के शिरिषकाे फूल, लेखककाे मानसिक अवशान हाे ?






Click here the LINKNaya Online


के शिरिषकाे फूल, लेखककाे मानसिक अवशान हाे ?

नेचुरल्लीदीपक








      वि.सं. २०२२ सालमा प्रकाशित र मदन पुरस्कार प्राप्त गर्न सफल उपन्यास शिरिषकाे फूलमा मुख्य दुई पात्र छन्; सुयाेगवीर सकमबरी । पहिलाे पात्र अर्धवयष्क सेवानिवृत्त सैनिक हाे, जाे अविवाहित छ अनि दाेस्राे पात्रलाई, उसैकाे भाषामा भन्नुपर्दा प्रेम गर्छ । वास्तवमा ऊ अपराधिक मानसिकता भएकाे पात्र हाे । उसले सैनिक सेवामा रहँदा हेट-हन्टरकाे छाेरिलगायत अन्य युवतिहरुकाे बलात्कार साथै हत्यासम्म गरेकाे हुन्छ । तसर्थ ऊ युवा अवस्थामा केवल शारीरिक चाहनालाई महत्त्व दिने र नारीलाई हेय भाव राख्ने पुरुषकाे रुपमा चित्रित छ । तथापि ऊ दाेस्राे पात्रसँग अाकर्षित छ । ऊ यसलाई प्रेम हाे भनी अर्थ्याउन खाेज्छ ।
    दाेस्राे पात्र नारी हाे । उनलाई नारीमा हुनु पर्ने गुण र व्यावहार नमान्ने विद्राेही नारीकाे रुपमा प्रस्तुत गरिएकी छिन् । छाेटाे कपाल, वेपर्वाह चुराेट पिइरहने, दाजुलाई तिमी सम्बाेधन गर्ने, श्रृङ्गार अनि बाेलिमा नारिपन नदेखाउने र एक किसिम पुरुषप्रति अनुदार नारीकाे रुपमा उनी देखा पर्छिन् ।  बहिनीले बिहे गरेकाेप्रति पनि कटाक्ष गर्छिन्  यी र यस्तै स्वभाव हँदाहुँदै पनि पहिलाे पात्र ऊप्रति माेहित छ । सामान्य अर्थमा हेर्दा उनी तत्कालिन समयकाे सामाजिक बन्धनहरुकाे विराेधि देखिन्छिन् । अझ उनले राेपेकाे सुनगाभाले किरा समात्दा उनी अानन्दित हुन्छिन् । समग्रमा हेर्दा उनी सशक्त नारी पात्रकाे रुपमा देखापरेकि छिन् । उनी फूललाई महिला र पुरुषलाई किरासँग तुलना गर्छिन् ।
       तर कथाले अन्तिममा अर्कै माेड लिन्छ, जब सुयाेगवीरले सकमबरिलाई चुम्बन गर्छ । यश घटना पश्चात् उनी अचानक बिरामी हुन्छिन् र अन्तमा उनकाे मृत्यु हुन्छ । मृत्युकाे स्पष्ट कारण थाहा पाउन सकिन्न । के पुरुषकाे चुम्बनले नारीलाई अपमान गरेरै उनी जीवन गुमाउन विवश बनेक हुन् ? वा समाजले काेरेकाे नारी हुनुकाे बिडम्बना विरुद्ध जति नै सङ्घर्ष गरे पनि अन्तः स्वार्थी पुरुषकाे अपमान सहन नसकेर उनले जीवन त्याग गरेकी हुन् ? पाठकहरुकाे मनमा यस्तै-यस्तै प्रश्नहरु उठ्छन् । यश विषयमा बुझ्न लेखकले समय-समयमा दिनुभएकाे अन्तरवार्ताहरुले सहयाेग गर्न सक्छ :-

. नि:सारतावादी र विसंगतिवादी पश्चिमी साहित्यकाे अध्ययन गरेर शिरिषकाे फूल लेख्नु भएकाे हाे?
- हाेइन । मैले शिरिषकाे फूल लेखेपछि अध्ययन गरेकी हुँ । फ्रान्सका कामुले निराशावादी र नि:सारतावादी  भएर साहित्य सीर्जना गरे । म शिरिषकाे फूल लेखेर निःसारतवादी गनिन पुगेँ ... (जनसम्वाद, २०४३ मङ्सिर)
. अस्विकार गर्नाकाे कारण खुलस्ताई दिनु हुन्छ कि ?
- शिरिषकाे फूल पार्श्वदर्शन विसङ्गति, पलायन जस्ताे जनविरेधि हुनाकाे कारणले अस्विकार गरेकी हुँ । (जनजागृति साप्ताहिक, २०३९ पाैष १८ )
. शिरषकाे फूलपछिकाे तपाईँकाे साहित्यिक यात्रा प्रतिशील पक्षतिर क्रमशः ढल्कदै गएकाे पाइएकाे छ । यसरी तपाईँलाई प्रगतिशील पक्षतिर अभिमुख गर्ने प्रेरणाकाे स्राेत बारे बताइदिनु हुन्छ कि ?
- शिरिषकाे फूलभन्दा महत्ताहीन् पछिकाे साहित्यिक यात्रालाई प्रगतिशील पक्षतर्फ ढल्कँदै गएकाे भनी प्रश्न गर्नु अझ सटीक हुने थियाे । हाे शारीरिक र मानसिक याताना साथै जीवनमा अाएका जटिलतम् परिस्थितिहरुले मलाई घाेर विसंगति नतुल्याएका हाेइन । तथापि, जीवन परिवर्तनशील भएकाे हुँदा अथवा यसाे भनाैँ, " विसंगति जीवनकाे अन्तिम परिणति नभएकाे हुँदा क्रमशः जीवनकाे अर्थ खाेज्न पट्टि लागेँ । (पृष्ठभूमि साप्ताहिक, २०४२ फाल्गुण २३, बिहिबार, वर्ष ३, अङ्क -)
४. कुनैबेला तपाईँले शिरिषकाे फूल जलाइदिए पनि हुन्छ भन्नू भएकाे थियाे भने, कुनै बेला मैले शिरिषकाे फूल लेखेर अपराधी काम गरिनँ पनि भन्नू भएकाे छ । यश बारे तपाईँकाे स्पष्ट धारणा के रहेकाे छ ?
म अाफैँ अाज शिरिषकाे फूल नि:सार र घाेर परपीडक उपन्यास मान्दछु तर यही उपन्यास लेखेर मैले अपराधी काम गरे भनेकी छैन...(मूल्याङ्कन मासिक वर्ष ११, पूर्णाङ्क १२: २०५० जेठ)
५. तपाईँकाे पहिलेकाे साहित्यिक रचना र वर्तमान रचनाहरुमा निकै अन्तर छ । प्रगतिशील लेखनमा अाेर्लन कुन-कुन घटनास्थितिहरुले तपाईँलाई प्रेरित गरायाे अनि प्रगतिशील साहित्य लेखनमा कत्तिकाे सन्तुष्ट हुनुहुन्छ ?
- ... त्यसपछि म बिरामी भएँ । बिरामी भएपछि म निराश कविता लेख्थेँ, मेराे अाफ्नै चारित्रिक विशेषता रहेछ । त्यसकाे पनि मूल्यङ्कन हुनुपर्छ । खाेजिहुनुपर्छ...अनि शिरिषकाे फूल लेखेँ । त्याे विसंगतिपूर्ण, निस्सारता, शून्यवादी अर्थहीनताले भरिएकाे उपन्यास थियाे जसले समाजलाई उँभाे लाग्न हैन, समाजलाई सक्दाे बिगार्थ्याे । युवा पिँढीलाई बिगार्थ्याे । त्यसलाई म अाफैले जन-विराेधी उपन्यास भनेर घाेषणा गरिसकेकी छु । यसकाे अस्तित्त्व नभए पनि हुन्छ तर त्याे अहिले मरेकाे छैन । त्यसपछि महत्ताहीनमा अाएँ । महत्ताहीनमा अाएपछि ममा अाक्राेश र कुण्ठाहरु बढेर गए । त्यसपछि बैँसकाे मान्छेमा अाएँ । मेराे जीवनक्रम, जीवन प्रकृयाले पनि केही नयाँ कुरा खाेज्दै थियाे , एउटा सही बाटाेमै थिएँ । बैँसकाे मान्छेसम्म अाउँदा म बाटाे खाेज्दै नै थिएँ किनभने त्याे मेराे संक्रमणकालकाे उपन्यास हाे । बैँसकाे मान्छेदेखि मैले अाफैँमा एउटा बाटाे बनाएँ । मैले अाफ्नाे जीवन पद्धति र दर्शनलाई नै मार्क्सवाद, लेलिनवाद। , माअाे विचारधारामा ढाल्ने काेशिस गरेँ र त्यसकाे अध्ययन गरेँ । तिनकाे अध्ययनपछि मैले मेराे विचारधारा सुल्झिएकाे पाएँ । मेराे जीवनकाे कम्ल्पिकेशनसँग जीवनमा मेराे समस्याहरु हल हुँदैगएकाे मैले पाएँ र मैले अाफूलाई व्यक्तिदेखि समूहमा ल्याउँदै गएँ ।
.  तपाईँकाे अघिल्लाे साहित्य लेखनलाई कुन दृष्टिले हेर्नुहुन्छ ?
मेराे पहिले लेखनलाई  शिरिषकाे फूलसम्म , झण्डै महत्ताहीनसम्म भनाैँ, जनविराेधि रहेकाे छ भन्ने दृष्टिकाेणले हेर्छु । कति मेरा कविताहरु पनि यस्तै निराश किसिमका छन् । मान्छेमा निराशा हुँदैन भन्ने हाेइन, मान्छेेमा निराशा हुन्छ, विसंगति अाउँछ, अनेक हुन्छ तर त्यही मात्र मान्छेकाे जीवनकाे अन्तिम परिणति हाेइन । नियति पनि हाेइन । त्यसअघि पनि मान्छेकाे गतिशीलता त बढ्छ नि । अन्तर्विराेध जबसम्म रहिरहन्छ, गति रहिरहन्छ, परिवर्तन अाइरहन्छ । त्यसकारण मेराे त्यति ठूलाे खास गल्ति पनि हाेइन हाेला भन्छु । (सिलगढी, दार्जिलिङबाट फरवरि १९८४ मा प्रकाशित सामाजिक सङ्कलन 'छाल'बाट )


      यहाँ मलाई उठाउन मन लागेकाे सवाल याे हाे कि नारी पात्र एउटा अपराधीक चरित्र भएकाे पुरुषकाे अतिक्रमणकाे सिकार भएर हार्नु किन पर्छ सधैँ ? वास्तवमा त सुयाेगवीरले जीवनभर गरेकाे अपराधकाे सजाय पाउनु पर्ने हैन ? अचानक स्वीकृतिबिना चुम्बन गर्ने उसलाई सकमबरीले प्रतिकृया स्वरुप २/४ थप्पड लगाउनु पर्ने हैन? वा अझ अस्पताल नै भर्ना हुनेगरि प्रत्याक्रमण गरेकाे देखाउन सकिन्नथ्याे र? किन सधैँ नारी पुरुषकाे हातबाट नाश हुन्छन् भन्ने चित्रण मात्र गर्न हामी रुचाछाैँ ? हिजाे पारिजातकाे पालामा पनि यहि थियाे अाज पनि यही छ । हुन त यही यथार्थ हाेला तर लेखन-स्वतन्त्रता प्रयाेग गरेर अाफूलाई शाेषण गर्ने तत्त्वविरुद्ध हामीले अाफ्ना कलम चलाउन किन हिच्किचाउने? अाफैले नचलाए कसले चलाउला? यसरी अनायास एउटी नारीले जीवन त्याग गर्नु परेकाे देख्दा वास्तवमै याे उपन्यास अर्थहीन काजकाे फूलजस्ताे लाग्छ । अझ स्वयम् लेखकले पनि "यसलाई जलाइदिए हुन्छ" भन्नुकाे पछाडी सायद यही, केही अर्थहरु लुकेकाे हाेलान् ।
       यसपछिका उनका अन्य उपन्याहरु सामाजिक, परिवर्तनकामी र क्रान्तिले अाेतप्राेत भएकाे देख्न सकन्छ । जस्ताेकी 'ताेरीबारी, बाटा र सपनाहरुमा' पनि नारी पात्र नै छिन् । जाे स्वयम् आर्थिक उपार्जनगरि स्वबलम्बि छिन् र विवाहकाे प्रस्ताव अस्विकार गर्ने बहाना स्वरुप देश यात्रमा निस्किन्छिन् । जबकी शिरिषकाे फूल विसङ्गति र नि:सारताले ग्रस्त पात्रहरुकाे सकसपूर्ण कथाकाे रुपमा सुरु ई अन्त्य हुन्छ । यसरी यी अन्तरवार्ताहरुलाई आधार मान्दा सकमबरीकाे मृत्यु लेखिकाकाे मानसिक अवशानकाे रुपमा बुझ्न सकिन्छ । र याे जरुरि पनि हाे किनकी यसपछि उनी मानसिक, वैचारिक अनि साहत्यिक रुपमा सबल हुनपुगेकी छिन् ।



Comments