपूर्ण ईच्छाहरुलाई पृथ्वि नारायण शाह, भिमसेन थापा, राजा राजेन्द्र शाह, जङ्ग बहादुर र बि.पि. काेईराला (९८- १०५) बनि देशकाे नक्सा हल्लाएर  इन्द्रेणी गाउँ (३८) निर्माण गर्न चाहन्छन् जहाँ हुनेछ हरेक रङ्ग हुनुकाे महत्त्व र गाैरव, सारा विभेदकाे अन्त्य भएर । सायद याे सपना साकार बन्ला कि ?
     कवि धर्मेन्द्र नेम्बाङ् कृत यस कविता पुस्तकले प्रेमिल, अानन्द र मज्जा लाग्ने अनुभूतिहरु मात्र नदिई दिक्दारि, झाेँक र नमज्जा लगाउन पनि सक्छ तथापि अाफूसँगै यस पुस्तकका ३९ कविताहरुले अलग फिलिङ्स दिन्छ । हरेक कवितामा माैजि भएर लेख्न सक्नु र भाषा प्रयाेमा कुनै डर नमानि अाविष्कार गर्न सक्नु कविकाे प्रशंसनिय काम हाे नै साथै लेप्मुहाङ्, लथिक्पा, सेक्मुरी लगायत लिम्बू अनि क्याण्डि क्रस, टिमा, कपमा, स्क्रिन टच्, ट्रैजिडि, फिलिङ्स जस्ता अङ्ग्रेजी शब्दलाई बेलगाम उपभाेग गर्दै अाफ्नै पारामा खेलक, जुरुरुरु नदी बग्छ, गफ ठुङ्नु, बान्छान, उनीले सेलाउँदै भन्याे (१०) जस्ता शब्दावलि जन्माउन सक्नु साँचै चुनाैतिपूर्ण कार्य हाे । उनकाे सिसिफस (२०/२१) ढुङ्गा नभएर प्रेम गुल्टाइरहन्छ र त्यहीँ कतै कुमार विश्वकर्मा गर्वसाथ कविता-नायक बनेर उभिनछन् । उनकाे हावाकाे पृथ्वि र रङ्गगत्ताकाे भानजस्ता कविताहरु पढ्ने मात्र नभएर हेर्न पनि मिल्नेछन् । विगतमा रङ्गवादि भनी चिनिएका उनी यहाँ पनि यस विचारबाट अछुताे रहन सकेका छैनन् साथ-साथै उनका कविताहरुमा साहस, अाशा र मानव चेतनालाई बढावा दिँदै अन्या बिरुद्ध अाफ्नै (बालै फरर) शैलीमा अावाज उठाएकाे महसुस हुन्छ । अब याे  देशकाे नक्साले निबु खाेलामा (६४) जलसमाधि गरेर नवीन-इन्द्रेणी गाउँ निर्माण गर्न सक्नुपर्छ ताकी कसैले पनि हाम्राे सिमास्तम्भ छुने हिम्मत नगराेस् । अनि सायद देशकाे नक्सा हल्लेर ईन्द्रेणी गाउँ बन्छ कि ?

Comments